स्वास्थ्य

डाक्टरको परामर्श शुल्कमा भारी वृद्धि, स्वास्थ्य मन्त्रालय मौन

नेपाल चिकित्सक संघ (एनएमए) र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)ले चिकित्सकको नयाँ परामर्श शुल्क लागु गर्न निर्देशन दिएका छन् । बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै २ संस्थाले एक्कासि चर्काे शुल्कवृद्धि गरेका हुन् । फागुन ४ गते बसेको एनएमए र अफिनको संयुक्त बैठकले यो निर्णय गरेको हो । राष्ट्र बैकको मुद्रास्फीतिलाई आधार मानेर चिकित्सकको नयाँ परामर्श शुल्क निर्धारण गरिएको दाबी गरिएको छ । यो शुल्कलाई बुधबारबाटै लागु हुने… पुरा पढौ

अब पीसीआर शुल्क एक हजार मात्र

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिए। यसअघि पीसीआर परीक्षण शुल्क रु दुई हजार लिने गरेको थियो। यस्तै अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ। यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय… पुरा पढौ

क्यान्सर रोग प्रभावितहरुलाई निःशुल्क यातायात सेवा शुभारम्भ

पृथ्वीजयन्ती राष्ट्रिय एकता दिवस एवं विश्व क्यान्सर दिवस फेब्रअरी ४ को पूर्व सन्ध्यामा नेपाल अर्बुदरोग निवारण संस्था कास्की शाखा र नेपला एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस गण्डकी प्रदेश (नाटा) ले क्यान्सर रोगबाट प्रभावित बिरामी र निजको उपचारमा संलग्न सहयोगी व्यक्तिलाई पोखरा देखि काठमाडौं तथा पोखरा देखि भरतपूर चितवनसम्म जाने आउने दुवै तर्फको यातायात निःशुल्क हुने गरी बस सेवा शुभारम्भ गरिने भएको छ । नेपाल अर्बुद रोग निवाण संस्था कास्कीका… पुरा पढौ

तीन गाउँको सहमतीपछि १० महिना बन्द मुक्तिनाथ खुल्यो

जोमसोम—तीन गाउँको सामुहिक सहमतीपछि कोरोना कहरले १० महिनासम्म बन्द रहेको मुक्तिनाथ पुस २१ मंगलबारबाट दर्शनका लागि खुल्ला हुने भएको छ ।मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले वडा—१ को खिङ्गा ,झारकोट र रानीपौवा गाउँका बासिन्दासंग मुक्तिनाथ मन्दिर खुल्ने बिषयमा सहमती गरेपछि लामो समय बन्दाबन्दी रहेको मुक्तिनाथ खुल्ने भएको हो । मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति ,वारागुङ मुक्तिक्षेत्र गापा,जिल्ला स्वास्थ्य कार्यालय ,प्रदेश सभासद , सुरक्षा निकाय र पत्रकारको रोहबर… पुरा पढौ

सरुवा रोग अस्पतालले पायो कार्यकारी अधिकृत

गण्डकी प्रदेश सरकारले पोखरा ३० को महोरियामा स्थापना गरेको संक्रमण तथा सरुवा रोग अस्पतालमा पहिलो कार्यकारी अधिकृतका रुपमा डा. विकास गौचनले पदभार ग्रहण गरेका छन् । गत साउनमा गण्डकी प्रदेश सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेश स्तरीय सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने निर्णय अनुसार लामो समयको अन्तराल पछि गौचनले बिहीबार कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. त्रिभुवन पौडेलले अस्पतालको सम्पूर्ण जिम्वेवारी समाल्दै आएका… पुरा पढौ

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबारे

बेलायतको दक्षिणपूर्बी क्षेत्रमा कोरोना भाइरसको नयाँ परिवर्तित स्वरूप देखा परेको छ | यो नयाँ प्रजातिको कोरोना भाइरस अत्यधिक संक्रामक भएको जनाइएको छ | हाल महामारी ल्याएको कोरोना भाइरसको तुलनामा नयाँ प्रजातिको संक्रामक दर ७० % बढी देखिएको बेलायती वैज्ञानिकहरुले बताएका छन् | यसको मृत्युदर पहिलेको तुलनामा धेरै छ कि, उस्तै छ कि थोरै छ भन्ने बिषय अध्ययन गर्न बाँकी छ | म्युटेसन भएर आएको यो प्रजातिको ' स्पाइक प्रोटिन '… पुरा पढौ

अमेरिकी राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको खोप

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्। फाइजरले उत्पादन गरेको खोपको पहिलो मात्रा उनले लिएका हुन्। आफूले खोप लगाएको दृश्य उनले टेलिभिजनमा प्रत्यक्ष प्रसारण गराएका छन्। उनले भनेका छन्, ‘खोप सुरक्षित छ भनेर सबै अमेरिकीलाई आश्वास्त पार्न प्रत्यक्ष प्रसारण गरेको हुँ।’ अमेरिकी सञ्चारमाध्यमका अनुसार यसअघि बहालवाला उपराष्ट्रपति माइक पेन्स, सभामुख न्यान्सी बेलोसी लगायतले यो खोप लगाइसकेका छन्। पुरा पढौ

कोरोना महामारीको दोस्रो लहर रोकथामबारे – डा. रवीन्द्र पाण्डे

अमेरिका तथा युरोपका बिभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ | हिंजोमात्र कोरियामा लगभग एकहजार संक्रमितको पहिचान भयो | कोरियाका अधिकारीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन् | नेपालमा कोरोना महामारीको छाल केहि सेलाएको छ | यो महामारीलाई नियन्त्रण गर्नको लागि हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छोडेर समाजको लागि योगदान गर्नु अपरिहार्य बनेको छ |के गर्ने त दोस्रो लहर रोकथामको लागि ? १०० दिन मास्क अभियान :सरकारी… पुरा पढौ

सांसद इन्द्रलाल सापकोटालाई काठमाडौं लगिँदै

कोरोना संक्रमित भएका गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटालाई काठमाडौं लगिने भएको छ । त्यहाँ उनको ह्याप्स् अस्पतालमा उपचार गर्ने तयारी छ । मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएपछि आइशोलेसनमा रहेका उनलाई शरीरमा अक्सिजन कमी देखिएको छ । नेकपा बागलुङ इन्चार्ज बलावती शर्माले उनलाई स्वासप्रस्वासमा समस्या भएपछि एम्बुलेन्समाफर्त काठमाडौं लैजान लागिएको जनाइन् । पुरा पढौ

प्रदीपलाई युआरएल पत्रकारिता पुरस्कार

पत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो । गण्डकी मेडिकल कलेज(जिएमसी)का प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पौडेललाई सम्मान गरे । पौडेल रेडियो बाराही र इमेज टेलिभिजनमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं