स्वास्थ्य

डा. शंकर बरालको अनुसन्धानलाई अमेरीकाको प्रेसिडेन्सियल अवार्ड

पोखराका पेट तथा कलेजो रोग विशेषज्ञ डा. शंकर बरालको अनुसन्धान सार (रिसर्च एब्स्ट्र्याक्ट) ले अमेरिकामा आयोजित अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजी (ACG) को ग्यास्ट्रोएन्टेरोलोजी सम्मेलनमा प्रेसिडेन्सियल अवार्ड प्राप्त गरेको छ। डा. बरालको अनुसन्धान “A Rare Case of Rectal Malignant Melanoma” अर्थात् मलाशयमा हुने दुर्लभ क्यान्सर रेक्टल मेलानोमासम्बन्धी छ। करिब सात हजार अनुसन्धानमध्ये उनको अनुसन्धान सार छनोट भएर उक्त सम्मान प्राप्त गरेको हो। यो उपलब्धिले नेपाली चिकित्सकको अनुसन्धान क्षमता र नेपालको चिकित्सा… पुरा पढौ

युरिक एसिड जाँच सित्तैमा, अरु जाँचमा विशेष छुट

अन्नपूर्ण प्याथ ल्याब -एपिएल) महेन्द्रपुलले चाडपर्वको अवसरमा युरिक एसिडको जाँच सित्तैमा गरिरहेको छ । दसैं, तिहार जस्ता महान् पर्वलाई लक्षित गरी अरु सबै प्रकारका जाँचमा पनि विशेष छुट दिइएको छ । एपिएलकी अध्यक्ष गीता कार्की पन्थले आधुनिक उपकरण, अनुभवी प्राविधिक टोलीसहित सेवा प्रदान गरिहेको एपिएलले चाडपर्वमा विशेष छुट दिएको जनकारी दिइन् । भिटामिन डी, भिटामिन १२, ट्युमर मार्कर, कल्चरसहित सबै प्रकारका रक्त परीक्षणमा दिइएको छुट कात्तिक महिनाभर रहनेछ । सोही… पुरा पढौ

चाडपर्वका विशेष खाना यसरी खानुस्

नेपालीका ठूला पर्व दसैं, तिहार आउँदै छन् । दसैं, तिहारमा लामो सार्वजनिक बिदा हुने हुँदा यो समयमा विदेसमा काम गर्नेहरु घर फर्किन्छन् । अन्य ठाउँमा काम गर्नेहरु पनि घर आउँछन् । चाडपर्वका बेला नेपालका सुनसान गाउँहरु पनि गुलजार हुन्छन् । दसैंमा मासु धेरै खाइने, चिप्लोचाप्लो र फ्राइ गरेका चिज बढी खाइन्छ । सिंगै खसी नै घरमा ल्याएर, ढालेर, १०, १२ दिनसम्म निरन्तर मासु खाने हाम्रो प्रचलन छ । मासु र… पुरा पढौ

रसुवा–भोटेकोशी बाढीपछि स्वास्थ्य जनशक्ति परिचालनका लागि तयारी अवस्थामा रहन परिषद्को आग्रह

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्यकर्मीलाई आपत्कालीन उद्धार तथा स्वास्थ्य सेवाका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष शगुन पौडेलका अनुसार परिषद्ले २६ अगस्ट २०२६ मा आएको भोटेकोशी बाढीपछि दर्तावाला स्वास्थ्य व्यवसायीलाई आवश्यक परे मानवीय तथा स्वास्थ्य सेवामा परिचालन हुन तयार रहन सूचना जारी गरेको हो। परिषद् स्वास्थ्य व्यवसायीको नियामक निकाय भएकाले प्रत्यक्ष रूपमा उद्धार तथा उपचार टोलीको नेतृत्व गर्नेभन्दा स्वास्थ्य… पुरा पढौ

शिशुवामा युआरएलको शिविर, ६०१ को सित्तैमा जाँच

युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवसको अवसरमा शुक्रबार शिशुवामा निशुल्क रक्त परीक्षणसहितको सचेतना कार्यक्रम भएको छ । युआरएल फाउन्डेसनले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि-युआरएल) मुख्य कार्यालय गिरी कम्प्लेक्सको प्राविधिक सहयोगमा आयोजना गरेको कार्यक्रममा ६ सय १ जनाको सित्तैमा जाँच गरिएको छ । कार्यक्रममा मधुमेह तथा थाइराइडसम्बन्धी रगत जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचमा विशेष छुटको व्यवस्था थियो । कार्यक्रममा वरिष्ठ फिजिसियन डा… पुरा पढौ

नेपाल आयुर्वेद व्यवसायी संघ गण्डकीमा नयाँ समिति

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ गण्डकी प्रदेशको शनिबार भएको वार्षिक साधारणसभा तथा अधिवेशनले अधिवेशनबाट विष्णा शर्मा चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । उपाध्यक्षमा रमेश चापागाईं, महिला उपाध्यक्ष नीरा राना, सचिव राजेन्द्र अधिकारी र कोषाध्यक्षमा रामजीप्रसाद आचार्य चयन भएका छन् । सदस्यमा श्रीकृष्ण विश्वकर्मा, अनिल घिमिरे, परमानन्द भण्डारी, रामराज अधिकारी, प्रवीण ताम्राकार र हरिहर खतिवडा छन् ।अन्य पदमा सर्वसम्मत चयन भए पनि कोषाध्यक्षका लागि विष्णु बस्याल र रामजीप्रसाद आचार्यबीच प्रतिस्पर्धा… पुरा पढौ

पोखरामा मुख स्वास्थ्य दिवस मनाइयो

डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकी प्रदेशले विविध कार्यक्रम गरी शुक्रबार मुख स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसरमा संस्थाले जनचेतनामूलक ¥याली निकाल्यो । ¥यालीका सहभागीहरुले स्वस्थ मुख स्वस्थ जीवनको आधार हो, मुखको खुसी र मुस्कानले जीवन नै सुखद् हुन्छ जस्ता नारा लेखिएका प्लेकार्ड बोलेका थिए । ‘एउटा स्वस्थ मुखले जीवन नै स्वस्थ बनाउँछ’ भन्ने नाराका साथ दिवस मनाइएको हो । खाना खाई सकेपछि दैनिक बिहान, बेलुका ब्रस गर्नुपर्छ भन्ने सूचनासहितको… पुरा पढौ

पोखरा १७ मा सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, स्वास्थ्य बिमाको सुविधा

पोखरा महानगरपालिकाको वडा नम्बर १७ मा रहेको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले स्वास्थ्य बिमा सेवा सुरु गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सेवा सुरुआत गरे । शुक्रबार आयोजित कार्यक्रममा उनले महानगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार दिने विभिन्न प्रयास गरिरहेको जनाए । उनले यहाँबाट उचित सेवा दिन गण्डकी मेडिकल कलेज (जिएमसी)सँग साझेदारी गरिएकोसमेत सुनाए । उनले पोखरामा जनघनत्व उच्च रहेकाले स्वास्थ्य सेवाको पहुँच पु¥याउन कठिन हुने जनाए । ‘यसपालि १७… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुविधासम्पन्न पिआइसियु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयु) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित ८ शड्ढयाको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष (पिआइसीयु) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो । अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै… पुरा पढौ

चिसो बढ्‍यो, अत्यावश्यक नभई घरबाहिर नजाऔँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गर्नुभएको हो। “जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं