कास्कीको सुपर सेतीको पहिरोमा २ कामदारको मृत्यु

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर १ मा बन्दै गरेको सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु भएको छ ।

धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ८ घर भएका २६ वर्षीय आयुष राई र खोटाङको कोपिलास गाउँपालिका वडा नम्बर १ घर भएका वर्ष २७ का किसान राईको उपारका क्रममा मृृत्यु भएको हो ।

दुवैलाई चिकित्सकले सवा १ बजेतिर मृत घोषणा गरेका हुन् । शनिबार बिहान ११ बजेतिर खसेको पहिरोमा परी सोही हाइड्रोमा काम गर्ने तीन घाइते भएकोमा उनीहरुलाई उपचारका लागि स्थानीयले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा–११, फूलबारी पठाएका थिए ।

सार्दीखोलाबाट घटनास्थल परत करिब १२ किलोमिटर पूर्वमा पर्छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बाटो बनाउँदै गर्दा आएको पहिरोले च्यापेपछि स्थानीयले उद्धार गरी अस्पताल पठाएकोमा दुई जनाको मृत्य भएको र एक जनाको उपचार भइरहेको जानकारी दिए ।

सोही पहिरोमा परी घाइते इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगरको उपचार भइरहेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।