नक्कली शरणार्थी कान्डमा मुछिए लीला जिसी

पोखरामा विभिन्न व्यवसायमा संलग्न लीला जिसी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् ।

टोपबहादुर रायमाझी मन्त्री हुँदा जिसी उनका प्रमुख स्वकीय सचिव थिए । नेकपा विभाजन भएपछि जिसी रायमाझीसँगै एमालेमा लागेका हुन् । दुवैको घर अर्घाखाँची नै हो ।

निलम्बित एमाले सचिव एवं पूर्व मन्त्री रायमाझी पक्राउ पुर्जी जारी भएपछि बुटबलबाट सम्पर्कविहीन भएर पोखरा आउँदा जिसीकै व्यवस्थापनमा लुकेको स्रोत बताउँछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले जिसीले आफूलाई बालुवाटारमा बोलाएको वयान दिएका छन् । काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ बुझाएको दाबी गरेका छन् ।

दुलाले बयानमा भनेका छन्, प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।’

यसैगरी दुलालले ओलीका पूर्वसल्लाहकार डा अजय क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई पनि एक, एक करोड दिएको दाबी गरेका छन् ।

्यता, एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्यले भने दुलाललाई आफूले नचिन्ने भन्दै प्रतिशोधपूर्ण बयान दिएको जिकिर गरेका छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।