साहित्य

बाबा कतारमा आमा हातरमा: सिर्जनशीलता सशक्त माध्यम

प्रिय सुरज उपाध्यायज्यू, नमस्ते! तपाईंले मलाई उपहार स्वरूप दिनुभएको "बाबा कतारमा आमा हातरमा" कविता संग्रह पढेर म धेरै खुसी भएँ। यो पुस्तक केवल कविताहरूको संग्रह मात्र होइन, बालबालिकाहरूको मनमा सिर्जनशीलताको बिउ रोप्ने एक सशक्त माध्यम हो। तपाईंका २८ वटा छोटा तर गहन कविताहरूले आजको यस संसारको यथार्थ, मानवीय संवेदना, प्रकृति प्रेम, समाजका जटिलताहरू, र बालमनको कोमलतालाई असाध्यै सजिलो र मनोरम ढंगले प्रस्तुत गरेका छन् । पहिलो कविता "आऊ चरी आऊ"… पुरा पढौ

वसन्तः मुल मुद्दाबाट बरालिएको फिल्म

पछिल्ला दिनको वर्षापछि यसपालि बल्ल देशभर वसन्त ऋतुको आभास भएको छ । आकासको तुँवालो फारिएको छ, रुखहरु हरिया बन्दै छन्, पालुवा अङ्कुराउँदै छन् । यही वसन्ती यामकै नामको नेपाल चलचित्र पनि अहिले दर्शकसम्म पुग्ने संयोग जुरेको छ । चलचित्रमा सपूतसँगै स्वस्तिमा खड्का, प्रभातपाल ठकुरी, खड्कबहादुर पुन (खबपु), प्रकाश घिमिरे, विशाल पहारी लगायतको अभिनय छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति वसन्तले समानान्तर रुपमा दुई जोडीको अन्तर्जातीय प्रेम प्रस्तुत गरेको छ । बागलुङ… पुरा पढौ

कथाः पसिनाको सम्मान

किन कामको श्रेणी छुट्याइन्छ ? आखिरमा काम त काम हो, जुन काम बदनियतसँग जोडिन्न, जुन काम गर्दा कुनै वर्ग वा समुदायलाई हानि पुग्दैन, जुन कामले जीवनयापनलाई महत्व दिन्छ, अनि जुन कामले आर्थिक उन्नतिमा टेवा पु¥याउँछ, त्यो कामलाई किन निन्दा गरिन्छ ? कि सो कामलाई सम्मानका दृष्टिले हेरिन्न ? किन हरेक कामलाई पैसाको मापदण्डले कसी लगाइन्छ ? र येनकेन जति सक्यो उति बढी पैसा कमाउने व्यक्तिलाई मात्र मनग्य सम्मान गरिन्छ ?… पुरा पढौ

मुक्तकप्रेमीलाई सरुको उपहार ‘भिरको फूल’

मुक्तककार सरु लामिछानेको पहिलो मुक्तक संग्रह भिरको फूल शनिबार विमोचन गरिएको छ । मुक्तक मञ्च केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्त, लोकगायिका हरिदेवी कोइराला, कवि रमेश श्रेष्ठ र कृतिकार लामिछानेले सो कृति सार्वजनिक गरेका हुन् । मुक्तक मञ्चले प्रकाशन गरेको कृतिमा १ सय ४१ मुक्तक संगृहित छन् । कार्यक्रममा साहित्यकार सरुभक्तले नेपालमा मुक्तक र पोखरा एकअर्कामा पर्यायवाची भएको बताए । उनले पछिल्लो समय मुक्तककारहरुले देश, समाज र जीवनका अनेक… पुरा पढौ

कविताः तिम्रो महँगो इमान, मेरो अमूल्य स्वाभीमान

तिम्रो महँगो इमानमेरो अमूल्य स्वाभिमानतिम्रा आडम्बर वरिष्ठ पहिचानमेरो मात्र यथार्थ प्रति अडान तिम्रो भेदी सत्य खोल्ने आफ्नै सजात छन्म भित्रको चिन्तन अविघात छन्तिम्रा साथ भगत जमात छन्मेरा साथ सुरुवात तदर्थ प्रभात छन् म अकिञ्चन हुँ मलाईलुटिन डर छैनआफै लुट्छौ फेरी तिमीलाई आफूजस्ता कै भर छैन बेचि बहुमूल्यमा इमानपाएका रहेछौ मूल्यवान अभिमानतदर्थ तिम्रो महँगो इमानमेरो अमूल्य स्वाभिमान सागरमा पुग्ने चाह तिम्रोनदी सरि बग्ने राह मेरोनगरेर कसैको पर्वाह तिमीफैलाउछौ प्रतीयमान अफवाह एक… पुरा पढौ

