शिक्षा

जानकी माविमा पुनर्निर्माण प्राधिकरणको सहयोगमा भवन बन्दै

जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको निर्माणाधीन भवन सोमबार अनुगमन गरेको छ । नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाको लागतमा निर्माणाधीन भवनको समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, जिल्ला आयोजना कार्यान्वय इकाई(शिक्षा) प्रमुख लालप्रसाद पोख्रेल, जनप्रतिनिधिसमेतले संयुक्तरुपमा अनुगमन गरेका हुन् । समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुणस्तरीय विकास निर्माणका लागि स्थानीयको सकृय सहकागिता… पुरा पढौ

कालिका र माझठानाका स्कुललाई माक्स र साबुन

पोखरा २८ भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गर्दै वडाध्यक्ष निर्मल दियाली । तस्बिर :भीमपाणि बराल पोखरा महानगरपालिका वडा नं २८ ले आफ्नो वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीका कारण बन्द रहेका विद्यालयहरु खोलेर पठनपाठन गर्ने अवस्था बनाउन वडाले सहयोग गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाको सूचना अनुसार वडाध्यक्ष निर्मल दियालीले बिहीबार १० वटा विद्यालयलाई माक्स र साबुन… पुरा पढौ

विद्यार्थीलाई पायक पर्ने ठाउँबाटै परीक्षा, भर्चुअल नहुने

त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ। त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय ९पनिका०का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। त्रिविले कोभिड–१९… पुरा पढौ

विद्यार्थीलाई वडा कार्यालयको छात्रवृत्ति

पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि वडा कार्यालहरुले समेत छात्रवृत्ति दिने भएका छन् । वडा नम्बर १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ ‘दर्शन लामा’ ले फेसबुकमा स्टाटस लेख्दै छात्रवृति सम्बन्धी सूचना सार्वजनिक गरेका छन् । उक्त सूचनामा भनिएको छ, ‘पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयद्वारा आह्वान गरिएको सिभिल र अटो मोबाइल विषयमा छनोट भएका विद्यार्थी मध्ये वडा नम्बर १३ स्थायी निवासी एक विपन्न… पुरा पढौ

प्राविधिक क्याम्पसका जनशक्तिलाई स्थानीय विकासमा जोडिने

राष्ट्रिय विज्ञान दिवशका अवसरमा पोखरा महानगरपालिका कार्यालयले विभिन्न फरक चार वटा संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । पोखरास्थित विभिन्न प्राविधिक शिक्षालयहरुसंग महानगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेको हो । महानगरस्थित प्राविधिक क्याम्पसहरुको सीप, ज्ञान र जनशक्तिलाई स्थानीय तहको विकासमा जोडेर लैजाने उद्देश्यका साथ महानगरले पश्चिमाञ्चल क्याम्पस, वन क्याम्पस, नर्सिङ क्याम्पस तथा जेन्टा क्लब पोखरासँग साझेदारी पत्रमा हस्ताक्षर गरेको हो । पोखरा महानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न ‘राष्ट्रिय विज्ञान दिवश तथा समझदारी पत्र हस्ताक्षर… पुरा पढौ

कक्षा १२ : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा गर्न सरकारलाई सिफारिस गरेको छ । विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा,… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल र अटो इन्जिनियरिङको पढाइ

पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्रविविधक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ । तीन वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ । एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म अध्ययनको लागि आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । दुई विषयमा ४८/४८ कोटा निर्धारण गरिएको छ भने विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको… पुरा पढौ

विदेशमा ज्यान गुमाएका परिवारका छोराछोरीलाई छात्रवृति

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेका परिवारका बालबालिकालाई छात्रवृति प्रदान गरेको छ । इकाइले श्रम स्वीकृत लिएर रोजगारमा जानेका कास्कीका ३६ जना छात्रछात्रालाइ छात्रवृति प्रदान गरिएको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष बैन बहादुर क्षेत्रीले बैदेशिक रोजगारीमा गइ ज्यान गुमाएका परिवारका बालबालिकालाइ छात्रवृति वितरण गरे । क्षेत्रीले सरकारको गरेको सानो सहयोगले मलम पट्टी लगाउने काम गरेको बताए । ‘… पुरा पढौ

युएन्टो कास्की राहत विभाग संयोजकमा दीपक, इन्चार्ज विकल

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कास्कीको राहत विभाग संयोजकमा दीपक पौडेल र इन्चार्जमा विकल पौडेल चयन भएका छन् । इन्चार्ज पौडेल सङ्गठनका पोखरा महानगरपालिका समितिका सचिव तथा प्रदेश राहत विभागका सदस्य हुन् । भर्चुअल मोडबाट शनिबार भएको भेलाबाट गठित १३ सदस्यीय विभागका सह संयोजकमा बन्धुराज जमरकट्टेल र सचिवमा शिवहरि पाण्डे तथा सदस्यहरुमा सूर्य नेपाली, कमल सुवेदी, दीपेन्द्र जमरकट्टेल, लक्ष्मण गौतम, सूर्य तिवारी, अर्जुन पौडेल, शिव प्रसाद भुसाल, शर्मिला आचार्य, पार्वती… पुरा पढौ

अनलाइन चित्रकला प्रतियोगितामा अनुसुया पहिलो

कोरोना भाइरस स्वास्थ्य सुरक्षामा बालबालिकाको भूमिका विषयमा पोखरामा भएको अनलाइन चित्रकला प्रतियोगितामा पोखरा १७ की अनुसुया बराल प्रथम भएकी छिन् । राईट्स फर चिल्ड्रनले आयोजना गरेको प्रतियोगिता पोखराको मासबार स्थित मदरल्याण्ड माविमा कक्षा १२ मा अध्ययनरत बराल १८ वर्षमुनिका बालबालिकाबीच भएको हो । प्रतियोगितामा कृसा श्रेष्ठ दोस्रो र अजय गिरी तेस्रो बने । रवीन्द्र विक चौथो भएको प्रतियोगिताको अन्तिम राउण्डमा १५ जना बालबालिकाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं