समाज

अपांगका सरोकारबारे छलफल

पोखरामा अपांगहरुको अवस्था, उनीहरुलाई समाजको व्यवहार र सरकारी सेवा, सुविधामा उनीहरुको पहुँचबारे छलफल भएको छ । वडा स्तरीय अपांगता समन्वय समितिले पोखरा महानगरपालिका वडा नं। १६ को आर्थिक सहयोगमा कार्यक्रम गरेको हो । कार्यक्रममा प्रदेश सांसद मिना गुरुङले राज्य सबैको अभिभावक भएकाले मुलधारबाट पछि परेका नागरिकको संरक्षण र सशक्तीकरणका लागि थप पहल गर्नुपर्ने बताइन् । उनले अपांगहरुमा पनि फरक र विशिष्ट क्षमता हुने उल्लेख गरिन् । उनले भनिन्, ‘सपांगभन्दा कमजोरलाई… पुरा पढौ

पत्रकार महासंघ गण्डकीका कोषाध्यक्ष न्यौपाने माथि कुटपिट

समाचार संकलनका लागि शहिद लखन गाउँपालिका १ स्थित बक्रेश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्र पुग्नुभएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने माथि कुटपिट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष समेत रहेका न्यौपाने माथि शुक्रबार साँझ ४ : ५० बजे शहिद लखन गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष दीपबहादुर केसी र उनका समर्थकले मतदान स्थलको फोटो खिचेको विषयलाई लिएर निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते पत्रकार… पुरा पढौ

क कसले दिन पाउँदैनन् स्थानीय तहमा उम्मेदवारी ?

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो । निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम, कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता तथा… पुरा पढौ

नेतृत्वमा महिला माग गर्दै अभियान

गणतन्त्र स्थापनापछि भएको स्थानीय तहको पहिलो चुनावमा महिला उपमै सिमित गरिए । मेयर र अध्यक्षमा चुनिने महिला औंलामै गन्न सकिने छन् । देश फेरि स्थानीय चुनावको संघारमा छ ।यही परिवेशलाई दृष्टिगत गर्दै नारी जागरण अभियान गण्डकीले ‘नेतृत्वमा महिला’ अभियान चलाउने भएको छ । सोमबार भएको छलफलले अभियान चलाउने निर्णय गरेको हो । २० गते बागलुङमा औपचारिक कार्यक्रम गरी अभियान सुरु हुने संयोजक अञ्जु केसीले जानकारी दिइन् । छलफलका सहभागीले यो… पुरा पढौ

बलात्कार आरोपमा ‘धामी’ पक्राउ

दाङमा बलात्कार अभियोगमा ‘धामी’ पक्राउ परेका छन्। महिला र बालिका बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका १९ का ३५ वर्षीय गोपाल बिकलाई पक्राउ गरिएको हो। बिकले आफू शिवको भक्त हुँ भनी झुक्काएर माघ २९ गते तुलसीपुर १८ खैरेनीमा एक महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उनले ती महिला र सँगै आएकी १४ वर्षीया महिलाकी भान्जीलाई पनि जबरजस्ती करणी गरेको भनी फागुन ५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको थियो।… पुरा पढौ

कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरूले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत सार्वजनिक गरेको यस नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ । उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७… पुरा पढौ

महिला हिंसा : भ्रुणदेखि घाटसम्म

काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा बाल चित्रकार काठमाडौँकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन टक्क अड्याउने खालको छ । चित्रको मुनि लेखिएको छ, ‘अनुचित भ्रूण परीक्षणपश्चात् अनावश्यक चिज (पीप जस्तै मानेर) खिलसहित निकाल्ने पापको पराकाष्ठा ।’ क्यानभासमा गर्भभित्रै कैँची चलाइएको मार्मिक दृष्यले एक पटक मानसपटल गुजुल्टिन्छ । त्यहाँबाट बगिरहेको रगतका धाराले समाजलाई गिज््याइरहेको भान हुन्छ । कानुनमा जतिसुकै समानताको कुरा लेखिए… पुरा पढौ

माघदेखि भूमिहीन, सुकुम्बासीलाई जग्गा बाड्ने तयारी

राष्ट्रिय भूमि आयोगले आगामी माघदेखि जग्गा वितरण प्रक्रिया सुरुआत गर्ने भएको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा वितरण प्रक्रिया सुरु गर्ने जनाएको हो । आयोगका आध्यक्ष केशव निरौलाका अनुसार दलित भूमिहीनलाई प्राथमिकतामा राखेर जग्गा वितरण गरिनेछ । विघटित आयोगले ४० जिल्लामा गरेको लगत संकलनका क्रममा परेको निवेदन र अन्य जिल्लामा गरी नेपालमा हाल १५ देखि १७ लाख भूमिहीन सुकुम्बासी रहेको अनुमान गरिएको उनले बताए… पुरा पढौ

किन मौलाउँदै छ हनी ट्रयापिङ ?

२१अैाँ शताव्दिको यो युगमा अपराधका नयाँ नयाँ शैली जन्मिरहेका छन। अपराधका ठ्याक्कै यति शैली वा किसिम छन भनेर निर्क्यौल गर्न सक्ने अवस्था छैन। यस्तै अपराधको नयाँ शैली मध्येको एउटा शैली हो "हनि ट्रयापिङ" । सुन्दर युवतिले माया प्रेमको नाटक गरि आफ्नो शारीरिक सौर्न्दर्यको बलमा यौनजन्य कार्यको लालच देखाई एकान्तमा बोलाएर पुरुषलाई लुटपाट गर्ने अपराधको नयाँ शैलीलाई हनि ट्रयापिङ भनिन्छ। यसमा युवतिले युवकलाई मायाको भाव देखाउदै पुरुषलाई आफ्नै नजिकको भएको अनुभव… पुरा पढौ

कृषि बाली र पशु बीमामा अब ८० % अनुदान

सरकारले कृषि बाली र पशु बीमामा दिँदै आएको प्रिमियम अनुदान वृद्धि गरेको छ । अहिलेसम्म यस्तो बीमा गर्न ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले दायरा विस्तार गरी ८० प्रतिशत पुर्याएको हो । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आज संसदमा अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका हुन् । कृषि तथा पशुजन्य व्यवसायमा जोखिम न्यूनीकरण गरी सो क्षेत्रमा किसानहरूलाई आकर्षित गर्न कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरिएको हो । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं