प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेशका अध्यक्ष यज्ञबल्लभ शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । धेरै जिल्लामा प्रलोपाका उम्मेदवारहरुले उम्मेदवारी निस्क्रिय बनाएका छन् भने गोरखामा उठेका डा बाबुराम भट्टराईले नै उम्मेदवारी फिर्ता लिएका थिए ।
शर्मालाई सोमबार नेकपाका नेताहरू दिनानाथ शर्मा र हितमान शाक्यले स्वागत गरे । उनी तत्कालीन माओवादी केन्द्रबाट विद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपातिर लागेका थिए । प्रलोपाले माक्र्सवादी सिद्धान्त र समाजवादी अर्थनीति परित्याग गरेकाले नेकपामै फर्किएको शर्माले बताए ।
शर्मा तत्कालीन नेकपा माओवादीको एकता समाजदेखि संगठन गरेका अनुभवी नेता हुन् । नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्ती पनि नेकपा प्रवेश गरेका छन् ।




