अख्यितार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । घुस÷रिसवत लिई सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा तीनै जनाविरुद्ध अख्तियारले आइतबार आरोपपत्र दायर गरेको हो ।
झलकरामले एचके इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावटसम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरण गर्दा यसका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बाट ७० लाख लिएको आरोप छ । अधिकारीले विकास चापागाई, देवेन्द्र के.सी, रविन्द्र लामिछाने लगायतसँगको मतसल्लाह तथा मिलेमतोमा निजहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैक तथा वित्तीय संस्थामा रकम दाखिला गराई रकमको स्वरूप परिवर्तन गरी भक्तपुर, थिमी न.पा. साविक वडा नं. १७ (हाल वडा नं.२) स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं.९९८ क्षेत्रफल १६४.१४ व.मि (०–५–०–२.५९) जग्गा खरिद गरेको देखिएको छ ।
यस्तै देवेन्द्र केसीसमेत सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा सो रकम प्रयोग भएको अख्तियारको दाबी छ । अधिकारी पोखरा महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृतसमेत हुन् ।
KO