अस्तायो नेपाली साहित्यको जाज्वल्यमान नक्षत्र

सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीको पुलिस रिजर्भमा प्रेमबहादुर छेत्री र पवित्रा देवीका सन्तानका रूपमा जन्मिएका लीलबहादुर क्षत्रीको ९३ वर्षको उमेरमा आज १३ मार्च २०२५ का दिन रात्री १०.१० बजे गुवाहाटी मरिखालीस्थित निजको बासस्थानमा निधन भएको समाचारले समग्र नेपाली साहित्य समाज र गोर्खा जातिमा शोकको परिवेश छ। मृत्युको समयमा उहाँले दुई परिवार, दुई छोरा, दुई बुहारी र चारजना नाति-नातिना छोडेर जानुभएको छ।असममा जन्मिएका, सिलाङमा बाल्यकाल बिताएका लीलबहादुर क्षत्रीको… पुरा पढौ

समाज बुझ्न विद्यार्थीमा पठन संस्कृति चाहिन्छ

नियमित पाठ्यक्रमबाहेक विद्यार्थीहरूमा अन्य पुस्तक पढ्ने अभ्यान निकै कम देखिन्छ । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन विद्यार्थीमा पठन संस्कृतिको विकास आवश्यक रहेको पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलका वक्ताले जोड दिएका छन् । फेस्टिभलको ‘विद्यालयमा पठन संस्कृति’ शुक्रबार सत्रमा बाल साहित्यकार सुरज उपाध्यायसँगको कुराकानीमा प्याब्सन कास्कीका सचिव सुरेन्द्रमान सिंह भण्डारीले पाठ्यपुस्तकको निर्दिष्ट गन्तव्य हुने भएकाले समाज बुझ्न अन्य पुस्तक पढाउन आवश्यक रहेको बताए । ‘हामी हुर्किरहेका… पुरा पढौ

भीमको ‘सम्झनाको सेरोफेरो’को शल्यक्रिया

प्रगतिशील साहित्यकार भीम रानाभाटको ‘सम्झनाको सेरोफेरो’ संस्मरणात्मक कृतिमाथि बुधबार परिचर्चा गरिएको छ । गण्डकी साहित्य संगमले प्रकाशन गरेको कृति केही महिनाअघि सार्वजनिक भएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा कृष्णराज अधिकारीले रानाभाटको सरल व्यक्तित्व जस्तै संस्मरणमा समाजको यथार्थलाई इमानदारीपूर्वक लेखन गरेको बताए । साहित्यकार रुपिन्द्रप्रभावी कटु र लोकबहादुर थापामगरले सम्झनाको सेरोफेरोमाथि टिप्पणी गरे । उनीहरुले १९ वटा जीवन, जगतसँग सम्बन्धित संस्मरणले कृतिलाई गहन बनाएको धारणा राखे । रामराज… पुरा पढौ

पोखरा थियटरमा मन रुवाउने ‘मुनामदन’

पोखरामा नाटक ‘मुनामदन’ मञ्चन भइरहेको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक फागुन ९ गते शुक्रबारबाट पोखरा गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको हो । फागुन २४ गतेसम्म मञ्चन हुने नाटकमा मुना र मदनको अमर प्रेमलाई दर्शाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको मुनामदन खण्डकाव्यमा आधारित यो नाटकको परिकल्पना र निर्देशन परिवर्तनले गरेका छन् । नाटकमा परिवर्तन, कृष्टि गुरुङ, प्रमिला तुलाचन, रमेश तिमल्सिना, धनकाजी श्रेष्ठ, रञ्जु दाहाल, प्रकाश… पुरा पढौ

कविताः प्रकृति लम्साल

तिम्रो जिन्दगी जल्यो!तिम्रो मात्र होइननेपाल र नेपालीत्वमाथिअपमानको पहिरो चल्योउडिसा जल्यो!प्रेम!ज्यान लिने प्रेम!आफ्नै यौवनलाईनिर्वाङ्ग बनाउँने प्रेम!तिमीले बल्लयथार्थ बुझ्यौगिद्ध रहेछतिमीले अँगालेको मान्छे!प्रेमकै आँखाठुँग्यो उसले!प्रेम यस्तै हो भनेप्रेमका सम्पूर्णउत्सवहरू बेकार लाग्छन्प्रेमको ताजमहलमारगतका छिर्का परेउसको चितुवाप्रवृत्ति देखेरकलेजसँगगुहार माग्यौसुनेनन् उनीहरूलेनेपाली विद्यार्थीहरूमुला थिचेझैं थिचिएआगालाई निभाउँनुसट्टाउल्टै,मृत्युको आगातिरधकेले तिमीलाईसानो देश,साना मान्छेकोपीडा कसलेसुनिदिन्छ र !अविवेकी शासक,अविवेकी संरक्षक,भएको देशमाकोपिलाहरूफक्रन नपाउँदैमत्त आगाकोसिकार हुन्छन् * फागुन 11,2081 पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं