ताजा समाचार

मुख्य समाचार

कास्की-२ : विद्या भट्टराईको चुनाव प्रचार यसरी शुरु

कास्की क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारको चर्चामा रहेकी विद्या भट्टराई अधिकारीको चुनावी प्रचार शुरु भएको छ । उनी पार्टीको कास्की कमिटीबाट उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएकी हुन् । तर पार्टीको केन्द्रीय कमिटीले भने उम्मेदवारको ढुंगो लगाएको छैन । उम्मेदवारको टुंगो नहुँदै विद्यालाई भोट दिन अपिलसहितको प्रचार सामाजिक सञ्जालमा शुरु भएको हो । उक्त प्रचारमा सुखी नेपाली समृद्ध नेपाल, सबै बाम एक ठाम भन्ने विगतकै नारा… पुरा पढौ

म आफैंले आन्दोलन गर्ने अवस्था नआओस् : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् । महोत्तरीको पिपरामा बुधबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन । ‘जनकपुर-पिपरा-जलेश्वर-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ आगामी मंसिरमा हुन लागेको उपनिर्वाचन केन्द्रित मन्तव्य राखेका प्रचण्डले भने, ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने… पुरा पढौ

भिआइपी जुवाडेलाई नछाड्न आदेश

महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई ‘साथमै राख्न’ आदेश दिएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले चलाएको अपरेशनमा पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायतले पनि बुधबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसमा भएको सुनुवाइमा विपक्षीलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश भएको छ । उनीहरुसँगै ६ जुवाडेलाई पनि बुधबार पनि… पुरा पढौ

बलात्कार अभियोगमा नेकपा र कांग्रेसका २ नेता पक्राउ

प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई बलात्कार आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई ३ कात्तिकमा पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार पोखरेलले आफू पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य भएको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल… पुरा पढौ

पोखराको सडक दुर्घटनामा परि १ को मृत्यु २ घाइते

पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेंसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको मणिपाल शिक्षण अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । बा १ य ८७५ नं को स्कारपियो गाडीले गुरुङ सवार ग १२ प ८८०० र अर्को ग ९ प ५४८२ नं… पुरा पढौ

साझाकी उम्मेदवार रजनी केसीलाई खुलापत्र

आदरणीय दिदी, नमस्कार ! आफ्नो महत्वपूर्ण समय लगानी गरेको नेपाली कांग्रेस पार्टी छोडेको सुनेपछि आफ्नो निणय पुनः विचार गर्नु भन्नका लागि म र डा. द्धारिका उप्रेती सर हजुरको घरमा पुगेका थियौं । हजुरसंग लामो भलाकुसारी भयो । कांग्रेस पार्टी छोड्नुको कारण सोधेँ । उहाँले भन्नुभयो, ‘पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धा, गैर राजनीतिक संस्कार बोकेकाहरूको हावी देखेर पार्टी छोड्ने निणय लिएँ ।’ हामीले पार्टी भित्र बसेर विकृति विरुद्ध भित्रै बसेर लडौं भन्दा… पुरा पढौ

कांग्रेसका वरिष्ठ नेता पौडेल आज पोखरा आउँदै

नेपाली कांग्रेसका वरिष्ठ नेता पोखरा आउने भएका छन् । उनी बुधबार बिहान पोखरा आउँदैछन् । पोखरा–५, पर्स्याङस्थित शोकमा रहेका युवराज खनाल परिवारलाई भेट गरि समवेदना प्रकट गर्न नेता पौडेल पोखरा आउने भएका हुन् । युवराज खनालका एकमात्र छोरा सञ्जय खनालको ८ दिन अघि निधन भएको थियो । अन्नपूर्ण गाउँपालिका–११, देउराली बेसक्याम नजिकै हिउँमा पुरिएर सञ्जयको निधन भएको थियो । खनाल परिवार नेता पौडेलको नजिकको आफन्त भएको बुझिएको छ । पुरा पढौ

आज सार्वजनिक बिदा

सरकारले कार्तिक बुधबार सार्वजनिक विदा दिएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । आजको दिन नेवार समुदायले भाइटीका मनाउँदैछन् ।  काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए । सोही क्रममा केही दिनअघि नेवार समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यो विषयमा छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्री ओली सार्वजनिक विदा दिन… पुरा पढौ

नेपालकै दोस्रो लामो पुल सम्झौताअघि नै निर्माण

नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो ।  अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२–७३ देखि निर्माणकार्य शुरु गरेको हो । आव २०७६–७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअगावै… पुरा पढौ

अनेरास्ववियूका नेता इन्द्रहाङ राई बर्खास्त (यस्तो छ कारण)

अभियोगमा प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का स्ववियू सहसचिव इन्द्रहाङ राई बर्खास्तीमा परेका छन् ।  आरआर क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईलाई आजैको मितिदेखि कारबाही गरी स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नगराइने निर्णय गरिएको जानकारी गराएका छन् ।  संगठनको फलामे अनुसानको प्रवाह नगरी यस किसिमको क्रियाकलापमा संलग्न हुने जो कोही भएपनि हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि विज्ञप्तिमा… पुरा पढौ