चैत्र २७ गते २०७६

ताजा समाचार

साहित्य

२ मुक्तक

आफ्नो व्यवहारआफैलार्इ जहर भएको छ कोरोनाले घरभित्र पनि कहर भएको छ अरुमाथि हैकम जमाउन खोज्ने मान्छेलार्इ चराझैं उन्मुक्त आकाशमा उड्ने रहर भएको छ । कोही सुनको झोलामा राहत थापेका छन् मानव मूल्य आआफ्नै मिटरले नापेका छन् कोरना त के हो र, भ्रष्टाचारको सक्रमण हेर ! यस्तो बेला पनि पूरै देशलार्इ च्याखे थापेका छन् पुरा पढौ

कविता : भूइँकुहिरो

छैनन् धेरै ठूला सपनाहरू छैनन्थप कुनै रहर र चाहनाहरू छैनन्जे जति प्राप्त छ -आफ्नो सामर्थ्यले आजसम्मत्यो रहिरहोस् अनन्तसम्म आफैँसितबस्, त्यत्ति भए पुग्छ मलाई। देखेकी छु-इन्द्रेनी सपना पछ्याएरआफ्नै रङ् गुमाउनेहरू पनि देखेकी छुमृगतृष्णा सजाएरबनिबनाउ घर भत्काउनेहरू पनि देखेकी छुगगनचुम्बी अहम् महल ठड्याएरमानवता गुमाउनुभन्दाभुइँमान्छे हुनु प्रीतिकर लाग्छ मलाईतिमी भुइँकुहिरो भन्न सक्छ्यौभुइँकुहिरो भने भुइँ कुहिरो नै सहीसोच त कति विशाल हृदयले फैलिएको छभुइँकुहिरो पनि ! मान्छेहरू जतिजति शक्तिशाली हुँदैजान्छन्उतिउति एक्लिँदै जान्छन्जति सम्पन्न हुँदै… पुरा पढौ

विदेश रहेका नेपालीलाई पत्र : संक्रमण हुन नदिन यसो गर्नुस्

बिदेशमा रहनुभएका आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु , अहिले तपाईंहरू यो शताब्दीकै अकल्पनीय मोडमा हुनुहुन्छ | यहाँहरु भित्र अन्तर्निहित राष्ट्रप्रेम, संस्कृतिप्रेम तथा उदार मनको कारण नेपालमा भएका भूकम्प, बाढी तथा अन्य प्राकृतिक बिपत्तिमा पुर्याउनु भएको योगदान अतुलनीय छ | परिस्थितिजन्य कारणले यहाँहरु जुन देशमा रहेपनि मन नेपालमै रहेको हामी सबैले महशुष गरेका छौं | आफु बसेको देश तथा सहरमा भइरहेको हताहत तथा बढ्दो संक्रमितको संख्याले यहाँहरु जुन पीडामा हुनुहुन्छ, त्यो… पुरा पढौ

कविता : अब विभेद कसको ?

हिजो छुत अछुत मानवको हुन्थ्यो रगतको हुन्थ्यो कीराको हुन्नथ्यो गार्इको हुन्नथ्यो गोहीको हुन्नथ्यो हुन्नथ्यो त्यो बुंगुरको हिजो भेद बिभेद मानवकै हुन्थ्यो रंगको हुन्थ्यो हुन्नथ्यो त्यो वेली चमेली फूलको हुन्नथ्यो गोदावरी, पारीजात, सुनाखरीको र चढ्थ्यो हर मन्दीरमा, हर मस्जितमा, हर गुम्बामा र हर चर्चमा फूलका लीलीवीली रंग बगेका हर नदी र मुलका पानी तर मान्छे कसरी अछुत भयो ? मान्छे किन विभेद भयो ? र पनि इतिहास चोखीएन हर परकारका छुत… पुरा पढौ

कविता : लकडाउनकी सानीनानी

काममा जाँदैनन् बाबाकमाउन जाँदिनन् अामात्यसैले तनगदमा अाउने दूधमेरालागि घरमाकसैले पनि ल्याइदिदैनन् भन्दिनुस् न !राहत बाड्ने अङ्कल अान्टीलाईमलाई नयाँ खेलाैना चाहिँदैनभर्खर टुकुटुकुहिड्न लागेका मेरा गाेडालाईचप्पलकाे रङ्गीचङ्गी पुतली चाहिँदैनचुइचुइ गर्ने राताे जुत्ता पनि चाहिँदैन यही पुरानो फ्रक छ काफीलगाउनलाईमेरालागि कुनै सपिङ मल खुलिरहनपर्दैनपैसाको डाेरीमा उडी हिड्नेयाे सहरकाे दूधको चङ्गामेरो कलिलो मुखमा खसिदिएचाैरासी व्यञ्जन चाहिँदैन घरिघरि सुकिरहने मेराे घाटीलेअामाकाे छाती रसाउँदैनउनको त अचेलअाँखा मात्र रसाउँछजुन चुसेर म अघाउन सक्दिनँ म तस्तन मनग्ये नरसाउने… पुरा पढौ

