मुख्य समाचार

माधव राष्ट्रपति उम्मेदवार भए एमालेले सघाउँछः पृथ्वीसुब्बा

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले छुट्टै उम्मेदवार नउठाउने बताएका छन् । उनले नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले समर्थन गरेर जाने तयारी गरेको बताए । ‘राष्ट्रपतिको विषयमा कुनै पिक्चर स्पष्ट भएको छैन । को राष्ट्रपति हुन्छ भन्नेमा कुनै टुंगो छैन’गुरुङले भने, ‘यदि माधव नेपाल नै पुरानो गठबन्धनबाट उम्मेदवार भएमा हामीलाई नैतिक संकट पर्छ । उहाँलाई मत हालेर जान्छौं । पार्टीको कोही… पुरा पढौ

प्रचण्ड-ओली निर्णायक वार्ता सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ । आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको अघिल्लो दिन भएको वार्ताले गठबन्धन कायम रहने वा भत्किने निर्णय गर्ने अपेक्षा गरिएको छ । एमालेले मङ्सिर १० गते सहमति अनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने भनिरहेको छ भने माओवादीले सहमतिका… पुरा पढौ

राष्ट्रपति नपाए सरकारमा बस्दैनौं: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन्। रुकुम पश्चिममा बिहीबार भएको पत्रकार सम्मेलनमा उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताए। प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे सरकारमा नरहने उनले बताए। मिडियामा आएको जस्तो पुरानो चुनावी गठबन्धन सरकार बन्ने भन्ने बारेमा प्रधानमन्त्रीको कुनै धारणा नआएको उनको भनाइ थियो। सत्ता समीकरण फेरिनु नहुने उनले बताए। छिटोछिटो सत्ता समीकरण फेरिँदा… पुरा पढौ

जोमसोम जहाज दुर्घटनामा चालक दलको त्रुटि

मुस्ताङको जोमसोममा दुर्घटना भएको तारा एयरको ट्विनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औंल्याएको छ। आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखाएको हो। २०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर ९ एन–एइटीरडीएचसी ६–३०० जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो। जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो। प्रतिवेदनअनुसार जहाजमा अगाडिको… पुरा पढौ

राष्ट्रपति भण्डारी बागलुङ कालिका भगवती मन्दिरमा

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्नो दोश्रो कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्नुभएको हो | राष्ट्रपति भण्डारीले मन्दिरमा पूजा आराधना गर्नुभएको हो | राष्ट्रपतिको दर्शनले मन्दिरको महत्व र महिमालाई थप उचाईमा पुर्याएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो | राष्ट्रपति भण्डारी बुधबार विहान १०:३० मा मन्दिर प्रवेश गरि करिव ३०… पुरा पढौ

बुधबार राष्ट्रपति भण्डारी बागलुङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ कालिका भगवती मन्दिर दर्शनका आउनु हुने भएको छ । भण्डारी राष्ट्रपतिको दोश्रो कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्न आउन लाग्नु भएको हो । राष्ट्रपति भण्डारी कालिका भगवती मन्दिर दर्शनका लागि फाल्गुन १० गते आउने कार्यक्रम तय भएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले मंगलबार पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराएको हो । राष्ट्रपति भण्डारी बुधबार विहान १० बजे मन्दिर दर्शनका… पुरा पढौ

राष्ट्रपतिमा एमाले राष्ट्रिय सहमतिमा नआए कांग्रेससँग गठबन्धन: मातृका यादव

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले राष्ट्रपति निर्वाचनमा एमाले सहमतिमा नआए सत्ता गठबन्धन परिवर्तन हुने जनाएका छन् । माओवादी केन्द्रले राष्ट्रिय सहमतिका लागि अधिकतम प्रयास भने गर्ने उनले बताए । राष्ट्रपति निर्वाचनमा एमालेका कारण राष्ट्रिय सहमति बन्ने अवस्था नदेखिएका खण्डमा विकल्प सोच्नुपर्ने उनी बताउँछन् । ‘एमाले अध्यक्ष केपी ओलीजीले सुरूदेखि नै दम्भ देखाउनुभयो। सम्राट बन्न खोज्नुभयो। प्रधानमन्त्री प्रचण्डजीलाई पेल्न खोज्नुभयो,’ यादवले भने । उनले अझै पनि माओवादी राष्ट्रिय सहमतिकै… पुरा पढौ

घनश्याम सांस्कृतिक योद्धा

पछिल्लो समय प्रगतिवादी÷प्रगतिशील चिन्तन र व्यवहार दुवै कमजोर हुँदै गएका छन् । यसले राजनीतिक र सामाजिक आन्दोलनमा क्षति पुगेको विश्लेषण हुँदै छ । शनिबार पोखरामा भएको एक कार्यक्रमका वक्ताहरु पनि यसमा सहमत देखिए । घनश्याम सांस्कृतिक प्रतिष्ठान र गण्डकी साहित्य संगमले संयुक्त रुपमा गरेको कार्यक्रमा वक्ताहरुले यस्तो बताएका हुन् । ढकालको ११ औं स्मृति दिवसको सन्दर्भभा भएको कार्यक्रमका वक्ताहरुले उनलाई सांस्कृतिक योद्धा र चिन्तकका रुपमा सम्झिए । ढकालका विविध सिर्जनात्मक… पुरा पढौ

पोखरा विश्वविद्यालयमा बोर्डिङका विद्यार्थीलाई पनि छात्रवृत्ति

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शिक्षालाई प्रभावकारी बनाउन प्रयोगात्मक शिक्षालाई बढी जोड दिनुपर्ने बताएका छन् । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र अध्ययन संकायद्वारा आयोजित ‘नेपालमा दिगो विकासका सम्भावन र चुनौती’ विषयक अन्तरक्रियामा उनले प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन पाठ्यक्रम परिवर्तन गर्ने जानकारी दिए । उपकुलपति अर्यालले विश्वविद्यालयमा प्रतिवर्ष विद्यार्थीको संख्या घटिरहेकाले अब सैद्धान्तिक शिक्षाका साथै प्रयोगात्मक शिक्षा आवश्यक रहेको जनाए । ‘पोखरा विश्वविद्यालयले दिँदै आएको छात्रवृत्तिमा सार्वजनिक विद्यालयका विद्यार्थीलाई… पुरा पढौ

नेकपाले भन्योः बैंक, मिटरब्याजीको गलपासो हटाऊ

आर्थिक संकटका कारण बैंकहरुले ब्याजदर बढाइरहेका छन् । चर्काे ब्याजदरका कारण सबै जसो सर्वसाधारण मर्कामा पर्नु त स्वभाविक नै भयो, ऋण तिर्न नसकेरै मानिसले आत्मदाह गरेका खबर आइरहेका छन् । यस्तो समस्या समाधान गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काम गरेको छ । नेकपा कास्कीले बैंकहरुको चर्काे ब्याजदर, लघुवित्तहरुको ज्यादती र मिटरब्याजीहरुको अत्याचारका विरुद्धमा शुक्रबार विरोधसभा गरेको छ । पोखरा महानगरपालिका कार्यालय न्युरोडदेखि चिप्लेढुंगासम्म नेकपा कास्कीले विरोध ¥याली निकालेको हो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं