सरकारले मध्यपहाडी लोकमार्ग आसपासका १० नयाँ सहर बनाउने भएको छ । सरकारले ती सरहलाई पहिचानयुक्त सहरको रुपमा विकास गर्ने योजना बनाएको छ ।
सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सघन सहरी विकास कार्यक्रमलाई विस्तार गर्ने भएको घोषणा गरेका हुन् ।
ग्रामीण उत्पादनको सजिलै बजारीकरण गर्न साना बजार केन्द्र तथा बस्तीालाई आधारभूत सेवासहित विस्तार गरिने पनि उनले बताए ।




