ताजा समाचार

स्वास्थ्य

गण्डकीमा अल्जाइमर दिवस मनाइने

अल्जाइमर रोगबाट विश्वमा ४८ मिलियनभन्दा बढी मानिस पीडित छन् । यसबारे जनचेतना जगाउन हरेक वर्ष २१ सेप्टेम्बरमा विश्व अल्जाइमर दिवस मनाइन्छ । पछिल्ला केही वर्षदेखि नेपालमा पनि यो दिवस मनाउन थालिएको छ । यस रोगबारे सचेतना जगाउन र अल्जाइमरका रोगीहरुलाई उपचारको पहुँचमा पु¥याउन गण्डकी प्रदेशमा पनि यो दिवस मनाइने भएको छ । अल्जाइमर एक प्रकारको बिर्सने रोग हो । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायतमा असर पार्छ । यो रोग… पुरा पढौ

युआरएलको प्राविधिक सहयोगमा पुतलीबजारमा शिविर

नवरत्न बचत तथा ऋण सहकारीले स्याङ्जाको पुतलीबजार नगरपालिका १ प्रगति नगरमा निशुल्क शिविर आयोजना गरेको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार हुने शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसो –टिजी) सित्तैमा जाँच हुनेछ । स्वस्थ जीवनका लागि आवश्यक जीवनशैली, रोग लागिसकेपछिको उपचार र खानपानबारे कार्यक्रममा सहभागीलाई सचेतनासमेत दिइनेछ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले शिविरमा अन्य सबै प्रकारका जाँचमा पनि ५० प्रतिशत छुट दिनेछ । प्रदेशकै… पुरा पढौ

डेंगुसंगै फैलिंदो फ्लु, सचेत रहनुहोला

फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले दिएका छन् ।  विश्व स्वाथ्य संगठन (डब्लुएचओ)का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलायतीसञ्चार माध्यमहरुले बुधबार जनाएका छन् । बुधबार सार्वजनिक गरिएको ‘ए वल्र्ड एट रिक्स (जोखिममा विश्व)’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९१८ को फ्लुजस्तो महामारी हिजोआज तीव्र गतिमा फैलिन सक्छ । यसको नियन्त्रण गर्ने प्रयास हालसम्म… पुरा पढौ

डेङ्गु जाँचमा कीटको प्रयोग रोक

स्वास्थ्य मन्त्रालयले डेङ्गु परीक्षणका लागि कीटको प्रयोगमा रोक लगाएको छ । देशभरका कतिपय अस्पतालहरुमा कीटको अभाव भनेर हल्ला पिटिएकोमा मन्त्रालयले आपत्तिसमेत जनाएको छ । सरकारले डेङ्गु परीक्षणमा कीटको प्रयोग गर्न रोक लगाए पनि चितवनका निजी तथा सरकारी अस्पतालले डेङ्गु कीटको प्रयोग गरिरहेका छन् । सहयोगी संस्थाहरुले अस्पताललाई कीट हस्तान्तरण गरिरहेका छन् । ‘बिरामीले डेङ्गु कीटको प्रयोग गर्न आवश्यक छैन, त्यसैले रोक लगाएका हौँ’, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी… पुरा पढौ

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पोखरेल नियुक्त

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा वरिष्ठ चिकित्सक रोशन पोखरेल नियुक्त भएका छन्  । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट ११औँ तहमा कार्यरत वरिष्ठ मनोचिकित्सक पोखरेललाई सो पदमा नियुक्त गरिएको हो । निवर्तमान महानिर्देशक सुशीलनाथ प्याकुरेलले भदौ २१ गतेदेखि उमेरहदका कारण अवकाश लिएका थिए । महानिर्देशक पदमा १२औँ तहको चिकित्सक हुनुपर्ने प्रावधान छ । एघारौँ तहका वरिष्ठतम् भएकाले पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिइएको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनी लामो सयमदेखि विराटनगरस्थित… पुरा पढौ

थाहा नपाएरै हुन सक्छ बालबालिकाको आँखामा क्यान्सर

बालबालिकामा थाहा नै नपाएर लाग्ने रोग हो, रेटिनोब्लास्टोमा अर्थात् आँखाको क्यान्सर । यो क्यान्सर बालबालिकामा जन्मजात नै आउने क्यान्सर भएकाले जन्मेको केही सातादेखि ५ वर्षभित्र देखिन्छ । अझ विशेषगरी ३ वर्षमुनिका बालबालिकामा देखिने सम्भावना ९० प्रतिशत हुन्छ । यो क्यान्सर वंशाणुगत रुपमा देखिने हुन्छ । यो क्यान्सर आँखाको नानीको भागबाट पलाउने र अन्ततः आँखाको पूर्ण भागमा फैलिएर अन्धोपन निम्त्याउन सक्छ । साथै उपचार ढिलो भएमा शरीरको अन्य भागमा पनि फैलिएर… पुरा पढौ

डंगुबारे फेरि टोल टोलमा अभियान

पोखरा महानगरमा डंगुको त्रास बढिरहेकै छ । शुक्रबारसम्म पोखरामा १२ सयभन्दा बढीमा डंगु फेला परेको छ । उपचारमा नआएका अझै ठूलो संख्या बिरामी हुनसक्ने आकलन छ । महानगरमा डंगुका बिरामी बढिरहदा पोखरा १७ मा मात्रै १ सय ४ जनामा डंगुरोग पहिचान भएको छ । एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबारे यसअघि सचेतना अभियान चलाइसकेको पोखरा वडा नं. १७ ले फेरि अभियान सञ्चालन गर्ने भएको छ । वडालाई ६ भागमा… पुरा पढौ

डेंगी संक्रमणका बिरामीको घरेलु उपचार

- ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने |- शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ |- प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने |- मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने |- प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने |- बाख्राको दुध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउछ, मा फाइदा हुन्छ |- रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने… पुरा पढौ

नेपालमा पहिलो पटक पाठेघरमा रहेको ट्युमर बिनाशल्यक्रिया उपचार

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोस्ष्टिहरुले नेपालमै पहिलो पटक पाठेघरमाभएको फाइबरलाई युटेराइन आर्टरी कोइम्बोलाइजेसन गरी उपचार गरिएको छ । एक ३७ वर्षिय महिलालाई यो उपचार गरिएको हो । उनको पाठेघरमा बहुसंख्यामा ट्युमर थिए । यो पद्धतिमा पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निश्क्रिय पारिन्छ । उपचारमा संलग्न चिकित्सकमध्येक एक डा. ओमबिजु पन्तले यस किसिमको अभ्यास नेपालमा यसअघि नभएको बताए । उनले पहिलो पटक भएको अभ्यास सफल भएको भएकोमा… पुरा पढौ

बाथ रोग तन्नेरी महिलामा बढी !

परिचय : बाथरोग भन्नाले कुनै एउटामात्र रोग नभएर विभिन्न रोगहरूको संकलनलाई बुझाउँछ । अहिलेसम्म १०० भन्दा बढी प्रकारका बाथरोगहरू पत्ता लागिसकेको छ । यो रोग प्रायःजसो अटोयिमुन प्रोसेसको कारणले हुन्छ । हाम्रो शरीरमा बाहिरी जीवाणुसँग लड्नका लागी विशेष कोशिकाहरू हुन्छन् । जब कुनै कारणवश यी कोशिकाहरूले आफ्नै शरीरका विभिन्न अंगहरूलाई आक्रमण गर्न थाल्छन्, त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरूमा बाथरोग, डाइबेटिज, थाइराइड तथा अन्य रोगहरू पर्दछन् । कारण… पुरा पढौ