
कोरोना संक्रमित भएका गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटालाई काठमाडौं लगिने भएको छ । त्यहाँ उनको ह्याप्स् अस्पतालमा उपचार गर्ने तयारी छ ।
मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएपछि आइशोलेसनमा रहेका उनलाई शरीरमा अक्सिजन कमी देखिएको छ । नेकपा बागलुङ इन्चार्ज बलावती शर्माले उनलाई स्वासप्रस्वासमा समस्या भएपछि एम्बुलेन्समाफर्त काठमाडौं लैजान लागिएको जनाइन् ।