समाचार कक्षबाटै पत्रकार पक्राउ

प्रहरीले नेपाल प्रेसको कार्यलयभित्रै प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ ।

सादा पोशाकमा आएका प्रहरीले गेटमा रहेका गार्डलाई साथी भेट्न आएको भनी भित्र छिरेर नियन्त्रणमा लिएका हुन् । उनीहरुले पत्रकार सुवेदीलाई समाचारको विषयमा छलफल गर्नुपर्ने भएकाले आफूहरुसँग जान भनेका थिए ।

सुवेदीलाई प्रहरीले कुनै पनि पक्राउ पूर्जी दिएको छैन । उनीहरुले आफूहरु अपराध अनुसन्धानबाट आएको बताएका थिए ।

साइबर ब्यूरोको आग्रहमा अपराध महाशाखाले पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको हो ।