प्रहरी महानिरीक्षक -आईजीपी० दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई हेडक्वाटर बोलाएका छन् ।
पोलिसी कोअर्डिनेसन कमिटीको बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि राजधानी बोलाएका हुन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन ।
सरकारले आइजिपी कार्कीलाई हटाउने चर्चा चलिरहेको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच यसबारे बुधबार लामो छलफल भएको स्रोत बताउँछ ।





