गण्डकी साहित्य संगम पोखरा र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा शनिबार पोखरामा दर्शन, साहित्य र भाषामाथि विमर्श भएको छ ।
कार्यक्रममा प्राडा यदुनन्दन उपाध्यायले …प्रगतिशील नेपाली साहित्य लेखनका प्रवृत्तिÚ विषयक कार्यपत्र पेश गरे । कार्यपत्रमाथि समीक्षक तेजविलास अधिकारीले टिप्पणी गरेका थिए । लोकबहादुर थापा मगरले प्रस्तुत गरेको कार्यपत्र …गण्डकी प्रदेशको भाषिक अवस्थाÚमाथि डा यमनाथ तिमिल्सिनाले टिप्पणी गरेका थिए भने समीर सिंहले प्रस्तुत गरेको कार्यपत्र …वर्तमान सन्दर्भमा माक्र्सवादी दर्शनÚ शीर्षकको कार्यपत्रमाथि राजनीतिक विश्लेषक सावित्री दुराले टिप्पणी गरिन् ।
कार्यक्रममा प्राडा ज्ञानबहादुर कार्की, झलकपाणि तिवारी, विद्याविमल बराल, यादवराज उपाध्याय, परशुराम कोइराला र छवि सुवेदीले कार्यपत्रहरुमाथि पूरक टिप्पणी गरे । गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पद्मराज ढकाल र सचिव नारायण मरासिनीले पनि बोलेका थिए ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभा, प्राज्ञ परिषद् सदस्यहरु डा कृष्णराज अधिकारी र अगिब वनेपाली लगायतका व्यक्तित्व उपस्थित थिए ।