कविता : कोरोना

फैलाएर बिश्वभरी मृत्यु आतंक भयभित तुल्याई सिङ्गो मानव समाज नचाउँदै बिषालु नङ्राहरू किन खेल्दैछस् तँ सृष्टिको सुन्दर सृजनासित यो अपृय खेल रु एउटै घरभित्र आज बिराना भएका छन् परिवार ! पति पत्नीबिचमै दुरी कायम गरि अभिभावक र सन्तानहरूमै निश्चित नाका कोरी मायाको गर्दन रेट्दैछस् ममताको रगत चुस्दैछस् ! हल्लाएर टङ्रङ टङ्रङ मनको घण्टी त्रशित भई आपसमा बिरालो जीवन बाँचिरहेछन् यतिखेर बाँच्नेहरू र,मर्नेहरूको पनि मलामी खोस्दैछस् ! बिजुलीको करेन्टजस्तै झट्का अवतरण… पुरा पढौ

कविता : पुँजीवाद

उदार प्रजातन्त्रकोअनुदार लगौंटीमालिखा परेर त्यसका प्रतापकोभिरङ्गीजस्तै चिलाइरहेछइम्पोर्टेड मानवअधिकारबाघले लखेटेकोअसहाय मृगझैँमसानघाटमा चित् छ खुलाबजारकहाँ सुतिरहेछ एटोमिक इनर्जीकुन छौंडा खेलाइरहेछ न्युक्लियर बमकुन चर्चमा च्यान्टिङ गर्दैछहजारौँ माइल मार हान्ने मिसाइल्सभोका बस्तीहरुमा पड्किने मिसिनगनकिन यति सारोगाउँबाट लखेटिएकोभातमारा जोगीझैँभयभीत छ त्यसको पनडुब्बीकिनगँजडीको अखाडाझैँ भयोलुकेर मार हान्ने त्यसको ट्रेन्चकिन टुहुरो भइरहेछतेस्रो विश्वतिर फर्किएको रकेट लन्चरसारा आवश्यकतापुरा गर्छु भन्थ्यो त एउटै छानाबाटकिनवेश्यालयमा लुटिएको लम्पटझैँ मौन छत्यसको विशाल मल र सुपरमार्केटउफ् ! ग्रोसरीको प्लास्टिक झोलालेटाउको छोपिरहेछ डाक्टरअनिकालको अन्नझैँकिन… पुरा पढौ

कथा : म चिठी होइन, बम बोकेर पोखरा झर्ने छु

फेसबुक चलाउँदै थिएँ । कोरनाको महामारीले बाहिर निस्कने कुरै भएन । सरकारले पनि पुरै नेपाल लकडाउन गरेको छ ।अपरिचित व्यक्तिबाट अचानक म्यासेन्जरमा सन्देश आयो । सुरुमा अचम्मित भएँ । सबै पढी भ्याउँदा भावुक बनायो । श्यामप्रसाद दाइ घर पुगिसकेछ्न् । श्याम दाइको चिठी जस्ताको त्यस्तै । सुरज सर,नमस्ते ! हिजो बेलुका मात्रै घरमा आई पुगेँ । हजुर आराम हुनुहुन्छ होला । म पनि आराम छु । हिजो धेरै नै थकाइ… पुरा पढौ

कविता : उज्यालो !

अलीकति बेलुकी डुब्दा कोठामा बत्ति देखिन्छ आकाश खुला छ, चराहरु गाइरहेका छन् अचेल कामकाजी मान्छेलाइ फुर्सद छ बाहिर निस्कन बन्देज छ पनि बरण्डामा बिहान बेलुका मान्छेहरु अलीकति घाम, अलिकति हावा पान गरीरहेछन् सुगाहरु पनि अचेल मान्छेहरुलाइ भित्रै देखेर होला खाना माग्ण किन आएका छैनन्रु १ हिजो अस्ती पानी आएको दिन, हुरीबतास र चर्को घाम तातेको दिन मच्ची मच्ची सुगाहरुले बरण्डाबाट कराउथे र मागेर खाएर जान्थे त्यो परको कुनामा परेवाहरु पनि… पुरा पढौ

कविता : अब युग कसको ?

हामी पर्कृति हौं याने कि पर्कृतिको पर्स्वासमा बॉच्ने मान्छे यहॅसम्म चरा,गोही, सर्प ,जनावर,कितपंतग सारा जगत पर्कृतिको इकोसिस्टममा बाच्छ अनुकुलतामा जीउॅछ पर्तिकुलताको अर्थ ? हामी महंवाकांछी भयौं हाम्रो चेतन मस्तिश्क नै सैतान भयो र विनास गर्यौं आफ्नै आफ्नो अनुकुलताको आफ्नै पर्यावर्णको निलो सागरको निलो आकाशको र हरीया जंगलहरुको अचेल चिहानघारीलाइ पनि पर्तिकुलता बॉच्न हम्मे हम्मे पर्छ चिहानघारीका हरिया बासघारीहरुअचेल ताजा सुसेली हाल्दैन् अचेल पानीका मुलहरु चिहानघारीका बासघारीबाट कलकल गरी बग्दैनन् चीहानघारीका… पुरा पढौ