
भएँ बृद्ध ऐले गयाे नौजवानी
अवस्था गयाे व्यर्थ भाे जीन्दगानी,
थिए अङ्ग प्रत्यङ्ग सारा सहारा,
गएआज टाढा भएँ बेसहारा ।१ ।
गए कान आँखा झरे केश दाँत
गले हात,गाेडा बढ्याे धेर शास,
मिठाे हुन्न खाना ,चवाइन्न दाना,
पचाइन्न पक्वान्न मिष्टान्न खाना।२ ।
न शिक्षा कमाएँ न ता थन कमाएँ,
न ता गीत सङ्गीतमा नै रमाएँ,
न ता ज्ञान विज्ञननमा नाम् कमाएँ,
नखेती गरि धानकाे रास लाएँ ।३ ।
न निष्ठा र आचाचारले मन्त्र तन्त्र,
पढी सिद्धिपाएँ न पाएँ सु यन्त्र ,
न तेञ्जीङ झैँ वीरता नै कमाएँ,
न ता बुद्ध झैँ विश्मा शान्ति ल्याएँ।४ ।
न काेशीष क्यै नै गरे वैद्य तन्त्र,
जमर्को न भाे ज्ञान विज्ञान भित्र ,
विताएँ त्यसै काल भै भै स्वतन्त्र ,
नमजवूत मेराे भयाे अर्थ तन्त्र,। ५ ।
न क्यान्टेन मेण्ट काण्ड मैले घटाएँ,
न सूनकाण्डमा हात मैले पसारे
धमीजा रलाउड् भए काण्ड दूर,
चिया काण्ड टक्सारले दिन्छ पीर ।६ ।
न बाँसबारि जुत्ता , नजूटमील काण्ड ,
चुराेट्काण्ड, विरगञ्ज चिनी काण्ड मुल
न भाे ज्ञान वाेइङ्गमा प्राविधिक,
न भीजिट् भिसामा गरेँ क्यै असूल ।७ ।
न टिम्वर घटाएँ न भुट्नीजलाई,
विदेेशै पठाई न मुष्टै कमाएँ,
न विद्युत प्राधिकरण हात पारेँ
गभर्नर नियुक्ति न ता गर्न पाएँ ।८ ।
ठुलाे बालुवाटार काण्ड ै गुमाएँ,
ललीता निवनसकाे न ता भेउ पाएँ,
न ता टेर मेक्स्काे थियाे ज्ञान गङ्गा,
न भाे निर्मला काण्डकाे गाेप्य चङ्गा ।९ ।
भएँ बृद्ध ऐले छभारी पछूताे,
बसे हात गाेडा मनाँ पर्छ गाँठो ,
सबै ज्वार भाटा भए जीर्ण शीर्ण,
पछूताे भयाे हुन्छ मूटू विदीर्ण ।१० ।
युवा हाे नमाने घृणा लाज शर्म,
बने भ्रष्ट आचार हाे देश धर्म ,
ठुला हौ नमूना र आदर्श पात्र,
सिकाऊ युवावर्गमा मूल मन्त्र ।११ ।
भानुभक्त न्यौपाने , कपन काठमा