मुख्य समाचार

भीम रावललाई हराउँदै कांग्रेसका स्वाँर विजयी

अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी हुनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावललाई ५२८ मतान्तरले पराजित गर्दै जित निकाल्नुभएको हो । निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार भरतकुमार स्वाँरले १० हजार ७५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी भीमबहादुर रावलले १० हजार २३० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा ९एमाले० का उम्मेदवार दीपकबहादुर साउदले ७ हजार… पुरा पढौ

कास्कीमा भत्कियो एमाले गढ, तीनै क्षेत्रमा रास्वपाको जित

कास्कीका तीनै क्षेत्रमा रास्वपा उम्मेदवारहरु विजयी भएका छन् । अघिल्लो चुनावमा पाँच दलीय गठबन्धनलाई हराएर तीनै क्षेत्र जितेको एमाले यसपालि जिल्लामा खाली हात भएको छ । कास्की क्षेत्र नम्बर १ मा ठूलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खड्कराज पौडेल (गनेस) विजयी भएका हुन् । पौडेलले ३९ हजार आठ सय ८३ मतसहित विजय हाँसिल गरे । उनका निकटमन प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार दुई सय १४ मत पाउँदा… पुरा पढौ

कास्कीमा ६१ प्रतिशत मत खस्यो, आजै रातिबाट गणना

कास्कीमा जारी निर्वाचनमा ६१ दशमलब ३४ प्रतिशत मतखसेको छ । कास्की जिल्लाका तिन वटै क्षेत्रमा १ लाख ८९ हजार २ सय ६७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । १ लाख ३ सय ५ जना महिला, ८८ हजार ९ सय ५९ पुरुष र ३ जना अन्यले मतदान गरेको कार्यालयले जनाएको छ । अभै रुजु गर्ने काम भैरहेका कारण मत प्रतिशत थप घट हुन सक्ने कार्यालयले जनाएको छ । कास्की जिल्लाभर… पुरा पढौ

मंगलबार खण्डग्रास चन्द्रग्रहण

फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । बेलुकी ६ बजेर ३ मिनेट जाँदा… पुरा पढौ

चुनावका लागि ५४ दल र १५४१ उम्मेदवार खोलेनन् बैंक खाता

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४ सय ६ प्रत्यक्ष उम्मेदवारमध्ये १ हजार ८ सय ६५ जना उम्मेद्वारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन् । सोमबारसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक… पुरा पढौ

प्रलोपा गण्डकी अध्यक्ष शर्माले पार्टी छाडे, नेकपा प्रवेश

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेशका अध्यक्ष यज्ञबल्लभ शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । धेरै जिल्लामा प्रलोपाका उम्मेदवारहरुले उम्मेदवारी निस्क्रिय बनाएका छन् भने गोरखामा उठेका डा बाबुराम भट्टराईले नै उम्मेदवारी फिर्ता लिएका थिए । शर्मालाई सोमबार नेकपाका नेताहरू दिनानाथ शर्मा र हितमान शाक्यले स्वागत गरे । उनी तत्कालीन माओवादी केन्द्रबाट विद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपातिर लागेका थिए । प्रलोपाले माक्र्सवादी सिद्धान्त र समाजवादी अर्थनीति परित्याग… पुरा पढौ

चिप्लेढुंगामा महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

पोखराको व्यस्त बजार चिप्लेढुङ्गामा पार्किङ शुल्क उठाउने क्रममा दुई महिलामाथि अभद्र व्यवहार र कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक स्थलमा महिलामाथि दुव्र्यवहार गरेको आरोपमा २३ वर्षीय मनिस थापालाई पक्राउ गरेको हो । बागलुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा बस्ने थापालाई प्रहरीले आइतबार चिप्लेढुङ्गाबाटै नियन्त्रणमा लिएको हो । उनी सोही क्षेत्रमा अवैध रुपमा पार्किङ शुल्क उठाउने काममा संलग्न थिए… पुरा पढौ

१९ र २० गते मौन अवधि, किन राखिन्छ यो ?

पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने भएकाले त्यसको पूर्णपालनाका लागि आग्रह गर्नुभएको छ । उहाँले निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्तिसुरक्षा र सुव्यवस्थासहित भयरहित वातावरणमा निर्वाचन गर्नका लागि वातावरण तय गर्न मौन अवधिको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि फागुन १८ गते राति १२ बजेदेखि… पुरा पढौ

यी कागजात देखाएर मतदान गर्न पाइन्छ

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन् । यस्तै, राष्ट्रिय÷परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र लिएर मतदान केन्द्रमा जान सक्नेछन् । सोबमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जान सक्नेछन् । यस्तै, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी कर्मचारी र सरोकारवालालाई सूचना सम्प्रेषण गर्ने… पुरा पढौ

चिप्लेढुंगाको पार्किङः पैसा दे नत्र मारिदिन्छु !

क्याप्सनः चिप्लेढुंगामा सवारी चालकलाई रोकेर पैसा मागिरहेका एक युवा र सवारी चालकसँग उठाएको पैसा गन्दै दुई युवा । पोखरा महानगरले यहाँ पार्किङ शुल्क उठाउँदैन तर चिप्लेढुंगामा सवारी पार्किङ गर्नेहरुले पैसा तिनुपर्छ । केही महिनादेखि चार÷पाँच युवा मिलेर यहाँ पार्किङ गर्ने सवारी चालकहरुसँग पैसा असुलिरहेका छन् । फरक क्षमताका ती युवाले चालकहस्सँग न्यूनतम १० रुपैयाँदेखि ५० रुपैयाँसम्म लिएको पाइएको छ । पैसा नदिने, छैन भन्नेहरुलाई दुव्र्यवहार गर्ने, पिट्छु, तलाई मारिदिन्छु भन्न… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं