पर्यटन दिवसमा लेकसाइडमा सडक महोत्सव
नेपालको पर्यटकीय राजधानी पोखरामा विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सवको तयारी गरिएको छ ।रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसका दिन यही असोज ११ गते साँझ फेवाताल किनार अम्बोटदेखी वाराहीचोकसम्म एक दिन सडक महोत्सव गर्न लागेको हो । महोत्सवमा बाजा गाजा सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरिने मिनी सडक महोत्सवका संयोजक समेत रहनुभएका रेवानका महासचिव वीरेन्द्र शेरचनले बताउनुभयो । सडकमै खाउँ, सडकमै रमाउँ भन्ने उद्धेश्यका साथ…
पुरा पढौ
रिङ रोडले जोडिँदै रुपा, दोस्रो खण्डको काम सुरु
कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको कामअघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरे । संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा १६.१२९ किलोमिटर दूरीको यो बाटो बन्ने…
पुरा पढौ
एबिसी उडान गर्ने हेलिकोप्टरले हरेक पल्ट १० हजार तिर्नुपर्ने
अन्नपूर्ण गाउँपालिकाले पालिकामा हुने हेलिकोप्टर उडानमा कर लगाएको छ । पालिकामा हेलिकोप्टर दर्ताका लागि एक लाख शुल्क तोकिएको छ भने अन्नपूर्ण आधार शिविर (एबिसी) उडान गर्दा हरेक उडानको १० हजार शुल्क तोकेको छ भने अन्यत्र हरेक उडानको ३ हजार कर तोकिएको छ । गाउँपालिकाको विनियोजन ऐनमा यस्तो प्रस्ताव गरिएको छ । पालिकाले आगामी वर्ष गाडी किन्न ६५ लाख बजेट विनियोजन गरेको छ । अन्नपूर्ण गाउँपालिकाले आगामी आव २०८१/८२ का लागि…
पुरा पढौ
आवधिक र गुरुयोजना बनाउँदै माछापुच्छ«े
कास्कीको माछापुच्छ«े गाउँपालिकाले स्थानीय तह स्थापनाको सात वर्षपछि गुरुयोजना र आवधिक योजना बनाउने भएको छ । पालिकाको व्यवस्थित र योजनावद्ध विकासका लागि आवधिक योजना र गाउँ गुरुयोजना आगामी आर्थिक वर्ष बनाइने भएको हो । यसका लागि ०८१÷०८२ को बजेटा १८ लाख बजेट विनियोजन भएको छ । सोमबार भएको १५ औँ गाउँसभामा उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षको बजेटको अनुमान पेश गर्नुभयो । आगामी वर्षका लागि अनुमानित कुल बजेट ६५ करोड…
पुरा पढौ
रविविरुद्धको जाहेरी कास्की प्रहरीमा पुग्यो
पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध जाहेरी दिएका छन् । जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, नेत्रपाणि बास्तोला लगायतको समेत नाम छ । जाहेरी प्राप्त भएको र अध्ययनको क्रममा रहेको प्रहरी स्रोतले जनाएको छ । सूर्यदर्शनको एक करोड रुपैयाँ सभापति लामिछानेको खातामा जम्मा भएको पोखरा महानगरको प्रतिवेदनमा उल्लेख छ भने लामिछाने प्रबन्ध निर्देशक हुँदा ग्यालेक्सी फोरके टेलिजिभनको…
पुरा पढौ
सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष काठमाडौंको सहकारी ठगीमा
सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल सहितका ११ जनाविरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ। काठमाडौंको पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो। ११ जनामध्ये अहिलेसम्म २ जना मात्रै पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा दोलखाको कालिन्चोक गाउँपालिका–५ घर भएका सहकारीका तत्कालीन सचिव ३७ वर्षीय कुमार खड्का र सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर…
पुरा पढौ
पोखरा महोत्सवको तयारी सकियो, यसपालि याक ल्याइने
बाह्रौं संस्करणको पोखरा महोत्सवको तयारी सकिएको छ । आयोजक युनाइटेड क्लबले पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो । रवि एन्ड सन्नी इन्डष्ट्रिज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा पुस २६ देखि माघको ८ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा महोत्सव हुँदै छ । यो मेलामा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । क्लबले यसपालिको महोत्सवदेखि लेखनाथको अर्चलेमा रहेको आफ्नो जग्गामा…
पुरा पढौ
छिमेकी ६ पालिकालाई पोखरा महानगरले दियो २५/२५ लाख
पोखरा महानगरपालिकाले छिमेकका छ पालिकालाई २५ लाखका दरले सहयोग गरेको छ । अन्तरपालिका साझेदारी कार्यक्रम अन्तर्गत महानगरले सहयोग गरेको हो । यसै आर्थिक वर्षमा कास्कीका रुपा गाउँपालिका, मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिका, तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङ्जाको फेदीखोला गाउँपालिकालाई सहयोग गरिएको हो । पोखरा महानगरले दुई पक्षीय हित प्रवर्धन गर्दै उत्पादनमा सहकार्य गर्ने नीति अनुरुप २५ लाखका दरले १ करोड ५० लाख प्रदान गरेको प्रमुख धनराज आयार्यले बताए…
पुरा पढौ
युवा संघ उपमहासचिव गुरुङ हिरासतमा
सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी आरोपमा फरार शिवबहादुर गुरुङ (महेन्द्र भोटे) अहिले कास्की प्रहरीको हिरासतमा छन् । मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थिति भएका उनी थुनछेक बहस नसकिएपछि कास्की प्रहरीको हिरासतमा पुगेका हुन् । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय उपमहासचिवसमेत रहेका गुरुङ सूर्यदर्शन सहकारी सञ्चालक समितिका पूर्व सदस्य हुन् । गुरुङ सूर्यदर्शनकै आइटी प्रमुख भविश्वर अर्यालसहित मङ्गलबार दिउँसो कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए । उनी गएको स्थानीय निर्वाचनमा पालिका…
पुरा पढौ
घूस लिने पूर्व सहकारी रजिष्ट्रार थुनामा
पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित चार जना पुर्पक्षाका लागि कारागार चलान भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाएको हो । थुनामा जानेमा सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालसमेत छन् । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपमा प्रहरीले सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार पराजुलीलाई पुस ११ गते पक्राउ गरेको थियो । उनले कार्यक्षेत्र थप गर्न भनी एक…
पुरा पढौ