स्थानीय चुनाव २०७९

मुस्ताङमा कांग्रेसको जित

मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै चुनिएका हुन् । गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । २०७४ मा मुस्ताङमा वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएका… पुरा पढौ

भ्रम फैलाउँदै एमाले प्रदेश सदस्य

स्थिर समयमा अरु बेलाभन्दा बढी चलखेल हुन्छ भन्ने गरिन्छ । प्रचारप्रचार अवधि सकिएपछि नेकपा एमाले गण्डकी प्रदेश सदस्य दीपक आचार्यले यस्तै भ्रमपूर्ण चलखेल गरेका छन् । आचार्यले शनिबार बिहान नयाँपत्रिका, अनलाइन खबर र सेतोपार्टीका नक्कली समाचार बनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले कांग्रेसले माओवादीका उम्मेदवारलाई मत नदिन आन्तरिक सर्कुलर गरेको भन्ने फर्जी समाचार हालेका थिए । आचार्य हालैमात्र एमाले प्रवेश गरेका हुन् । जागौं नेपालका केन्द्रीय संयोजक, सूचनाको… पुरा पढौ

एमाले कार्यकर्ताले उम्मेदवारलाई बिरामी भेट्न पनि दिएनन्

स्थिर समयमा चुनाव प्रचारप्रचार गर्न पाइँदैन तर उम्मेदवारको सामान्य जनजीवनमा कुनै बन्देज हुँदैन । तर, कास्कीको क्षेत्र नं। ३ मा भने एमाले कार्यकर्ताले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई बिरामी भेट्नसमेत रोकेका छन् । शुक्रबार साँझ माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनलाई एमाले कार्यकर्ताले अवरोध गरेका हुन् । बराल अन्नपूर्ण गाउँपालिका वडा नं। १ को भीरमुनिका माओवादी कार्यकर्ता नारायण भण्डारीकी बिरामी आमालाई भेट्न जाँदै थिए । गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका… पुरा पढौ

कुमारजीले अघि सारेका योजनाको दायित्व लिन्छुः विन्दु

गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले कुमार खड्काले अघि सारेका योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाँच दलिय गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) प्रत्यक्ष उम्मेदवार बनेका थापाले आफू क्षेत्र २ को विकासमा दत्तचित्त भएर लागि पर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा १६ स्थित बाटुलेचौरमा कोणसभा गर्दै यस्तो बताएका हुन् । क्षेत्र २ मा कांग्रेसको जित निश्चित देखेपछि विभिन्न तरिकाले कुमार खड्कासँग जोडेर कांग्रेसलाई हराउने षडयन्त्र बुन्ने… पुरा पढौ

मौन अवधि पालना नगरे २५ हजार जरिवाना

निर्वाचन आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले यस्तो निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाले बताए। निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई मौन अवधि तोकेको छ। यो समयमा पालना गर्नुपर्ने नियमकाबारे भनिएको छ, ‘कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको… पुरा पढौ

गठबन्धनलाई मत माग्छु, भोट हाल्छुः कुमार खड्का

कांग्रेस नेता एवं गण्डकी प्रदेशका हालै बर्खास्त भएका मन्त्री कुमार खड्काले पाँच दलीय गठबन्धनलाई मत माग्ने र भोट हाल्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनले आफू कांग्रेस कार्यकर्ता भएकाले कांग्रेसकै झन्डा ओढेर मर्ने सुनाए । उनले भने, ‘म मन्त्री पदबाट बर्खास्त भएको मिडियाबाट थाहा पाएँ तर मैले के अपराध गरेँ भन्ने अझै थाहा पाएको छैन।गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खड्कालाई मंगलबार बर्खास्त गरेका थिए । खड्कामाथि सत्ता गठबन्धन… पुरा पढौ

पोखराको मुख्य बजार जोड्न चक्रपथः विन्दु थापा

गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् । उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे । बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि… पुरा पढौ

आधा घण्टामा पालिका सदरमुकामः प्रकाश बराल

गण्डकी प्रदेश सरकारले हरेक पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । तर सरकारको अस्थिरताका कारण उक्त योजना सफल हुन सकेन । संघीयतामाथी प्रश्न गर्नेहरु बढिरहेका बेला पुनः संघीय संरचनाको निर्वाचन हुँदै छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारहरुले आ–आफ्ना घोषणापत्र जनतासामु पु¥याएर मत फकाइरहेका छन् । कास्की क्षेत्र नम्बर ३ ९ख० का उम्मेद्वार प्रकाश बरालले संघीयता प्रति जनताको विश्वास बढाउने… पुरा पढौ

चरित्र हत्या गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनी

पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर ३ का साझा उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले आफूबिरुद्ध अर्नगल प्रचार नगर्न आग्रह गरेका छन् । प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार दामोदर बैरागी निकटका कार्यकर्ताले भ्रम छर्नका लागि बराल कालो सूचीमा परेको भनेर निर्बाचन आयोगको कार्यालयमा बुधबार उजुरी दिएको उनको दाबी छ । गण्डकीका अर्थमन्त्रीसमेत रहेका बराल कालोसूचीमा छैनन् । कर्जा नतिरेर कालो सुचीमा परेको भन्दै उजुरी गरेकोमा ऋण नतिरेमा कालो सूचिमा राख्ने आधिकारीक संस्था कर्जा… पुरा पढौ

बागलुङबाट को–को पुग्लान् गण्डकी प्रदेशसभामा ?

बागलुङ, ३० कात्तिकसंविधानले निदृष्ट गरे बमोजिम दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा संगै प्रदेशसभा सदस्यको चुनाव आइतबार हुँदैछ । प्रदेशसभाका चार सिटका लागि यहाँ १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक दल र उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा छन् । मतदान नजिकिँदै गर्दा चुनाव कस्ले जित्ला भन्ने चासो र विभिन्न आँकलन भइरहेका छन् । चुनावमा मुख्य प्रतिस्पर्धीका रूपमा सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार देखिएका छन् । साना दल र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं