ताजा समाचार

मुख्य समाचार

सम्प्रभुता दाउमा राखेर अनुदान लिँदैनौं : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पोखराका रत्नमन्दिर र हिमागृह कसैलाई व्यवसायिक प्रयोग गर्न दिइनसकेको बताएका छन् । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्य मन्त्रीहरु समेत उपस्थित कार्यक्रममा उनले गण्डकी सरकारसँग सल्लाह गरी यसबारे निर्णय लिइने जानकारी दिए । नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले भने, ‘यहाँको प्रदेश सरकारसँग सल्लाह गर्छाै । पर्यटन व्यवसायीका कुरा सुन्छौं । प्रधानमन्त्री ट्रस्टको संरक्षक हुनुहुन्छ । उचित उपयोग गर्छाैं ।’ उनले ट्रस्टमा रहेको साढे २१… पुरा पढौ

ऊर्जामन्त्री पुन यूएई प्रस्थान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन यूएई प्रस्थान गरेका छन्। बिहीबार अन्तर्राष्ट्रिय ऊर्जासंघको सम्मेलनमा भाग लिन ऊर्जामन्त्री पुनसहित पाँच जनाको टोली त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलनमा २६ र २७ गते दुई सत्रलाई ऊर्जामन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेकोले मन्त्री पुन २८ गते नेपाल फर्किने मन्त्रीको निजी सचिवालयले जनाएको छ। पुरा पढौ

अष्ट्रेलियाबाट १ लाख पर्यटक पठाउन भट्टराईको अनुरोध

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति यहाँ आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरेका हुन् । मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले… पुरा पढौ

पोखराको मौषम झनै डरलाग्दो, सतर्क रहन आग्रह

पोखराको मौषम निकै विग्रिएको छ । ३ दिनदेखि बिग्रिएको मौषममा अझै सुधार आउन सकेको छैन । आज बिहीबार बिहान १० बजे पोखरा अन्धकारमय भएको छ । आकाशमा बादल डम्म देखिन्छ । पानी चुहिएला जस्तो भएको छ । पोखरामा बिहानैदेखि घरी झलमल्ल घाम लग्ने, घरी अँध्यारो हुनेक्रम जारी छ । मौषममा सुधार नभएकै कारण पोखरामा कडा चिसो समेत भएको छ । आज मुलुकभर पानी पर्ने सम्भावना रहेको मौषम विभागले जनाएको छ… पुरा पढौ

पोखरामा झल्याक-झुलुक

पोखराको मौषम आज पनि राम्रो हुने संकेत छैन । २ दिनदेखि पानी परिरहेको पोखरामा कडा चिसो छ । पोखरा आसपासका डाडाहरूमा कुहिरो र तुँवालोले ढाकेको छ । पोखरामा कुनैबेला चकिलो घाम लाग्ने कुनैबेला डम्म भएर पानी पर्लाजस्तो हुने भइरहेको छ । मौषमविदका अनुसार आज पनि पानी पर्ने सम्भावना छ । शुक्रबारदेखि मौषममा सुधार आउने बताइन्छ । करिब ५ मिनेटको फरकमा खिचिएका २ तस्वीर पुरा पढौ

भगवान् पुकार्दै हिमालपारिको यात्रा

उतिबेला अहिले जस्तो डोजर र स्काभेटर चलाइएको हैन, घन, छिनो र साबेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भिर, त्यो भन्दा तल रिँगटा लाग्ने गड्गडाउँदै बगिरहेको निलो मस्र्याङ्दी नदी । माथि उस्तै अजंगको चट्टानी पहरो । यो अवस्था हिमालपारिको जिल्ला मनाङ जाने सडकको हो । अग्ला पहाड फोडेर बनाएको साँघुरो सडक । माथि हेर्दा अक्करे भिर तलतिर जिउ नै सिरिंग हुने खोँच । त्यहीँमाथि… पुरा पढौ

प्रेस स्वतन्त्रता कुण्ठित राजीनामा दिएर आन्दोलनमा उत्रिन्छु

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरको आज आयोजित २३ औँ स्थापना दिवसमा उनले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैंँ राजीनामा दिएर आन्दोलनमा उत्रने स्पष्ट गरे । मन्त्री बाँस्कोटाले भने, “एउटा कुरा भन्दा पूर्वाग्रह राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हावी भएको छ, म पनि वर्षौँसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको… पुरा पढौ

सन्दिप लामिछानेले जुत्तामा लेखे ‘भिजिट नेपाल २०२०’

नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियामा जारि बीग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगितामा आफ्नो जुतामा नेपाल भ्रमण बर्ष २०२० लेखेर प्रचार गरेका छन्।  पर्यटन मन्त्री अष्ट्रेलियामा विवादित भएकै बेला लामिछानेले भने भ्रमण बर्षको स्पष्ट सन्देश प्रवाह गरेका छन्। त्यसैगरि उनले अष्ट्रेलियामा भइरहेको आगलागीमा परेकाहरुको सम्झनामा ‘बुस फायर हिरोज’ लेखेका छन्। नेपालले सन् २०२०लाई भ्रमण बर्षका रुपमा मनाईरहेको छ। अष्ट्रेलियामा बीबीएल खेलिरहेका सन्दिपले आफ्नो जुत्ताका लागि प्रायोजक खोजिरहेका थिए। मेलबोर्न स्टार्सबाट खेलिरहेका सन्दिपले आफ्नो जुत्तामा… पुरा पढौ

पौडेलको भेलामा सहभागी जिल्ला सभापतिहरूलाई देउवाको पार्टी !

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको भेलामा सहभागी जिल्ला सभापतिहरूलाई पार्टी सभापति शेरबहादुर देउवाले लन्च पार्टी दिने भएका छन् । कास्की कांग्रेसका जिल्ला सभापति कृष्ण केसीका अनुसार सभापति देउवाले बिहीबार बिहान १० बजे बूढानिलकण्ठमा जिल्ला सभापतिहरूलाई ’लन्च पार्टी’ का लागि बोलाएका हुन् । यसबारेको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने छ । सोमबारबाट सुरु भएको जिल्ला सभापति भेला बुधबार सकिएको छ । काभ्रे सभापति मधु आचार्यले भने, ‘३ दिन चलेको… पुरा पढौ

लाख दिएर करोड असुल्ने राजपा केन्द्रीय सदस्य पक्राउ

चर्को ब्याज लिने र ऋण दिएको रकमभन्दा तीन गुणाबढीको तमसुक बनाएको आरोपमा सर्लाहीका रामबाबु राय यादव पक्राउ परेका छन्। बुधबार दिउँसो साढे १२ बजे यादवलाई मिटरब्याजमा ऋण दिई ठगी गरेको र उनले बन्धकी राख्नेको जग्गा रजिष्ट्रेसन नै पास गरेर लिने गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले हरिपुर नगरपालिकाबाट पक्राउ गरेको हो। करिब सय जना पीडितले न्याय माग्दै मंगलबार नेकपाका शीर्ष नेता, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई… पुरा पढौ