साहित्य

कविता : रहर भिजेको मौसम

घर सम्झेर आएको थिएंघरभित्रै बेघर भएं सपना खोज्दै मुग्लान पुगेको मपसिनासंग एउटा सानो छानों साटेंदुई गजजस्तो करेसाबारी जोडेंभर्खरै स्कुल जान थालेको छोरालाईसानो झोलामा अट्ने अलिकति रहर किन्दैथिएंमानौं, बल्ल जीवनको लय मिलाउँदैछु। आँधीले घरभन्दा पहिले मन बगाउँदो रहेछआज दस बर्षपछिअचानक हुरीले रुखबाट पात झारे झैंजीवनमा अनौठो आँधी आयोनरोकिने गरि मुटु ढकढक बनायोबाँच्ने रहर जीउँदै बोकेरदस बर्षपछिकहिल्यै नफर्कने गरी मैले मुग्लान छोडें। धेरैजसो आशाहरु तलगभग उतै विलाइसकेका थिएरापको बरफ जसरीविलाएर बग्दै जाँदा… पुरा पढौ

कोरोना कविता : खै, तपाँईहरु कस्को के समाचार लेख्नुहुन्छ ?

सीमामा देश फर्कन चाहनेहरुको लाम छदुःख पाए नेपाली जनताले भन्नुहुन्छक्वारेन्टिनमै पानी पिउन नपाएर नागरिकको मृत्यु भयोशरणार्थी शिविर जस्तो भयो क्वारेन्टिन भन्नुहुन्छबिरामीले अस्पताल जान एम्बुलेन्स पाएनन्अस्पतालमै टेष्टकीटको अभाव भयो भन्नुहुन्छखै, सबै ठीकै देख्छुखै, सबै ठीकै छ भन्ने सुन्छुपत्रकारज्यू,खै, कहाँको के समाचार देखाउनुहुन्छ ?खै, कस्को के समाचार लेख्नुहुन्छ ? समाचार देखाउँदा देखाउँदैकिसानले मल नपाएको पनि देखाउनुहुन्छकिसानका तरकारीखाल्डोमा पुरिएको पनि देखाउनुहुन्छकिसानका उत्पादन बोटमै सुकेको पनि देखाउनुहुन्छसमाचार लेख्दा लेख्दैश्रमिकहरुको बेहाल भएको पनि लेख्नुहुन्छविदेशमा रहेका… पुरा पढौ

गौरी तमुका रोज्जा ५ मुक्तक

१. के जात, के धर्म यो माटोले भन्दैनको आफ्नो, को पराई यो बाटोले भन्दैनजात, धर्म सीमामा बाँड्ने सबै मान्छे नै होछुत, अछुत भोको पेटमा आटोले भन्दैन । २. कति दिन्छस् ठक्कर दे जिन्दगीदुःख पीडा नभए त के जिन्दगी ?कहिले तँ लडाउँछस्, कहिले म तँलाईलड्दै उठ्न सिकेको छु अरे जिन्दगी ! ३. जन्माउँछिन् नारीले सन्तान वंश तिम्रै हुनेजन्मजातै बाउबाजेको अंश तिम्रै हुनेसदियौंदेखि पिल्साएर राख्यौ नारीलाईकस्तो अचम्म अझै पनि दंश तिम्रै हुने… पुरा पढौ

मुक्तकहरु

सामान्य थियो जनजीवन हाँसिखुसी रह्योआयो छ रे कोभिड भन्थे तरङ्गमै भयौंसंसार ध्वस्त पार्दैछ रे कस्तो भाइरस हो योअनिश्चित लकडाउन छ, त्यो पनि त सह्यौं । सुन्यामात्रै होइन हजुर, छिर्यो नेपाल पनिविदेशीले ल्याए भन्छन् संक्रमण त्यो गनीबढ्दै गए संक्रमित, मर्नेको सङ्ख्या पनिसंसारलाई नै त्राहिमाम पार्ने विपत छ नि । हात धुने साबुनले, मुखमा माक्स लगाऔंदूरी कायम गर्दै बसौँ, भीडभभाडमा नजाऔंसानिटाइजर प्रयोग गरौँ, नमस्कार गरौँहात मिलाउने नगरौँ भो, आफ्नै संस्कार सजाऔं ।… पुरा पढौ

कविता

गोटीहामी आफैं जुट्न जान्दैनौं अरूले जुटाए जुट्छौँ।हामी आफैं फुट्न जान्दैनौँ अरूले फुटाए फुट‌्छौ।देशमा विसङ्गति घुमिरहेको छ, देश गुमिरहेको छ।अाफ्नै विवेकले एक भएर हामी कहिले उठ‌्छौँ? सुनहाम्रा जङ्गलमा थाले आज झ्याउँकिरी रुन।बजून् चारदिशातर्फ हलो, ट्याक्टरका धुन।हाम्रा साहित्य, सङ‌्गीत यीभित्र पस्नुपर्दछ।धर्ती हराभरा होउन‌् पाओस् शरीरले सुन। पूजादलितको श्रम लुटी माथि गयौ आज।बैगुनी छौ, बन्छौ तिमी झम्टा मार्ने बाज।मन्दिर र मठ कुनै चाहिँदैन अब।दलितको पूजा गर भन्छ नुमराज। पुरा पढौ

कविता : हाम्रा मृत्युहरु

हामीले एक दिन आफैंलाई मर्नुपर्छ भन्ने जान्यौं भनेकष्टहरुबाट सजिलै बॉच्नेछौंमहसुस गर्यौ भने यो ध्रुवसत्यलाईकसैलाई नघोची, नरोपी बॉच्नेछौंर बिना सफर बॉच्नहरेक बिहान एकछि मृत्युको अनुभुति गरध्यानमा जानेछौं ! यही त हो हामी प्रत्येक दिनअघी बढिरहेछौंयही सत्यलाइ निघारी निघारी !कि हामी साना बलकका मुस्कानहरुलाई कसरी छोड्यौ ?छोड्यौ चकचके केटाकेटीहरुको सम्झनालार्इ पनिछोडेर आयौं त्यो भरिलो बैंसपहिलो एनिभर्सरीपहिलो बन्धनअनि यी सबै सबै यात्राहरु ! अब हामीलार्इ केटाकेटी भएर डण्डिबियो खेल्न आउँदैन !आउदैन परीका भेषमा… पुरा पढौ

कविता : चंगाचेट

एक दिन गरीब बहादुरलेधन बहादुर नाम राखेबर्गीय समस्या चंगाचेट। एकदिन रामबहादुर थापालेरामबहादुर कामी नाम राखेजातीय समस्या चंगाचेट। एकदिन नेल्सन मनण्डेलालेजर्ज बुस नाम राखेरंगभेद चंगाचेट । एकदिन लक्ष्मी कुमारीलेलक्ष्मीबाई नाम राखीन्लिंगीय समस्या चंगाचेट । यो एका देशको कथा होसुन्नेलाई सुनको मालाभन्नेलाई फुलको मालायो कथा बैकुण्ठ जाला। एकदिन राम र रावणलेमीत जोडेछन्महाकालीमा पौडी खेलेछन्कहिल्यै लाउडा चढेर उडेछन्कहिल्यै वाइबडी चढेर उडेछन्एकदिन एमसिसी चढेर उड्दै थिएप्लेन क्र्यासचंगाचेट । यो एका देशको कथा होसुन्नेलाई सुनको… पुरा पढौ

कविता : मेरो देश

दुश्मनको आँखाले ठाडो गरी हेर्न नसक्ने गोर्खालीको देश खोइ त सीमा रक्षा ? कतै राष्ट्रियता हराएको त होइन ? सिकेर अग्रजको त्याग,सन्तानको कर्तव्य देशको समृद्धी र विकासखोइ त जोस ? कतै राष्ट्रि«यता हराएको त होइन ? देशकै भूमि मिचिदा पनि चूपचाप सहेर बस्छौँ हामीखोई त सुरक्षा, कतै राष्ट्रियता हराएको त होइन ? दुइ ढुंगाले थिचिदा पनि सामाजिक सञ्जालमा छाउँछौँखोइ त चासो, कतै राष्ट्रियता हराएको त होइन ? सरकारीकरण गरिनुपर्ने शिक्षामा… पुरा पढौ

गजल

मलाई जति मारे पनि मर्दैन राष्ट्रियताभाटै लगाएर झारे पनि झर्दैन राष्ट्रियता इतिहासमा न पूर्खा झुके, न हामी झुक्छौंनालापानीमा हाम्रै हो खोली तर्दैन राष्ट्रियता लिपुलेक, सुस्ता सबै हाम्रो छाती होबिदेशीले चांहदैमा सर्दैन राष्ट्रियता मात्रीभूमी रक्षाको लागि ज्यान हाजिर छगोली खाएर ढले पनि लड्दैन राष्ट्रियता पुरा पढौ

कविता : कागजको फूल

तिमिले भन्यौं `म फूल हुँ´प्रकृतिको पुजारी ममैले प्रेमले मलजल गरेँमनभरि फुलाएँचुम्दा अोइलिएला भन्ने डरलेअाँखाले सुम्सुमाएँछुँदा दाग लाग्ला भन्ने पीरलेटाढै बाट पुजा गरेँधेरै पछि पो पत्तो पाएँतिमी त कागजको फूल रहेछौज- जसले जहाँ-जहाँ मन लाग्छत्यहीँ त्यहीँ सजाए हुनेकसैले केशमा सजाएकसैले `भेस´मा सजाएकसैले कोटमा सजाएकसैले नोटमा सजाए। म बुद्धु बल्ल बुझ्दैछुसबै मुर्तिहरुमाभगवान हुँदैन रहेछन्सबै काला र चिल्ला ढुङ्गाशालिग्राम हुँदैन रहेछन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं