निर्वाचन २०८२

​समानुपातिक निर्वाचन प्रणाली: कसरी गरिन्छ सिट बाँडफाँड र व्यक्ति छनोट?

​भर्खरै निर्वाचन सम्पन्न भएसँगै आम मतदातामाझ कुन पार्टीले कहाँ जित्यो भन्ने चासो रहनु स्वाभाविकै हो। तर प्रत्यक्ष निर्वाचनको नतिजा जत्तिकै महत्त्वपूर्ण पक्ष समानुपातिक निर्वाचन प्रणाली पनि हो। धेरैलाई समानुपातिकतर्फको सिट गणना र उम्मेदवार छनोटको प्रक्रिया केही जटिल लाग्न सक्छ। यही अन्योललाई चिर्न प्रतिनिधि सभा निर्वाचन २०७९ को तथ्याङ्कलाई आधार मानी यो जानकारीमूलक लेख तयार पारिएको छ। ​१. थ्रेसहोल्ड र गणना हुने मत २०७९ को निर्वाचनमा समानुपातिकतर्फ जम्मा १,०५,६०,८२ मत खसेको… पुरा पढौ

काठमाडौं ३ : कुलमानको उज्यालोमा अनेक पर्दा

पूर्वमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं ३ मा उम्मेदवारी दिएका छन् । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा उदाहरणीय भूमिका निर्वाह गरेको उनले सोही कुराको जस लिन पार्टीको नामै उज्यालो नेपाल र चुनाव चिन्ह चिम राखेका न् । घिसिङ रास्वपासँगको एकता सम्झौता तोडेर पहिलो पटक चुनावी मैदानमा उत्रिएका उनलाई स्वपाकै राजुनाथ पाण्डेसहित एमालेले रामेश्वर फुयाँल, नेकपाले नीरज लामा तथा कांग्रेसका रमेश अर्यालले चुनौति दिएका छन् । पुस… पुरा पढौ

गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। नेकपा कोशी प्रदेश समिति सदस्यसमेत रहेका राईले सोमबार दिउँसो पदबाट राजीनामा बुझाएर निर्वाचन अधिकृतको कार्यालय कटारी पुगी उम्मेदवारी दर्ता गराएका हुन् । नेकपाबाट उदयपुर २ बाट चुनाव लड्ने आकांक्षी रहेका उनले पार्टीले टिकट नदिने भएपछि अन्तिममा स्वतन्त्र उम्मेदवारी दर्ता गरे । यस क्षेत्रमा नेकपाले भने सुरेशकुमार राईलाई उम्मेदवार बनाएर मनोनयन… पुरा पढौ

दाङ १ : नेकपाका मेटमणिविरुद्ध कुलप्रसाद बागी

नेकपा नेता कुलप्रसाद केसीले दाङ १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट बनेका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री केसीले स्वतन्त्र उम्मेदवारी दिएका दिएका हुन् । आफ्नै पार्टीबाट बागी परेपछि मेटमणिलाई चुनाव जित्न सकस पर्ने देखिन्छ । मेटमणि साविक एकीकृत समाजवादीका नेता हुन् भने केसी साविक माओवादी केन्द्रका नेता हुन् । पुरा पढौ

नेकपाका लेखनाथ दाहालविरुद्ध बागी उठे महेश्वर

सिन्धुलीको क्षेत्र नं २ मा नेकपा उम्मेदवार लेखनाथ दाहालविरुद्ध जिल्ला पार्टीले विद्रोह गरेको छ । जिल्ला पार्टीको निर्णय अनुसार केही समय अगाडि नेकपा नेता तथा पत्रकार महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीका जिल्ला नेताहरूको उपस्थितिमा महेश्वरले उम्मेदवारी दर्ता गराएका हुन् । नेताहरू हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन, विनोद विकसहित महेश्वरको साथमा थिए । जिल्ला उमेदवार सिफारिश कार्यदलको निर्णय विपरीत पार्टी केन्द्रले लेखनाथ दाहाललाई टिकट वितरण… पुरा पढौ

शशांकले पाएनन् टिकट

नेपाली कांग्रेसका प्रभावशाली नेता डा शंशाक कोइरालाले यसपालि टिकट पाएनन् । नवलपुर क्षेत्र नम्बर १ बाट लगातार ४ पटक जितेका उनको साटो कांग्रेसबाट गजेन्द्रबहादुर आलेमगरलाई टिकट दिइएको छ । कांग्रेसका संस्थापक बिपी कोइरालाका छोरा डा शशांकले २०६४,२०७०,२०७४ र २०७९ मा चुनाव जितेका थिए । टिकट प्राप्त गरेका आले कांग्रेस महासमिति सदस्य हुन् ।गैंडाकोट नगरपालिकाका उनले यस अघि गैंडाकोट नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेर उपविजेता बनेका थिए। नवलपुरको क्षेत्र नम्बर २ मा… पुरा पढौ

सर्लाही झरे गगन, को को छन् प्रतिस्पर्धी ?

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं ४ बाट उनले चुनाव जित्दै आएका थिए । यसपटक गगनले रोजेको सर्लाही ४ मा नेकपा एमालेबाट रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीबाट डा रगनिस राय यादव उम्मेदवार छन् । सर्लाही– ४ बाट नेपाली कांग्रेसका सभापति थापा र रास्वपाबाट अमरेशकुमार सिंह… पुरा पढौ

कांग्रेस ओखलढुंगाबाट कुमार लुइँटेल उम्मेदवार

नेपाली कांग्रेसको संसदीय बोर्डले ओखलढुंगामा नेता कुमार लुइँटेललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर १ का बासिन्दा लुइँटेल मनोनयन दर्ता गराउन जाने तयारीमा छन् । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समिति सदस्य लुइँटेल विज्ञानमा स्नातकोत्तर हुन् । उनले लामो समय जिल्ला र जिल्लाबासीसँगको सहकार्य र ओखलढुंगाबासीको प्रेम नै आफ्नो जितका आधार भएको बताए । प्रतिनिधिसभामा एकमात्र क्षेत्र रहेको ओखलढुंगामा गएको निर्वाचनामा कांग्रेसकै रामहरि खतिवडा निर्वाचित भएका थिए… पुरा पढौ

राप्रपाका सांसदले पाए रास्वपाको टिकट

रास्पाले अप्रत्याशित निर्णय गर्दै काठमाडौं २ मा राप्रपाका प्रदेश सांसद सुनील केसीलाई टिकट दिएको छ । उनले बालेको कोटाबाट टिकट पाएका हुन् । अघिल्लो चुनावमा काठमाडौं २ बाट सोविता गौतम विजयी भएकी थिइन् । उनले सोही क्षेत्रमा दोहोरिन चाहे पनि पार्टीले चितवन ३ बाट उठाएको छ । राप्रपाबाट प्रदेश सांसद बनेका केहीले राप्रपा परित्याग गरेको सार्वजनिक भएको छैन । उनी बालेनको कोर टिमका सदस्य भएको स्रोतले जनाएको छ । पुरा पढौ

बागलुङमा नेकपा–जनमोर्चा गठबन्धन

फागुन २१ गतेका निम्ति तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुन र जनमोर्चाका केन्द्रीय सचिव घनश्याम न्यौपानेले सोमबार एकअर्कालाई सहयोग गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । २ प्रतिनिधिसभा क्षेत्र रहेको बागलुङ १ मा नेकपाले कृष्ण केसी र २ मा यामनाथ गैह्रे (अनिल)लाई उम्मेदवार बनाएको छ । जनमोर्चाले १ मा कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं