रुसले विश्वको पहिलो कोरोना भ्याक्सिनलाई स्वीकृत गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिनलाई स्वीकृत गरेको जानकारी दिएका हुन् । साथै, रुसले यो खोपको १ अर्ब डोजको माग आइसकेको दाबी गरेको छ ।
मस्कोको गामालेया इन्ष्टिच्युटले तयार गरेको कोरोना विरुद्धको भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको हो । यससँगै रुसी भ्याक्सिन मानव प्रयोगका लागि स्वीकृत हुने पहिलो कोरोना भ्याक्सिन बनेको छ ।
अब रुसमा कोरोना विरुद्धको सो भ्याक्सिन प्रयोगमा ल्याइनेछ भने धेरै मात्रामा संक्रमितलाई भ्याक्सीन दिन सुरु गरिनेछ ।
राष्ट्रपति पुटिनकी छोरीलेसमेत कोरोना भाइरसको भ्याक्सिन लगाएको बिबिसिले जनाएको छ ।




