समाज

२० वर्षपछि विवाह गर्नेलाई ५० हजार

बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो । आर्थिक वर्ष २०७९÷८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई रु ५० हजार प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न रु ११… पुरा पढौ

पोखरा २८ कालिकामा निशुल्क आयुर्वेद शिविर

गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा शनिबार पोखरा २८ को कालिका स्वास्थ्य चौकीमा बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर भएको छ । शिविरमा ४ सय २२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको छ । सो शिविरमा १ सय ५ जनाको निःशुल्क सुगर र पिसाब परीक्षण, ३७ जनाको एकांग स्नेहन स्वेदन एवं २० जनालाई कपिंग सेवा पनि प्रदान गरिएको छ । पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी र माझठाना स्वास्थ्य… पुरा पढौ

नारायण मरासिनीको ‘घैंटीको मूल्य’ बजारमा

कथाकार नारायण मरासिनीको ‘घैंटीको मूल्य’ कथा संग्रह मंगलबार सार्वजनिक भएको छ । गण्डकी साहित्य संगम पोखराले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारीलगायतले कृति सार्वजनिक गरेका हुन् । डा अधिकारीले कथाकार मरासिनीको साहित्यिक सक्रियता प्रशंसनीय रहेको बताए । कथाहरुको समीक्षा गर्दै रामराज रेग्मीले प्रगतिवादी आख्यानका क्षेत्रमा ‘घैंटीको मूल्य’ महत्वपूर्ण प्राप्ति भएको उल्लेख गरे । कथाकार मरासिनीले आफूले देखेभोगेको समाज तथा परिवेशलाई समेटेर कथाहरु तयार पारेको… पुरा पढौ

मानव बेचबिखन कम गर्न सचेतना

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी,… पुरा पढौ

लौ न नि यो केगरेको?

एक जना महिला अंग्रेजी सिक्दै थीइन। आफुले सिकेको भाषा अभ्यास गर्न भेट भएका मानिससंग सके सम्म अंग्रेजिमै बोल्ने प्रयास गर्दथिन। यसै क्रममा फलफुल पसलमा गएर भनिन " गिभ मि अ केजी डिस्ट्रोयड हस्बेण्ड” (give me a kg destroyed husband) भनेर भनिछन। फलफुल पसलेले कुरो बुझ्न सकेन। क्या हो त्यो "डिस्ट्रोयड हस्वेड"? अक्क न वक्क पर्‍यो। त्यस्तो फल त हामी संग छैन भन्यो। ति महिलाले नासपती देखाउदै उ त्यो फल। बल्ल… पुरा पढौ

‘‘जनप्रियको पर्वतीय पर्यटन शिक्षा पोखराका लागि महत्वपूर्ण’

पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण हुनेमा जोड दिइएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस, सिमलचौरद्वारा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीले पर्वतीय पर्यटन शिक्षामा जोड दिएका हुन् । अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत गर्दै उपप्राध्यापक दीपेन्द्र पहारीले पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुनहिल, घोरेपानीलगायत स्थानमा पर्यटक जाने भएकाले यी सबै पर्यटकीय गतिविधिले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने… पुरा पढौ

बकुल्लाको बास जोगाउन आग्रह

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास जोगाउन आग्रह गरेको छ । रत्न मन्दिर क्षेत्रमा पर्ने बाराही घाटका बाँसमा आख्लैपिच्छे बकुल्लाले गुँड लगाएका छन् । बकुल्लासहितका पंक्षीको विष्टाले दुर्गगिन्धत भएको भन्दै बेला बेलामा बाँस र बाँसका हाँगा काट्दा चराहरुको बिचल्ली हुने गरेको छ । सम्पदाका अध्यक्ष ठाकुरप्रसाद बराल र महासचिव दिलीप दोषीले नेपाल ट्रष्टको कार्यालय, पोखरामार्फत् ट्रष्टको केन्द्रीय कार्यालयलाई… पुरा पढौ

विद्यार्थीलाई वातावरणबारे सचेतना

पोखरा, २३ जेठराष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । जनप्रिय माध्यमिक विद्यालय सिमलचौरका विद्यार्थीलाई वातावरणसँग सम्बन्धित सचेतना दिई दिवस मनाइएको हो ।कार्यक्रममा पत्रकार एवं गिद्ध संरक्षण अभियन्ता कृष्णमणि बरालले फेवातालको वर्तमान अवस्थाबारे विद्यार्थीलाई जानकारी दिए । बरालले २०–३० वर्ष पुरानो फेवाको अवस्था र मानव अतिक्रमणको चपेटाले प्रदूषण भएको अहिलेको फेवा ताल दर्शाउने फोटो तथा भिडियो प्रदर्शन गरे । संस्थाका सदस्य एवं… पुरा पढौ

पोखरा १२ : राजस्व संकलन बढाउन घरदैलो अभियान

पोखरा महानगरपालिका १२ नम्बर वडाले बजार क्षेत्रमा राजस्व संकलनका लागि घरदैलो शुरू गरेको छ । पहिलो चरणमा वडा अन्तर्गत पर्ने पुरानोधारा, शितलादेवी हुँदै गौँडाको मुख सम्मका पसल र व्यवसायहरुमा राजस्व सचेतना अभियान शुरू गरेका छौं, दोस्रो चरणमा हस्पिटल चोक हुँदै अमरसिंह चोक सम्मका पसल र व्यवसायहरुमा राजस्व सचेतना अभियान गर्ने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । राजस्व संकलन प्रभावकारी बनाउन घरदैलो अभियान गरिएको उनले भने । वडा अन्तर्गतका मुख्य क्षेत्रमा… पुरा पढौ

‘गिद्ध र लाटोकोसेरो मान्छेका मित्र’

पोखरा, ३ जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस पोखराका संरक्षणकर्मीले समेत मनाएका छन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको आयोजनामा बिहीबार गिद्ध र लाटोकोसेरोबारे विद्यार्थीलाई प्रशिक्षण दिइएको हो । विन्ध्येश्वरी माध्यमिक विद्यालय पोखरा १९ का विद्यार्थीलाई संरक्षणकर्मी कृष्णमणि बरालले प्रशिक्षण दिएका हुन् । बरालले विश्वमा २३ प्रजातिका गिद्ध पाइनेमा नेपालमा ९ प्रजातिका गिद्ध रहेको जनाए । उनले भने, ‘नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबै पोखरामा पाइन्छन् । तर विविध कारणले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं