शनिबार पोखराको फेवातालमा माछा मार्न गएका एक जनाको शव फेला परेको छ । दिउँसो ४ बजेतिर पोखरा २३ पामे, खपौदीमा माछा मार्ने क्रममा बेपत्ता भएका ६३ वर्षीर्य मीन गुरुङको साँझ सवा ७ बजे शव भेटिएको हो ।
कास्कीको अन्नपूूर्ण गाउँपालिका घान्द्रुक घर भई हाल पोखरा १४ चाउथे गुरुङ डुवी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको थियो । मीनको शव गण्डकी अस्पताल पठाइएको र घटनाबारे अनुसन्धन भइरहेको कास्की प्रहरीले जनाएको छ ।




