बलात्कार आरोपमा ‘धामी’ पक्राउ

दाङमा बलात्कार अभियोगमा ‘धामी’ पक्राउ परेका छन्। महिला र बालिका बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका १९ का ३५ वर्षीय गोपाल बिकलाई पक्राउ गरिएको हो।

बिकले आफू शिवको भक्त हुँ भनी झुक्काएर माघ २९ गते तुलसीपुर १८ खैरेनीमा एक महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उनले ती महिला र सँगै आएकी १४ वर्षीया महिलाकी भान्जीलाई पनि जबरजस्ती करणी गरेको भनी फागुन ५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको थियो। पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको छ ।