समाज

‘‘जनप्रियको पर्वतीय पर्यटन शिक्षा पोखराका लागि महत्वपूर्ण’

पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण हुनेमा जोड दिइएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस, सिमलचौरद्वारा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीले पर्वतीय पर्यटन शिक्षामा जोड दिएका हुन् । अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत गर्दै उपप्राध्यापक दीपेन्द्र पहारीले पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुनहिल, घोरेपानीलगायत स्थानमा पर्यटक जाने भएकाले यी सबै पर्यटकीय गतिविधिले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने… पुरा पढौ

बकुल्लाको बास जोगाउन आग्रह

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास जोगाउन आग्रह गरेको छ । रत्न मन्दिर क्षेत्रमा पर्ने बाराही घाटका बाँसमा आख्लैपिच्छे बकुल्लाले गुँड लगाएका छन् । बकुल्लासहितका पंक्षीको विष्टाले दुर्गगिन्धत भएको भन्दै बेला बेलामा बाँस र बाँसका हाँगा काट्दा चराहरुको बिचल्ली हुने गरेको छ । सम्पदाका अध्यक्ष ठाकुरप्रसाद बराल र महासचिव दिलीप दोषीले नेपाल ट्रष्टको कार्यालय, पोखरामार्फत् ट्रष्टको केन्द्रीय कार्यालयलाई… पुरा पढौ

विद्यार्थीलाई वातावरणबारे सचेतना

पोखरा, २३ जेठराष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । जनप्रिय माध्यमिक विद्यालय सिमलचौरका विद्यार्थीलाई वातावरणसँग सम्बन्धित सचेतना दिई दिवस मनाइएको हो ।कार्यक्रममा पत्रकार एवं गिद्ध संरक्षण अभियन्ता कृष्णमणि बरालले फेवातालको वर्तमान अवस्थाबारे विद्यार्थीलाई जानकारी दिए । बरालले २०–३० वर्ष पुरानो फेवाको अवस्था र मानव अतिक्रमणको चपेटाले प्रदूषण भएको अहिलेको फेवा ताल दर्शाउने फोटो तथा भिडियो प्रदर्शन गरे । संस्थाका सदस्य एवं… पुरा पढौ

पोखरा १२ : राजस्व संकलन बढाउन घरदैलो अभियान

पोखरा महानगरपालिका १२ नम्बर वडाले बजार क्षेत्रमा राजस्व संकलनका लागि घरदैलो शुरू गरेको छ । पहिलो चरणमा वडा अन्तर्गत पर्ने पुरानोधारा, शितलादेवी हुँदै गौँडाको मुख सम्मका पसल र व्यवसायहरुमा राजस्व सचेतना अभियान शुरू गरेका छौं, दोस्रो चरणमा हस्पिटल चोक हुँदै अमरसिंह चोक सम्मका पसल र व्यवसायहरुमा राजस्व सचेतना अभियान गर्ने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । राजस्व संकलन प्रभावकारी बनाउन घरदैलो अभियान गरिएको उनले भने । वडा अन्तर्गतका मुख्य क्षेत्रमा… पुरा पढौ

‘गिद्ध र लाटोकोसेरो मान्छेका मित्र’

पोखरा, ३ जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस पोखराका संरक्षणकर्मीले समेत मनाएका छन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको आयोजनामा बिहीबार गिद्ध र लाटोकोसेरोबारे विद्यार्थीलाई प्रशिक्षण दिइएको हो । विन्ध्येश्वरी माध्यमिक विद्यालय पोखरा १९ का विद्यार्थीलाई संरक्षणकर्मी कृष्णमणि बरालले प्रशिक्षण दिएका हुन् । बरालले विश्वमा २३ प्रजातिका गिद्ध पाइनेमा नेपालमा ९ प्रजातिका गिद्ध रहेको जनाए । उनले भने, ‘नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबै पोखरामा पाइन्छन् । तर विविध कारणले… पुरा पढौ

सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले… पुरा पढौ

पोखरामा पार्किङ गरिएको बसमा सामूहिक बलात्कार, ३ पक्राउ

मंगलबार कास्की प्रहरीले सामूहिक बलात्कार आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी–९, कास्कीका ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी–१२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँमा २९ वर्षीय विनोद परियार छन् । मंगलबार बिहान पोखराको अमरसिंहचोकको खेलकुद मैदानमा पार्किङ गरिएको ग१ख६५९५ नम्बरको बसबाट तीनै जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । सोमबार राति एक महिलालाई खाजा खान जाऊँ भनी फकाएर पार्किङ गरी राखिएको बसमा लगी मदिरा… पुरा पढौ

साहित्यकार प्रकट पगेनी अस्पताल भर्ना, अवस्था गम्भीर

साहित्यकार प्रकट पगेनी ‘शिव’को पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सोमबार बेलुकाबाट भेन्टिलेटरमा उनको उपचार भइरहेको र अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ । रुपा गाउँपालिका वडा नम्बर ५, देउराली घर भएका शिवका गीत र गजलका कृति प्रकाशित छन् । साहित्यकार तीर्थ श्रेष्ठले पगेनीको अवस्था गम्भीर र स्थिर रहेको चिकित्सकलाई उद्धृत गर्दै जानकारी दिए । पगेनीको फोक्सो र मिर्गाैलामा समस्या रहेको र अक्सिजन लेभल निकै कम रहेको… पुरा पढौ

माछापुच्छ्रेको करुवामा सेतीमा शव फेला

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ करुवाका २५ वर्षीय जगत पुनको शब सोमबार दिउँसो फेला परेको छ । शनिबार दिउँसो साढे २ बजेतिर घरबाट निस्किएका पुनको शव सोमबार घरभन्दा करिब तीन सय मिटर तल सेती नदीमा भेटिएको हो । घरभन्दा तल पुनले लगाएका चप्पल र कालो झोला फेला परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले स्थानीय र आफन्तको समेत सहयोगमा खोजी गरेको थियो । कास्कीका प्रहरी प्रवक्ता प्रहरी… पुरा पढौ

पोखरामा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

काठमाडौँ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले पोखरासँगै मुलुकभर थप १७ सहरमा 'बाइक राइड' सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरु बिराटनगर, दमक, उर्लाबारी,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं