मुख्य समाचार

ट्याक्सी दुर्घटना दुई जनाको मृत्यु

बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।  पुरा पढौ

सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको छ । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो ।  गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाउनु भएको बताइएको छ । पुरा पढौ

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गर्नुभएको थियो । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको १०५ नम्बर बुँदामा भनिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।’ यो कार्यदललाई दुई वटा विषय 'म्यान्डेट' दिइएको छ । कार्यदलले गाँजालाई औषधिका रूपमा कसरी उपयोग… पुरा पढौ

सरकार–जनता सँगसँगै छन्ः गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले सरकारले चालेका कदममा जनताको ऐक्यबद्धता रहेको दाबी गरेका छन् । नेपाली जनताका दशकैपिच्छेको विद्रोहपछि अब शान्ति, समृद्धि, राष्ट्रियता, स्वाधीनता र प्रगतिको पक्षमा रहेको जनाउँदै उनले अब पनि द्वन्द्वमा गए देशकै स्वाधीनता सङ्कटमा पर्न सक्ने चेतावनी दिए । शनिबार पोखराका पत्रकारहरुसँग कुरा गर्दै महासचिव गुरुङले भने, ‘अहिले सरकारले गरेका काममा जनताको ऐक्यबद्धता देखिएको छ । अब पनि विद्रोहमा जाने हो भने राष्ट्रिय स्वाधीनतामाथि… पुरा पढौ

भाइटीकाको उत्तम साइत १०:५१ बजे

यस वर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म टीका लगाउने चलनसमेत छ । पुरा पढौ

भूकम्पपीडितलाई १ साताको पारिश्रमिक

नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकीको प्रदेशसभा संसदीय दलले भूकम्पपीडितलाई एक साताको पारिश्रमिक पठाउने निर्णय गरेको छ । आइतबार बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रत्येक प्रदेशसभा सदस्यको एक साताको पारिश्रमिक पठाउने निर्णय भएको जानकारी दिए ।६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २२ सदस्य छन् । प्रदेशसभा उपसभामुख विनाकुमारी मगरलाई संसदीय दलले निर्देशन दिन नमिल्ने जनाउँदै नेता अधिकारीले २१ जनाको पारिश्रमिक… पुरा पढौ

भूकम्प पीडितलाई गण्डकी सरकारको १ करोड

गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितलाई सघाउन कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निर्णय गरेको हो । “भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो । एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड… पुरा पढौ

भूकम्पपीडितलाई ५0 लाख, राहत टाेली पठाइयाे

पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि रु.५० लाख बराबरको सहायता घोषणा गरेको छ । महानगरका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गर्नुभएको हो । “जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठुलो जनधनको क्षति पुगेको छ, प्रमुख आचार्यले भन्नुभयो, यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन, यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ, यस घडीमा पोखरा महानगरपालिकाको… पुरा पढौ

अहिलेको सरकारको दिशा नै छैन: थापा

काङ्ग्रेस महामन्त्री गगन थापाले अहिलेका प्रदेशदेखि संघ सरकारसमेत दिशाविहीन बनेको आरोप लगाएका छन् । काड्ग्रेस महामन्त्रीका हैसियतमा सरकारको प्रतिरक्षा गर्नुपर्ने भए पनि आफू त्यस्तो गर्ने अवस्थामा नरहेको उनको भनाइ छ । सत्ता गठबन्धनको निर्णय प्रक्रिया तीन नेताको क्लबको बैठक जस्तो भएको उनको टिप्पणी छ । राजधानीदेखि गाउँ गाउँसम्मका काङ्ग्रेस नेता, कार्यकर्ता निराश देखिएको, सुनिएको उल्लेख गर्दै उनले शनिबार बिहान पोखराका पत्रकारहरुमाझ उनले तीन तहकै सरकारमा हुँदा पनि निराश हुनु उदेकलाग्दो… पुरा पढौ

भूकम्पबाट १२८ काे मृत्यु

गए राति आएकाे भूकम्पबाट अहिलेसम्म जाजरकोटमा मृत्यु हुने ९२ जना पुगेका छन् । ५५ जना घाइते छन् । यस्त‌ै, रुकुम पश्रिममा मृत्यु हुने ३६ र घाईते ८५ जना छन् । जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानु भएको हो ।  साथै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं