ताजा समाचार

विश्व

नेल्सन मण्डेलाकी छोरी राजदूतमा नियुक्त

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन्। गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग भेटघाट गर्दै आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताएकी छिन् । अब उनले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गरि दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने स्पष्ट पारेकी छिन्। पुरा पढौ

जापानको आँधीमा मृत्यु हुनेको संख्या ७७ पुग्यो

जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ।  केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ। यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ। अधिकारीहरूका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरहरूमा बाढीको असर बाँकी नै रहेको छ। आँधीले एक हजार ७०० घर पूर्ण… पुरा पढौ

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले राजधानी नेपितमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव  डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र  राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासलगायत रहेका थिए ।   राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्माको राजकीय भ्रमणमा रहेकी छिन्  । पुरा पढौ

बस लोडरसँग ठोक्किदा ३५ जना तीर्थयात्रुको मृत्यु

बुधबार साँझ एउटा यात्रुबाहक बस लोडरसँग ठोक्किदा बसमा रहेका ३५ जना तीर्थयात्रुको मृत्यु भएको छ । यो दुर्घटना साउदी अरेबियाको हो । साउदी सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सो दुर्घटना मदिना सहरबाट १७० किमी टाढा हिर्जा सडकमा भएको थियो ।  दुर्घटना साँझ ७ बजेतिर भएको हो । ३९ यात्रु बोकेको बस लोडरसँग ठोक्किएको थियो । घाइतेहरुलाई स्थानीय अल हम्ना अस्पतालमा लगिएको छ । सो बसमा एशियन र अरब देशका… पुरा पढौ

चीनको अनौठो हेलिकप्टर प्रदर्शनमा !

चीनले एउटा अनौठो खालको हेलिकप्टर प्रदर्शनमा राखेको छ । चिनियाँ सञ्चार माध्यममा ‘सुपर ग्रेट ह्वाइट सार्क’ नाम दिएको सो हेलिकप्टर विश्वमा बनिरहेका हेलिकप्टरभन्दा फरक छ । चिनियाँ अधिकारीहरुले यो हेलिकप्टर अहिले चलाउनका लागि भन्दा पनि भविश्यमा ‘डिजिटल इन्फर्मेसन ब्याटलफिल्ड’का लागि तयार पारिएको जनाएका छन् ।   यो हेलिकप्टर अत्यधुनिक हेलिकप्टरको फ्युजनको रुपमा बनाइएको हो । जस्तो अमेरिकाको एएच-६४ अपाची र सीएच-५३ सी स्टालियन तथा रुसको केए-५२ र एमआइ-२६को समेत फ्युजनको… पुरा पढौ

‘नो ब्रा’ अभियान चलाएकी कोरियाली पप गायिका मृत फेला

‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् । उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । यद्यपि घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन । २५ वर्षीया सुलीको वास्तविक नाम… पुरा पढौ

जापानमा आँधीबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ। जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ।  खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको अधिकारीहरूले जनाएका छन्।  उनीहरूले विनासकारी आँधीपछि अझै १५ जना अहिलेसम्म पनि बेपत्ता रहेको जानकारी दिएका छन्। आँधी प्रभावित व्यक्तिको खोजी… पुरा पढौ

फोन खुल्यो, इन्टरनेट अझै खुलेन

भारतको काश्मीरमा ७२ दिनपछि आजबाट पोस्टपेड फोन खुलेको छ ।  संविधानको धारा ३७० खारेज गरिएपछि त्यहाँ फोन बन्द रहँदै आएको थियो ।  गएको अगस्ट ५ का दिन धारा ३७० खारेज गरिएको हो । इन्टरनेट सेवा भने अझै बन्द रहेको जनाइएको छ । पुरा पढौ

भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुली

भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएका छन् । भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ अर्थात् सोमबार अन्तिम दिन थियो । बोर्डको बैठक एवं चुनाव आगामी अक्टोबर २३ मा हुनेछ, तर अध्यक्ष पदमा गांगुलीको मात्र उम्मेदवारी परेका कारण उनी स्वतः अध्यक्षमा चयन हुनेछन् ।… पुरा पढौ

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ।  स्थानीय समाचार  संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो। २२ वर्षीया सिर्जना विश्वकर्मा (कुनै माध्यममा उनको नाम तारा पनि लेखिएको छ) को माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ।… पुरा पढौ