साहित्य

तीजे गीत

१) नेपालका नेताले गर्नु गरे चईन !दु:ख पाउने नेपालीको सुन बईन!सौन्दर्यको खानी देश प्रकृतिको उपहारबादर हातको नरिवल भयो बरिलै ! २) जहिलेसुकै आकाशमा कालो बादल घेरिनेकहिले होला नेपालीको मुहार फेरिने ??दिनभरी काम गर्‍यो असिना र पसिनाशोषण र अभावले कम्ता डसिन, !! ३) छोरा छोरी पढाउनलाई ज्वालामूखी खपेझैरोग लागे आगोमाथी घिऊ थपेझै !!बेरोजगारी बढेको छ साउनको भेलझैसरकारको नीति सधै काचो बेलझै !! ४) दाल चामल तेल पनि उतैबाट आउने होकृषिप्रधान देश… पुरा पढौ

समुन्द्र परीको तीज

म त्यही हुँ, तिमी त्यही हौ, यो तीज पनि त्यही होतर तिमी भए जस्तो छैन आमा !भालेको डाकोसँगै तिम्रो चटारो सुरु हुन्थ्योचटारो मेरो पनि कम त छैनतर खै सै तिम्रो भदैरे झरीलोई नभिजाएको तिम्रो शरीरयता, मलाई साबरको पानीले बिरामी बनाउँछ ।आमा तिमीलाई त्यता गोडमेलको हतारो हुनुभन्दामलाई पहिले यता तीजले जुरुक जुरुक बनाउँछतिमीले त्यो गैरी खेतको आलीमा बसेर पोखेको वेदना कस्ले सुन्न पाउँछ ?यो काँक्रो, दाइ आउँदा, यो भाइ, यो दिदी… पुरा पढौ

उरमाललाई मदन पुरस्कार, प्रेमदेवलाई जगदम्बा–श्री

मदन पुरस्कार गुठीको साधारण सभाले २०८१ का लागि मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कारको निर्णय गरेको छ । सभाले लोक–संस्कृति क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि सक्रिय रही लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पु¥याएका प्रेमदेव गिरीलाई जगदम्बा–श्री दिने निर्णय गरेको छ । २०८१ सालमा प्रकाशित पुस्तकहरूमध्ये श्री छुदेन काविमोको उरमाल लाई मदन पुरस्कार दिने निर्णय भएको छ । सो अवसरका लागि २९९ पुस्तकहरू गुठीमा प्राप्त भएकोमा सात पुस्तक संक्षिप्त सूचीमा परेका… पुरा पढौ

अनुभूतिः स्वास्थ्य लाभको कामना

‘ठूली माई सिकिस्त बिरामी छन्, आमालाई बोलाइदिने भनेकी छन्,’ आश्रमका एक विद्यार्थीले भने । त्यति भन्ने बित्तिकै ‘यत्ति खबर भन्न आएको हुँ म जान्छु है’ भनेर उनी पोखरातिर लागे । करिब ९२ वर्षकी हुनुभयो उहाँ । हरिहर सन्यास आश्रममा बस्नुहुन्छ । उहाँलाई रेखदेख गर्ने त्यहीँका भक्तजन छन् । अम्बिकाले अलि बढी हेरचाह गर्छिन् । नत्र आफ्नो व्यथा आफैँले सहने, आफ्नो पीडा आफैँले भोग्ने त हो । जो कोहीलाई जीवन असजिलो… पुरा पढौ

भाषा मान्यता दिवस : केही खड्किएका कुरा

भाषा मान्यता दिवस आउँदै छ। २० अगस्ट। नेपाली-मणिपुरी र कोङ्कणीको। अरूहरू भाषा-मान्यता दिवसमा कति रमाउँछन् त्यति थाहा छैन, तर हामी भने बेस्सरी रमाउँछौँ। मानौँ नपाउनेले पाएको हो। भारतको संविधानको आठौँ अनुसूचीमा मान्यताप्राप्त धेरैवटा भाषा असममा प्रचलनमा छन्। जस्तै : असमिया, बाङ्ला, बोडो, मणिपुरी, उडिया, हिन्दी, सन्थाली, पञ्जाबी, संस्कृत र उर्दू। जम्मा २२ वटा मान्यताप्राप्त भाषाहरूमद्धे १० वटा भाषा बोल्ने या प्रयोग गर्ने ठुल्ठुलै समुदायहरू असममा पाइन्छन्। असमिया, बोडो, बङ्गाली, मणिपुरी,… पुरा पढौ

यसपालिको तीजलाई हरिदेवीका ४ गीत

हरितालिका तीज नेपाली महिलाको मौलिक, धार्मिक र हार्दिक पर्व हो । अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने यो पर्वमा संगिनी गीत र तीजगीत गाइन्छन् । पुराना गाथा, आफ्नै दुःखका कथा र जीवनको संघर्ष बोल्ने यी गीतमा नातिनीदेखि हजुरआमा पुस्तासम्म सँगै गाउने, नाच्ने गर्छन् । अचेल घरमा बा, दाजुभाइले पकाएर ख्वाउने दर होटलको भोजमा रुपान्तर हुँदा तीजगीत पनि हलुका लोकगीत र रत्यौलीगीत जस्ता बन्न थालेका छन् । यो वर्षको… पुरा पढौ

कथा: साहित्य औषधि

घरको अवस्था अनुकूल थिएन । आर्थिक रूपमा पनि । मेरो व्यक्तिगत अवस्था स्वरूपमा पनि । श्रीमती सुशीला कान्छो छोरा लिएर स्याङ्जा थिइन् । घरमा जेठो छोरो अमृत थियो । मलाई कानूनमा स्नातक पास गर्छु जस्तो लाग्थेन । त्यसताका भेडा च्याङ्ग्रा व्यापार गर्दथेँ । असोजदेखि चैत्रसम्म मैले नौ लट भेडा च्याङ्ग्रा जोमसोमबाट पोखरा लिएर आएँ । साँवा, नाफा सबै पाटनरले खाइदिए । बी.एल. तेस्रो वर्षको फर्म खुल्यो । परीक्षा दिने निधो… पुरा पढौ

सिर्जनामा वर्गीय चेतनामा जोड

अखिल नेपाल लेखक संघ गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा काव्य गोष्ठी भएको छ । गोष्ठीमा लेखक संघ केन्द्रीय उपाध्यक्ष नारायण मरासिनी, लेखक संघ केन्द्रीय सदस्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य त्रैलोक्यमान बनेपाली (अगिब), नेकपा माओवादी गण्डकी प्रदेश कोषाध्यक्ष ताराप्रसाद भुसाल, जनसांस्कृतिक महासंघ गण्डकी इन्चार्ज मणिचन्द्र कँडेल ‘गोविन्द’ लगायतले प्रगतिवादी लेखन क्षेत्रको कालक्रमिक विकास र देखापरेका समस्या एवम् चुनौतीबारे बोलेका थिए । उनीहरुले प्रगतिवादी लेखकका सिर्जनामा वर्ग सचेतताका… पुरा पढौ

गीतः असार

कालो आकाश मिल्किएकोप्रकाश ज्वाला झिल्किएकोआँखा तिर्मिराउनेगड्याङगुडुङ आवाजचर्को ध्वनि कानै खानेमुटु हल्लाउनेतालु सुकाउनेहवाको बेग रुख उडाउनेमुसलधारे पानी आरी घोप्ट्याए जस्तोसुय्या सुय्या चिसो बतासअसारको महिना मन त्यसै हतासबाछिट्टा जस्तो जिन्दगीआम मान्छेबेचिएको बन्दकीगतिलो बीउ छैनबलियो जीउ छैनसघाउने कोइछैनसरकारको ह्याउ छैनयुवाहरू बाहिरबृद्धहरु भित्रबालबच्चा कसले हेर्नेयो देशको वृत्तचित्रयो असार साह्रो कसार । पुरा पढौ

अल्फा बाल क्लबमा बाल कवितासंग्रह ‘साइकल’को चर्चा

अल्फा एकेडेमी, कालिकाचोकमा रहेको अल्फा बाल क्लबले पुस्तक परिचर्चा कार्यक्रम आयोजना गरेको छ । क्लबले विद्यार्थीहरूमा पठन संस्कृति विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरेको हो । क्लबको पहिलो पुस्तक परिचर्चा कार्यक्रमका रूपमा साहित्यकार सुरज उपाध्यायद्वारा लिखित ‘साइकल’ कविता संग्रहमाथि परिचर्चा गरियो । कार्यक्रममा कक्षा दशका छात्र विश्वास ढकाल, कक्षा दशकै छात्रा दिया बास्तोला र कक्षा आठका छात्र समीर सुनारले उक्त कविता संगञ्हमाथि आफ्ना पाठकीय प्रतिक्रिया प्रस्तुत गरे । उनीहरूले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं