यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन्।
श्रम मन्त्रालयमा कार्यरत रहँदाको अनियमिततामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सिआइबी)ले उनलाई बुधबार पक्राउ गरेको हो।
तत्कालीन दुई मन्त्रीसहित ६ जनालाई सिआइबीले पक्राउ गरेको हो । तत्कालीन मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादब, तत्कालीन सचिव विनोद केसी, सहसचिव पोखरेल, अर्का सहसचिव उमेश ढुंगाना र उपसचिव निर्मला गुरुङलाई सिआइबीले पक्राउ गरेको हो ।
मलेसिया जाने कामदारको पैसा ठगी गरी विदेशी मुद्रा पनि अपचलनमा उनीहरुले सघाएको खुलेपछि सिआइबीले पक्राउ गरेको हो । यही आरोपमा यसअघि व्यवसायी कैलाश खड्का लगायत पक्राउ परिसकेका छन्।






