रुपनी गाउँपालिका अध्यक्ष यादव रास्वपा प्रवेश

सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) प्रवेश गरेका छन्।

जनता समाजवादी पार्टी -जसपा)बाट निर्वाचित यादवले अनलाइनबाट रास्वपाको सदस्यता लिएका हुन्। यादव तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा) हालको जसपाबाट चार हजार २६९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका थिए।

यसअघि यादवसहित चार जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।