ताजा समाचार

विश्व

जापानमा राष्ट्रिय ध्वजाबाहक फहराउँदा…

४० हजार फिट भन्दामाथि उचाइको आकासमा चन्द्र र सूर्य ध्वजासहितको विमान एसियाकै विकसित मुलुक जापानको भूमिमा अवतरण गर्दा नेपाली मन उमंगले तरंगित भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको ए–३३०–२०० वाइड बडी जहाज साढे ६ घण्टाको उडानपछि जापानको ओसाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्दा गडगडाहट ताली बज्यो । जम्मा १ सय ४९ यात्रु लिएर जापान ओर्लिएको नेपाली जहाजले विमानस्थलमा छुट्टै आकर्षण पैदा गर्यो । जापानी मात्र नभई अन्य… पुरा पढौ

हवाई हमला, ५० भन्दा बढी बन्दीहरु मारिए

यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएका छन्। साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक हवाई कारबाही गरेको छ । यसक्रममा ५० जना मारिएका र १०० भन्दा बढी घाइते भएका छन् । घटनास्थलमा पुरिएका, मृतक वा घाइतेको खोजी एवं उद्धारको कार्य भइरहेको मन्त्रालयले जनाएको छ । घाइतेहरुको अवस्था अत्यन्त नाजुक रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । यो स्थानमा… पुरा पढौ

भारतसँग वार्ता गर्न पाकिस्तान तयार

पाकिस्तानले काश्मीर मामिलामा भारतसँग वार्ताका लागि केही शर्तहरु अघि सारेको छ ।  पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले बीबीसी उर्दूलाई दिएको अन्तर्वार्ताका क्रममा ती शर्तहरु अघि सारेका हुन् । उनले सबैभन्दा पहिला भारत प्रशासित काश्मीरमा कर्फयु अन्त्य गर्नुपर्ने, उनीहरुको अधिकार बहाल गर्नुपर्ने, हिरासतमा लिइएका काश्मीरी नेतालाई रिहा गर्नुपर्ने र आफूलाई ती नेताहरुसँग भेट गर्न दिनुपर्ने जनाएका छन् । त्यसो भएमा वार्ता हुन सक्ने उनको तर्क रहेको छ ।  पाकिस्तानका विदेशमन्त्रीले भनेका… पुरा पढौ

भाजपाको नयाँ राष्ट्रिय अध्यक्ष डिसेम्बरमा चुनिने

नयाँ दिल्ली-भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को नयाँ अध्यक्षको चयन आगामी डिसेम्बरमा हुने भएको छ ।  पार्टीका कार्यबाहक अध्यक्ष जेपी नाड्डाले निर्वाचनमार्फत् डिसेम्बरमा नयाँ अध्यक्षको चयन हुने बिहीबार जानकारी दिएका हुन् ।   आउँदो अक्टोबर १० देखि ३० तारिखसम्ममा पार्टीको बुथस्तरीय निर्वाचन हुने तय भएको उनले बताए ।  पत्रकार सम्मेलनमा उनले भने, “जिल्ला समितिको निर्वाचन भने नोभेम्बरमा र राज्यस्थरको निर्वाचन त्यसपछि हुने तय भएको छ ।” पार्टीको महाधिवेशन… पुरा पढौ

ट्याक्सीको किस्ता तिर्न युवतीको विभत्स हत्या ! (यस्तो छ घटना विवरण)

एक ट्याक्सी ड्राइभरले पैसाको लागि एक युवतीको हत्या गरेका छन् । किनभने उनलाई ट्याक्सीको किस्ता तिर्नुपर्दथ्यो । घटना बेंगलुरुको हो । तीन हप्ता अघि ३२ वर्षीया मोडल एवं इभेन्ट म्यानेजरले उनको हत्या गरेका थिए । २२ वर्षका ट्याक्सी ड्राइभर नागेशले उनको हत्या गरेका थिए ।   द न्यू इन्डियन एक्सप्रेसमा छापिएको एक खबर अनुसार पूजा कोलकातामा बस्थिन् । उनी मोडलिङका साथै फ्रिलान्सिङ इभेन्टकी म्यानेजर थिइन् । उनी ३० जुलाईमा कुनै… पुरा पढौ

बेलायतको संसद् निलम्वित (यस्ता छन् कारण)

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गरेका छन्  । निलम्वनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव उनले महारानी एलिजावेथसमक्ष पेश गरेको अधिकारीले जनाएका छन् । बेलायतमा प्रधानमन्त्रीको हरेक निर्णयलाई महारानीले अनुमोदन गर्ने भएकाले प्रधानमन्त्रीको घोषणा नै अन्तिम निर्णय मानिन्छ ।   निलम्बनले आगामी अक्टोबर ३१ तारिखबिना कुनै सम्झौता बेलायत इयुबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानून पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ ।… पुरा पढौ

आचार्य बालकृष्णलाई कसले गर्‍यो हत्या प्रयास ?

कृष्ण जन्माष्टमीको दिन एक आगन्तुकले दिएको विषाक्त पेडा खाएपछि बिरामी भएका कारण अस्पताल भर्ना गरिएका आचार्य बालकृष्णको स्वास्थ्यमा सुधार आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई गत शुक्रबार पतञ्जली योग पीठ हरिद्वारामा त्यस खालको पेडा खुवाइएको थाहा भएको छ ।  उनी भारतीय योगगुरू रामदेवसँग मिलेर आयुर्वेद र दैनिक उपभोग्य सामग्रीको उत्पादनलाई भारत र अन्तर्राष्ट्रिय स्तरमा बिस्तार गर्दै आइरहेका थिए । उनलाई फोर्ब्स पत्रिकाले विश्वकै ३६५ औँ धनी व्यक्तिका रुपमा समेत… पुरा पढौ

भारतसंग युद्धको तयारीमा पाकिस्तान !

जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि भारत र पाकिस्तानबीचको सम्बन्धमा तितोपन बढेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विश्वसामु कश्मीर मुद्दाबारे कुटनीतिक मद्धतको अपिल गरिरहेका छन् ।  बाहिरी दुनियाँमा खानले अपिल गरिरहँदा भित्री रुपमा भने पाकिस्तानी सेनाले गोप्य रुपले पीओकेमा आफ्नो गतिविधि बढाइरहेको छ ।  बालाकोट हमलाबाट पाठ सिकेर पाकिस्तानी सेनाले यसपटक सोचेरसम्झेर रणनीति बनाइरहेको छ । यसका लागि घाटीबाट ३७० हटाउनुभन्दा अघिल्लो दिनदेखि पाकिस्तानी सेना एलओसीमा सक्रिय भइरहेको छ ।  पाकिस्तानी… पुरा पढौ

सिरियामा भएका आक्रमणमा १५ जनाको मृत्यु

गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ । राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पो समेतका सिरियाका उत्तर पश्चिम क्षेत्रमा जारी हिंसाका कारण सर्वसाधारणको मृत्यु हुनेक्रम नरोएिको बताए। राष्ट्रसंघीय मानवीय सहायता संयोजन कार्यालयका अनुसार चार जना बालबालिका सहित १५ जनाको मृत्यु भएको जनाएको छ।  डुराजिकले इड्लिबमा मात्र विस्थापित व्यक्तिहरुले १०० भन्दा बढी स्कुलहरुमा शरण लिइरहेको बताए। विस्थापित… पुरा पढौ

आचार्य बालकृष्णलाई कसले खुवायो विष ?

गतसाता अचानक अस्वस्थ भएका भारतस्थित पतञ्जली गोगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ ।  नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवको मुख्य सहयोगी छन् । पथल्जली योगपीठ नेपालमा पनि सक्रिय छ । आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन् ।  कृष्ण जन्माष्टीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा  उनी अचानक विरामी परेका थिए । अहिले उनको स्वास्थ्य अवस्थामा सुधार… पुरा पढौ