समाज

गोली हानेर शिक्षकको हत्या

सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको सङ्खुवासभाका डीएसपी कुमार मैनालीले बताए । उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन् । हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको छ । सदरमुकामबाट १० घण्टा टाढाको दुरीमा रहेको घटनास्थलमा इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली पुगेको छ । स्कुल परिसरमा भेटिएको उनको शव प्रहरीले मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल… पुरा पढौ

छात्रावासमै विद्यार्थीले जन्माइन् बच्चा

पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा छात्रावासमै एक विद्यार्थीले बच्चा जन्माएपछि विद्यालय र स्थानीय समुदायमा हलचल मच्चिएको छ । कक्षा ११ मा अध्ययनरत कल्पना (नाम परिवर्तन) ले गत चैत ११ गते राति विद्यालयकै होस्टेलमा छोरी जन्माउनुभएको हो । विद्यालयका अनुसार ती छात्रा शिक्षा सङ्कायमा अध्ययनरत हुनुहुन्थ्यो ।  टाढाबाट आएको हुनाले विद्यालयले उहाँलाई छात्रावास उपलब्ध गराएको थियो । घटना भएको राति छात्राले छात्रावासमै बच्चा जन्माएपछि होस्टेल वार्डेनको सहयोगमा उहाँलाई तत्काल आफन्तको सम्पर्कमा ल्याएर… पुरा पढौ

बहुविवाहको अभियोगमा पक्राउ परेका डिएसपीलाई जेल पठाउने आदेश

बहुविवाहको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत, रुपन्देहीले उनलाई थुनामा पठाउने आदेश दिएको हो। आफुविरुद्ध बहुविवाहको जाहेरी परेपछि उनी चार साताअघि आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। प्रहरीकै असई गीता पुरीसँग बहुविवाह गरेको अभियोग उनीमाथि लागेको थियो। असई पुरीलाई पनि थुनामा राखी प्रहरीले मुद्दा अघि बढाएको थियो। उनलाई भने ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। न्यायाधीश चाणकमणि… पुरा पढौ

बलात्कार आरोपमा प्रहरी इन्चार्ज पक्राउ

कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत साउन ३० गते ३२ वर्षीय एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा नगर प्रहरी इन्चार्ज बोहरालाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब… पुरा पढौ

जेब्रा झोलाभित्र नवजात शिशुको शवः बाबु पक्राउ

पोखरा महानगरपालिका वडा नं १४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा फेला परेको नवजात शिशुको शव प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २०८१ असोज १३ गते साँझ करिब सवा ५ बजे जेब्रा झोलाभित्र फलाटिनको कपडाले बेरी, रातो, गुलाबी रंगको ब्लाङ्केटले ढाकिएको अवस्थामा नवजात छोरा शिशुको शव फेला परेको थियो। सूचना प्राप्त भएपछि तत्कालै जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा… पुरा पढौ

२० वर्षपछि विवाह गर्नेलाई ५० हजार

बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो । आर्थिक वर्ष २०७९÷८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई रु ५० हजार प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न रु ११… पुरा पढौ

पोखरा २८ कालिकामा निशुल्क आयुर्वेद शिविर

गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा शनिबार पोखरा २८ को कालिका स्वास्थ्य चौकीमा बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर भएको छ । शिविरमा ४ सय २२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको छ । सो शिविरमा १ सय ५ जनाको निःशुल्क सुगर र पिसाब परीक्षण, ३७ जनाको एकांग स्नेहन स्वेदन एवं २० जनालाई कपिंग सेवा पनि प्रदान गरिएको छ । पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी र माझठाना स्वास्थ्य… पुरा पढौ

नारायण मरासिनीको ‘घैंटीको मूल्य’ बजारमा

कथाकार नारायण मरासिनीको ‘घैंटीको मूल्य’ कथा संग्रह मंगलबार सार्वजनिक भएको छ । गण्डकी साहित्य संगम पोखराले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारीलगायतले कृति सार्वजनिक गरेका हुन् । डा अधिकारीले कथाकार मरासिनीको साहित्यिक सक्रियता प्रशंसनीय रहेको बताए । कथाहरुको समीक्षा गर्दै रामराज रेग्मीले प्रगतिवादी आख्यानका क्षेत्रमा ‘घैंटीको मूल्य’ महत्वपूर्ण प्राप्ति भएको उल्लेख गरे । कथाकार मरासिनीले आफूले देखेभोगेको समाज तथा परिवेशलाई समेटेर कथाहरु तयार पारेको… पुरा पढौ

मानव बेचबिखन कम गर्न सचेतना

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी,… पुरा पढौ

लौ न नि यो केगरेको?

एक जना महिला अंग्रेजी सिक्दै थीइन। आफुले सिकेको भाषा अभ्यास गर्न भेट भएका मानिससंग सके सम्म अंग्रेजिमै बोल्ने प्रयास गर्दथिन। यसै क्रममा फलफुल पसलमा गएर भनिन " गिभ मि अ केजी डिस्ट्रोयड हस्बेण्ड” (give me a kg destroyed husband) भनेर भनिछन। फलफुल पसलेले कुरो बुझ्न सकेन। क्या हो त्यो "डिस्ट्रोयड हस्वेड"? अक्क न वक्क पर्‍यो। त्यस्तो फल त हामी संग छैन भन्यो। ति महिलाले नासपती देखाउदै उ त्यो फल। बल्ल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं