पोषण थापाको नेपाली लोकगीत ‘महल चाहिँदैन’ सार्वजनिक

नेपाली मौलिक लोकसंगीतको क्षेत्रमा नयाँ सांगीतिक प्रस्तुति स्वरूप ‘महल चाहिँदैन’ बोलको नयाँ नेपाली लोकगीत सार्वजनिक भएको छ। पोषण थापाको शब्दमा रहेको यस गीतमा लोकप्रिय गायक अर्जुन सापकोटा र गायिका अञ्जिता विश्वकर्माको स्वर रहेको छ।

प्रेम, आत्मीयता र जीवनका वास्तविक खुसीलाई मुख्य भाव बनाइएको यस गीतमा पोषण थापाको शब्द, गणेश अधिकारीको संगीत तथा पूर्ण संयोगको एरेन्ज रहेको छ। गीतको रेकर्डिङ सागर बजुरालीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ खडक बजुरालीले गरेका छन्। गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोमा प्रभात पाल ठकुरी, स्मारिका ढकाल र पोषण थापाको अभिनय देख्न सकिन्छ। भिडियोको कथा तथा निर्देशन निशान बानियाँले गरेका छन्। महेश महराले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर अमृत चापागाईंले गरेका हुन्। भिडियो निर्माण व्यवस्थापन भारत गोरखालीले गरेका छन् भने पानस फिल्म्सले पोस्ट प्रोडक्सनको जिम्मेवारी सम्हालेको छ।

‘महल चाहिँदैन’ शीर्षकले नै प्रेमका लागि भौतिक सुखसुविधा र महलभन्दा आत्मीयता, विश्वास र साँचो माया महत्वपूर्ण हुने सन्देश बोकेको छ।

गीत निर्माणमा साथ, सहयोग र आशीर्वाद प्रदान गर्ने सम्पूर्ण परिवारजन तथा शुभेच्छुकप्रति पोषण थापाले आभार व्यक्त गरेका छन्।

नेपाली लोकसंगीतप्रेमी दर्शक तथा श्रोतामाझ यस गीतले राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।