मुख्य समाचार

सम्पादकीयः मुख थुनेर सुशासन !

भ्रष्ट्राचार, अनियमितता, नातावाद्, कृपावाद, अस्थिरताबाट दिक्क भएका नेपालीले नवयुवाहरुको अगुवाईमा अघिल्लो वर्षको भदौमा एक दिनको आन्दोलनमै सत्ता ढाले । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीको कुर्सीमा आइपुग्ने परिस्थिति बन्यो । संघीय राजधानी काठमाडौं र देशभरका धेरै सरकार कार्यालयहरु ध्वस्त पारिए । निजी उद्योगी, व्यवसायी पनि आन्दोलनकारीको तारो बने । त्यसपछि भएको आमचुनावबाट पुराना दलहरु साह्रै कमजोर बने अर्थात् भनौं, बढारिए । यसरी लामो इतिहास भएका पुराना दलहरुलाई खुम्च्याएर करिब दुई तिहाई पाएर… पुरा पढौ

आइजिपी हटाउने चर्चा, सातै प्रदेशका डिआइजी राजधानी बोलाइए

प्रहरी महानिरीक्षक -आईजीपी० दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई हेडक्वाटर बोलाएका छन् । पोलिसी कोअर्डिनेसन कमिटीको बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि राजधानी बोलाएका हुन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन । सरकारले आइजिपी कार्कीलाई हटाउने चर्चा चलिरहेको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच यसबारे बुधबार लामो छलफल भएको स्रोत बताउँछ । पुरा पढौ

डा. शंकर बरालको अनुसन्धानलाई अमेरीकाको प्रेसिडेन्सियल अवार्ड

पोखराका पेट तथा कलेजो रोग विशेषज्ञ डा. शंकर बरालको अनुसन्धान सार (रिसर्च एब्स्ट्र्याक्ट) ले अमेरिकामा आयोजित अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजी (ACG) को ग्यास्ट्रोएन्टेरोलोजी सम्मेलनमा प्रेसिडेन्सियल अवार्ड प्राप्त गरेको छ। डा. बरालको अनुसन्धान “A Rare Case of Rectal Malignant Melanoma” अर्थात् मलाशयमा हुने दुर्लभ क्यान्सर रेक्टल मेलानोमासम्बन्धी छ। करिब सात हजार अनुसन्धानमध्ये उनको अनुसन्धान सार छनोट भएर उक्त सम्मान प्राप्त गरेको हो। यो उपलब्धिले नेपाली चिकित्सकको अनुसन्धान क्षमता र नेपालको चिकित्सा… पुरा पढौ

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको साझा आवाज

पोखरा । अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविर (एबीसी) मा विशेष गाउँ कार्यपालिका बैठक आयोजना गर्दै जलवायु परिवर्तन, जलवायु न्याय तथा हिमाली क्षेत्रको संरक्षण र उत्थानशीलताका विषयमा महत्वपूर्ण छलफल तथा निर्णय गरेको छ। अन्नपूर्ण आधार शिविरमा बसेको बैठकले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि स्थानीय तहदेखि संघ र प्रदेश सरकारसम्मको प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ। अन्नपूर्ण क्षेत्र जलवायु परिवर्तनका प्रभाव प्रत्यक्ष रूपमा अनुभव… पुरा पढौ

९-११ गते गण्डकी र लुम्बिनीमा उच्च हावाहुरीसहित ठूलो वर्षा हुन सक्ने

अन्डमान सागरआसपास बनेको न्यून चापीय प्रणाली शक्तिशाली हुँदै गएकाले यही असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा ठुलो वर्षा गराउने सम्भावना थप उच्च बनेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मङ्गलबार विभागले रेड अलर्ट जारी गरेको छ । विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च हावाहुरीसहित ठुलो वर्षा हुने सम्भावना छ… पुरा पढौ

पोखरामा जीडब्लुएमका दुई नयाँ ईभी सार्वजनिक, बुद्धचोकमा नयाँ शोरुम

पोखरा, जीडब्लुएम नेपालका लागि पोखराको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले बुद्धचोकमा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याउँदै जीडब्लुएमका दुई नयाँ विद्युतीय सवारीसाधन पोखरा बजारमा सार्वजनिक गरेको छ। बिहीबार आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले नयाँ शोरुमको उद्घाटन गरेकी हुन्। उद्घाटनपछि बोल्दै गौतमले पोखरा पर्यटकीय राजधानी भएकाले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुनु सकारात्मक भएको बताइन्। यस्ता सवारीसाधनले पोखराको सौन्दर्य र वातावरण संरक्षणसँगै वायु प्रदूषण घटाउन योगदान पुर्‍याउने उनको भनाइ… पुरा पढौ

लोमान्थाङमा स्थानीय र विद्यार्थीको त्रिपालमुनिको बाँस

file pix यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन् । लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन् । लोमान्थाङको दिव्यदीप स्कुलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो । लोमान्थाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्‍याए पनि पालिकाका अन्य चार वडामा स्थानीयका अधिकांश… पुरा पढौ

रसुवागढी हाइड्रोमा उद्धार सुरु, जहाँका ९३ जना सम्पर्कविहीन छन्

१२ जना पावर हाउसभित्रै फसेको आशंका गरिएको रसुवागढी जलविद्युत आयोजनामा उद्धारको काम सुरू भएको छ। बाढीपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन छन्। कम्पनीका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना र तीन वटा ठेकेदार कम्पनीका ३९ जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये करिब १२ जना भित्रै फसेको आशंका गरिएको छ। बाढीको १० दिनपछि शनिबार मात्रै सेनाबाट उद्धार काम सुरू भएको हो। यसअघि आवश्यक उपकरण नहुँदा… पुरा पढौ

अरुलाई भाग्न भन्दाभन्दै म निस्कन पाइनँः शाह

त्रिशूली थ्री ए को सुरुङबाट उद्धार गरिएका सञ्जय शाहले आफूभित्र मन्त्र जप्दै बसेको बताएका छन् । सप्तरीका उनले नेपाली सेनाको स्वास्थ्य टोलीसँग कुरा गर्दै ‘महामन्त्र जप गर्दै बसेको’ बताए । उनले भने, ‘म कन्ट्रोल रुममा कार्यरत् थिएँ, मेरो दायित्व सबैको ज्यान बचाउनु थियो ।’ सबैलाई भाग्न लगाउँदा आफ्नो समय अन्तिममा आएको र निस्किनै नपाएको उनले बताएका छन् । अरू केही सुरुङभित्र आफू नजिकै भएको उनले बताएका छन् । प्रस्तुत छ,… पुरा पढौ

अध्यक्षमा ४ जना, बैठकमै हम्मेसि नजाने सौगात उपाध्यक्ष उम्मेद्वार

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी उत्तरार्धमा छ । भदौ २० र २१ गते हुने ३६ औं अधिवेसनले नयाँ नेतृत्व चयन गर्दै छ । यसपालि नेतृत्वका लागि ४ जना आकांक्षी छन् । विगतमा २ पटक चुनावमा पराजित बनेका अर्जुन पोखरेलदेखि हालका पदाधिकारीहरु समेत प्रतिस्पर्धा गरिरहेका छन् । बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले अध्यक्षको दाउ हेरेका छन् । अधिकांश पदाधिकारीमा प्यानल प्रतिस्पर्धा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं