मुख्य समाचार

शरणार्थी प्रकरणः १०६ ले दिए २३ करोड ठगिएको उजुरी

काठमाडौं नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका… पुरा पढौ

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार संसदबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३५ र विपक्षमा २२ मत परेको छ । राप्रपाका २ सांसद तटस्थ रहे । प्रदेश सभाका ६० सदस्यमध्ये कांग्रेसका २७, माओवादीका ७ र १ स्वतन्त्रले उनलाई मत दिएका हुन । । एमालेका २२ सांसदले प्रस्तावको विपक्षमा मतदान गरे । पाण्डे १४ वैशाख मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र १… पुरा पढौ

मोर्चा बन्न सक्छ, माओवादीसँग एकता हुँदैनः विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा बनाउने विषयमा सकारात्मक छलफल भइरहेको बताएका छन् । उनले माओवादी केन्द्रसँग एकता गरेर आफू महासचिव बन्न लागेको भन्ने हल्ला गलत भएको जनाए । उनले विचार मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने विषयमा भने छलफल जारी रहेको सुनाए । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायतका शक्तिसँग मोर्चा बन्न सक्ने उनको भनाइ छ । ‘विचार मिल्ने पार्टीसँग मोर्चा बनाउने छलफल चलेको… पुरा पढौ

पूर्व गृहमन्त्री एवं एमाले सचिव बादलका छोरा प्रतीकविरुद्ध वारेन्ट जारी

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। यसअघि प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा निरजलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो। तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र रायमाझीका बाबुछोराको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। मंगलबार मात्रै प्रहरीले बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित… पुरा पढौ

एमाले सचिव टोपबहादुर र उनका छोराविरूद्ध पक्राउ पुर्जी

पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।रायमाझीका छोरा सन्दीपविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। टोपबहादुर अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्।रायमाझीले आफू अर्घाखाँचीमा रहेको र पक्राउ पुर्जीबारे थाहा नभएको बताएका छन् । यस्तै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे आफैं प्रहरीमा उपस्थित भएका छन् । पुरा पढौ

घरमा ट्रक ठोक्किदा ३ को मृत्यु, ५ घाइते

तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्गमा डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको हो । दुर्घटनामा ८ जना घाइते भएकोमा चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणका अनुसार मृत्यु हुनेमा आयुस भुजेल,… पुरा पढौ

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई केहीबेर अघि पक्राउ गरेकाे हाे । उनलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका… पुरा पढौ

फिर्के मिच्ने पर्खालमा महानगरको डोजर

पोखरा महानगरपालिका वडा नं। १८ अधेँरीखोला बेशीमार्ग स्थित फिर्के खोलामा निर्माण गरिएको पर्खाल पोखरा महानगरले हटाएको छ । मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल मङ्गलवार नगर प्रहरीले हटाएको हो । फिर्के खोलाको मापदण्ड विपरीत भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब १५० मिटर लामो रिटेनिङ वाल नगर प्रहरीले भत्काएको हो । खोलाको मापदण्ड विपरीत भइरहेको कार्य रोक्नका लागि बारम्बार आग्रह गर्दासमेत अटेर गरी निर्माण गरेको पाइएपछि भत्काउनुु परेको नगर प्रहरी… पुरा पढौ

‘पोखराले हेप्यो, लेखनाथ नै फर्काइदेऊ’

साबिकको लेखनाथ नगरपालिकाका बासिन्दाले साबिक नगरपालिका बनाउन सरकारसँग माग गरेका छन् । पोखरा महानगरपालिकाले विकास, निर्माणमा साबिक लेखनाथका वडालाई पछाडि पारेको भन्दै लेखनाथवासीले पोखरा महानगरपालिकाबाट छुट्याएर पुनः लेखनाथ नगरपालिका घोषणा गर्न माग गरेका हुन् । जागरुक नागरिक समाज पोखरा २६ कास्कीद्वारा सोमबार लेखनाथको सुन्दरीबजारमा आयोजित साबिक लेखनाथ नगरपालिका हिजो, आज र भोलि विषयक अन्तरक्रियामा सहभागीले त्यस्तो माग गरेका हुन् । विसं २०५३ माघ १८ गते त्यस क्षेत्रका चार गाविस राखी,… पुरा पढौ

एमाले सांसद कोइरी निलम्बित

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेको हो । महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं