मुख्य समाचार

रास्वपालाई कास्कीमा धक्का, उपसभापति राइले छाडे पार्टी

रास्वपा कास्की उपसभापति नेता राजु राईले पार्टी छाडेका छन् । २०७९ को चुनावमा कास्की १ मा रास्वपा उम्मेदवारसमेत रहेका राईले बिहीबार पार्टी छाडेका हुन् । कास्कीमा टिकट वितरणमा असन्तुष्ट रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन । अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’ उनी २०७९ को चुनावमा कास्की १ बाट रास्वपा उम्मेदवार थिए… पुरा पढौ

फेवाताल मिच्ने संरचना हटाउन अल्टिमेटम

पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड र सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरु हटाउन १५ दिने अल्टिमेटम दिएको छ । महानगरले वडा नम्बर १८ को खपौँदी र रातोडाँडा क्षेत्रमा बिना अनुमति निर्माण गरिएका रेस्टुरेन्ट र क्याफेहरुलाई पत्राचार गर्दै संरचना आफैँ हटाउन निर्देशन दिएको हो । सर्वाेच्चको आदेश बमोजिम फेवातालको सीमाङ्कन गर्न पोल गाडिसकेको महानगरले अब तालको क्षेत्रमा बनेका संरचना हटाउने जनाएको छ । महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले चाँडै तालाघरका सबै संरचना… पुरा पढौ

स्कुल बसका चालकले मापसे गरे स्कुललाई एक लाखसम्म जरिवाना

मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने पाँच चालकलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेपछि पोखरा महानगरले कडा कदम चाल्ने भएको छ । महानगर प्रमुख धनराज आचार्यले मंगलबारदेखि सबै विद्यालय तथा कलेज बसका चालकहरूको मापसे जाँचिने बताएका छन् । पोखरा महानगर शिक्षा समितिका अध्यक्षसमेत रहेका आचार्यले भने, ‘यदि कुनै सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा चालकलाई नियमानुसार कारबाही गरिनेछ र सम्बन्धित शैक्षिक संस्थालाई रु. ५,००० देखि १,००,००० सम्म जरिवाना… पुरा पढौ

स्कुल बसका चालकले मापसे गरे स्कुललाई पनि जरिवाना

मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने पाँच चालकलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेपछि पोखरा महानगरले कडा कदम चाल्ने भएको छ । महानगर प्रमुख धनराज आचार्यले मंगलबारदेखि सबै विद्यालय तथा कलेज बसका चालकहरूको मापसे जाँचिने बताएका छन् । पोखरा महानगर शिक्षा समितिका अध्यक्षसमेत रहेका आचार्यले भने, ‘यदि कुनै सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा चालकलाई नियमानुसार कारबाही गरिनेछ र सम्बन्धित शैक्षिक संस्थालाई रु. ५,००० देखि १,००,००० सम्म जरिवाना… पुरा पढौ

मापसे गरी स्कुल बस चलाउने ५ पक्राउ

मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने पाँच चालकलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ । पोखराका विभिन्न स्कुल बसका चालकले मापसे गरी गाडी चलाउने गरेको गुनासो आएपछि प्रहरीले चेकजाँच गरेको थियो । सोमबार बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालय कास्की, ट्राफिक प्रहरीसहितको टोलीले मापसे परीक्षण गर्दा पाँच बसका पाँच चालकले मापसे गरेको भेटिएको कास्कीका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । प्रहरीले माउन्ट हेभन… पुरा पढौ

बागलुङ–२: विरासत जोगाउने दाउमा अनिल, ३ दलको चुनौती

भौगोलिक रूपमा विकट मानिएको बागलुङ क्षेत्र नं २ मा चुनावी गतिविधि बढेको छ । यसअघि दुई वटा निर्वाचन पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले जितेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ तथा पुराना दलका नेता यतिबेला मतदाता भेटघाटमा व्यस्त छन् । विकासका हिसाबले पिछडिएको यस क्षेत्रमा विकाससहित सुशासनका नारा बोकेर उम्मेदवार गाउँबस्ती प्रचारप्रसारमा जुटेका हुन् । यहाँ बलिया र पुरानालाई चुनौती दिँदै… पुरा पढौ

मनाङः कांग्रेस एमाले राप्रपा गठबन्धनविरुद्ध नेकपाकी यसोदा

प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न अब २० दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आ–आफ्ना एजेन्डासहित मतदातासामु मत माग्द व्यस्त छन् । मनाङमा एमालेले उम्मेदवारी फिर्ता लिएर कांग्रेसलाई समर्थन गरेको छ । राप्रपाको उम्मद्वारी पनि फिर्ता भएको छ भने रास्वपाका उम्मेदवारले मनोनयन दर्ता नै गरेनन् । अब यहाँ निवर्तमान सांसद टेकबहादुर गुरुङसँग नेकपाकी उम्मेदवार यसोदा सुवेदी गुरुङको प्रतिस्पर्धा हुँदै छ । यहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका पनि उम्मेदवार छन् । यी… पुरा पढौ

दामली अक्षर: ४ मुक्तककारका रोज्जा मुक्तकको सञ्चयन

प्रणय दिवसको अवसरमा चार पोखरेली सर्जकको संयुक्त मुक्तक सञ्चयन ‘दामली अक्षर’ सार्वजनिक भएको छ । शब्दालय पोखराले शनिबार आयोजना गरेको कार्यक्रममा ईश्वरमणि अधिकारी, जीवनसागर भण्डारी, दीपक समीप र लक्ष्मण थापाको कृति लोकार्पण गरिएको हो । सर्जक लक्ष्मणकी जीवनसाथी मैयाँ, ईश्वरमणिकी जीवनसाथी रीता, समीपकी जीवनसाथी सर्मिला र जीवनसागरकी जीवनसाथी मञ्जुले कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा साहित्यकार सरूभक्तले नेपाली तथा विश्व साहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहासबारे चर्चा गरे ।… पुरा पढौ

जसपा नेपालको घोषणापत्र : जनलोकपाल गठन

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष यादवले पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो। सार्वजनिक घोषणापत्रमा निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, भ्रष्टाचारमुक्त राज्य, वैज्ञानिक कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्राथमिकताका साथ अघि सारिएको छ। पार्टीले संविधान संशोधन गरी पहिचान र सामर्थ्यमा आधारित सङ्घीयता कार्यान्वयन गर्ने, जनलोकपाल गठन… पुरा पढौ

फेवातालमा जाल हाल्दा माछा होइन, राइफल आयो

पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा पर्ने फेवातालमा जाल हाल्दा राइफल र गोली भेटिएको छ । खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले बिहीबार साँझ हानेको जालमा एसएलआर राइफल र त्यसमा लाग्ने गोली अड्किएर आएका थिए । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरीले मु वा १११ (बट) नम्बर, बडी नं.१३८१० लेखिएको एसएलआर राइफल एक थान भेटेको पुष्टि गरेको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं