नेवा खल कास्की अध्यक्षमा पुन: अशोक पालिखे

नेवा खल कास्कीको अध्यक्षमा पुन: अशोक पालिखे चयन भएका छन् । शनिबार भएको १२ औं अधिवेशनमा पालिखेको मात्र उम्मेदवारी परेपछि उनि सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

अधिवेशनबाट सदस्यमा विक्रम उदास, शम्भुलाल श्रेष्ठ, सुरेन्द्र प्रसाद श्रेष्ठ, भैरवलाल श्रेष्ठ, चन्द्रबहादुर राज भण्डारी, कल्पना श्रेष्ठ,शान्त कुमार श्रेष्ठ, सबिन्द्र श्रेष्ठ, ऋषभ तिमिला र प्रकाशलाल श्रेष्ठ चयन भएका छन् ।

निर्वाचन समितिको सदस्यमा निरञ्जन श्रेष्ठ, सुरस कुमार मानन्धर र संगीता बज्राचार्य रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष पालिखेले निर्वाचित सदस्य मध्येबाट उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ र सुविन्द्र श्रेष्ठ, महासचिवमा भैरबलाल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर राज भण्डारी र सचिवमा शम्भुलाल श्रेष्ठलाई मनोनित गरेका छन् ।