मुख्य समाचार

अर्को चुनावमा प्रधानमन्त्री बन्नेगरी अघि बढ्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैले खेदेर नडराउने भन्दै आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्नेगरी शक्ति आर्जन गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘कसैसँग नडराई यो पार्टी चलाउँछौं । आउने चुनावमा सरकार बनाउने गरी,उपप्रधान र गृह होइन प्रधानमन्त्री बन्ने गरी यो पार्टी अघि बढाउँछौ । १२ भाइ सम्पादकलाई यसले तनाव हुन्छ होला, अनि पासपोर्ट भन्छन् । तर म जेल गए पनि रास्वपाअघि बढ्छ । म मरे… पुरा पढौ

रास्वपा सरकारबाट बाहिरियो, समर्थन कायम राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि गृहमन्त्री बनाउन अस्वीकार गरेपछि रास्वपा सरकारबाट हटेको हो । आइतबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको छ । यो निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल,… पुरा पढौ

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला

राष्ट्रिय सभा उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल छन् भने खिमलाल देवकोटा समर्थक छन् । राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । राष्ट्रिय सभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सिना छन् ।… पुरा पढौ

रविको ठाउँमा आफूलाई स्वतः विजयी घोषित गर्न उमेशको माग

चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा पुगेका छन् । निर्वाचन परिणाममा उनी दोस्रो भएका थिए । श्रेष्ठले आफूले किन निवेदन दिएको भन्नेबारेमा पत्रकार सम्मेलनबाटै सबैलाई जानकारी दिने बताए । कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए । पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए… पुरा पढौ

प्रगतिशील वाङ्मयमा नयाँ नेतृत्व

प्रगतिशील वाङ्मय प्रतिष्ठान पृथ्वीनारायण क्याम्पसको १४ औं साधारणसभा तथा चौथो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चुनेको छ । नवीन अधिकारीको अध्यक्षतामा बनेको समितिका उपाध्यक्षत्रयमा श्रद्धा आचार्य, मनोज कुँवर र प्रताव शाह(राणा) छन् । प्रतिष्ठानको सचिवमा सन्तोष पौडेल, कोषाध्यक्षः शुभम् पंगेनी, सहसचिव राजन अधिकारी र सुशन पौडेल छन् । यसैगरी सदस्यमा कुशल भण्डारी, अनिष अधिकारी, स्वस्तिका आचार्य, हरिवोल अधिकारी, समीक्षा आचार्य, विवेक अधिकारी, साकार शर्मा, अविशेष रेग्मी र रक्षा पौडेल छन् ।… पुरा पढौ

कांग्रेस राज्यमन्त्री दिए पनि सरकारमा आउँछ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राष्ट्रपतिका लागि चाहना गर्नु अनौठो कुरा नभएको बताएका छन् । तर, सत्तापक्षकै उम्मेदवार राष्ट्रपति बन्ने उनले दाबी गरे । विराटनगरमा सञ्चारकर्मीहरूले ओलीलाई कांग्रेसले राष्ट्रपतिमा दाबी गरिरहेको विषयमा सोधेका थिए । ओलीले जवाफ दिए, ‘कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको हो । तर राष्ट्रपतिको उम्मेदवार हुन्छु, हामीलाई दिनुस भन्नु, हामीले पाउनुपर्छ भन्नु अनौठो कुरा होइन ।’ अहिले बनेको नयाँ समीकरणको उम्मेदवारलाई यदि कांग्रेसले… पुरा पढौ

रास्वपाका चितवन जिल्ला सभापतिले पार्टी छाडे

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन् । उनले पार्टी सभापतिबाट राजीनामा दिएको जानकारी दिए । पार्टीभित्र सिमित व्यक्तिको मनोमानी चलेको आरोप लगाउँदै सापकोटाले पार्टी छोडेको घोषणा गरेका हुन् । राणा शासन जस्तो गरी पार्टीलाई अगाडि बढाउन खोजिएको उनको गुनासो छ । पार्टीमा बोल्ने अधिकारसमेत नदिइएको सापकोटाको भनाइ छ । जनताको अभिमतलाई बेवास्ता गरिएकोसमेत बताउँदै आफूले राजीनामा दिएको सापकोटाले बताए । आफू अब स्वतन्त्र रहेको पनि… पुरा पढौ

नेरेसो पोखरा १७ मा नयाँ समिति

पोखरा, १७ माघनेपाल रेडक्रस सोसाइटी पोखरा १७ को १७ औं अधिवेशनबाट हरिप्रसाद श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चुनेको छ । उपसभापतिमा लक्ष्मी अधिकारी, सचिव चूडामणि बराल, कोषाध्यक्ष शिवराम भण्डारी, उपसचिव नारायणप्रसाद शर्मा र उपकोषाध्यक्ष रवीन्द्र श्रेष्ठ चुनिए । सदस्यमा बिना लोहनी, सविता भन्डारी, द्रोणराज महत, दीपेन्द्र बराल र विनोद भण्डारी छन् । आमन्त्रित सदस्यमा रीता सुवेदी, विष्णु पहारी, शर्मिला सुवेदी, युवराज बराल र शिवराज न्यौपाने छन् । पुरा पढौ

पोखरामा नर्सिङ दिवस मनाइयो

पोखरा, १६ माघनेपाल नर्सिङ संघको ६१ औं दिवसको अवसरमा नेपाल नर्सिङ संघ कास्की जिल्ला कमिटीले २ दिने कार्यक्रम गरेको छ । कार्यक्रमको पहिलो दिन आइतबार नर्सिङ संघ जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका वार्ड नं १२ को संयुक्त आयोजनामा महिलाको स्तन तथा पाठेघरसम्बन्धी क्यान्सरको रोकथाम तथा सचेतना एवं परीक्षण भएको छ । कार्यक्रममा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले आयोजकलाई धन्यवाद दिए । उनले महिलाले आफ्नो स्वास्थप्रति सचेत हुँदा समयमा… पुरा पढौ

पोखरा हवाई दुर्घटना: ६ को डिएनए जाँच सुरु

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए । र नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उनले परिवारको नमुना सङ्कलन र छ जना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं