मुख्य समाचार

कास्कीमा नेकपाको एकीकृत उत्पादन सुरु

नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नीति अनुसार कास्कीमा एकीकृत उत्पादन थालिएको छ । आज असार १५ गते अर्थात् धान दिवसको दिनबाट नेकपाको केन्द्रीय नीतिअनुसार कास्की जिल्लामा एकीकृत उत्पादन थालिएको हो । पोखरा ३२ राजा चौतारामा कास्की जिल्ला सेक्रेटरी उमेश सी, पोखरा महानगरपालिका सेक्रेटरी सोममाया सी र जिल्ला सदस्य मनमाया सीको खेतमा रोपाइँ गरिएको हो । रोपाइँमा नेकपा कास्की जिल्ला इन्चार्ज आस्था सी पनि सहभागी थिइन् ।… पुरा पढौ

१ करोड ३० लाखका गहनासहित २ पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले सवा करोडका गरगहनासहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । पोखराबाट बुटबलतर्फ जाँदै गरेको माइक्रोबस चेकजाँच गर्ने क्रममा पोखरा–२२, पुम्दीभुम्दीबाट कुलदीप सिंह र रामबहादुर विकलाई नियन्त्रणमा लिइएको हो । भारतको पञ्जावका ४९ वर्षीय सिंह र रुपन्देहीका ४७ वर्षीय विकको फेसबुकमार्फत् चिनजान भएको थियो । सिंह र विक दुवैलाई शनिबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबारको बजार मूल्य अनुसार सुनसहितका पत्थरको मूल्य एक करोड… पुरा पढौ

सन्तान जन्माउन किन अनिच्छुक छन् दम्पत्ति ?

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९ युएनएफपिए० को एक प्रतिवेदनले नेपाललगायत संसारभरका लाखौँ व्यक्तिहरूले आर्थिक तथा सामाजिक बाधाका कारण इच्छाअनुसार सन्ताउन जन्माउन अनिच्छुक भएको देखाएको छ । आज सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा नजन्माउन नपाएको उल्लेख गरेको देखाएको छ । प्रतिवेदनकाअनुसार यो हुनुमा बढ्दो खर्च, घट्दो पारिवारिक सहयोग र भविष्यको प्रतिको चिन्ता रहेको देखाएको हो । जीवनयापनका… पुरा पढौ

असारमात्र एक चौथाईभन्दा बढी खर्च

बारम्बार प्रश्न उठ्ने गरे पनि पोखरा महानगरमा असारमा ठूलो रकम खर्च गर्ने परिपाटी घटेको छैन । महानगरले २०८०/०८१ को असारमा मात्र ६६ करोड २१ लाख अर्थात् २५.७४ प्रतिशत पुँजीगत खर्च गरेको छ । असंख्या योजना हचुवाका भरमा राखी वितरणमुखी योजनालाई जोड दिएको देखिएको छ । १६१६ वडागत र ३१२ पालिकागत गरी १९२६ योजना रहेकोमा १ लाखभन्दा कमका योजना १५२ देखिएका छन् । एकदेखि पाँच लाखसम्मका योजना ९१४, ५ देखि १०… पुरा पढौ

कानुन नपढेकाले बनाउँछन् महानगरका ऐन, कानुन

पोखरा महानगरले कानुन निर्माणमा चरम हेलचेक्र्याइ गरेको खुलेको छ । पालिकाका विद्यमान कानूनहरु अध्यावधिक र नयाँ आवश्यक कानुन निर्माणको जिम्मा कानुनी ज्ञान नभएकालाई दिइएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । महानगरले कानुनी पृष्ठभूमी नभएकाहरुलाई विभिन्न १० कानुन निर्माण गर्न परामर्श शुल्कवापत ४ लाख ९१ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गरेको छ । गभर्नेन्स डेभलोपमेन्ट एण्ड रिसर्च कन्सल्टेन्सी प्रालिलाई महानगरले कानुन निर्माणको जिम्मा दिएको थियो । कानुन निर्माणको लागि स्थानीय… पुरा पढौ

पत्रकार पाठकलाई साइबर ब्युरोले भन्योः प्रहरी कार्यालयमा उपस्थित हुनू

पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीको साइबर ब्युरोले प्रहरीकोमा उपस्थित हुन सूचना जारी गरेको छ । साइबर ब्युरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतमा मुद्दा दायर गरेर पाठकलाई पक्राउ अनुमति लिएको थियो । सूचनामा भनिएको छ– पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्‍याइदिनु हुन अनुरोध गरिएको छ । उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो । न्यायाधीश… पुरा पढौ

बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् । गम्भीर घाइते भएका उहाँहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।… पुरा पढौ

पोखरामा २ प्याराग्लाइडिङ दुर्घटना, ४ जनाको उद्धार

पोखरा महानगरको फेवातालमा बुधबार दिउँसो दुई प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् । दिउँसो तीन बजेतिर पोखरा–१८, खपौंदीमा पर्ने फेवातालमा दुई प्याराग्लाइडिङ अनियन्त्रित भई खसेका थिए । दुर्घटनापछि त्यसका चालक र यात्रु गरी चार जनालाई सकुसशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । “दुर्घटनाको खबर पाउनासाथ नेपाल प्रहरीको उद्दार टोली र सशस्त्र प्रहरी बलको फेवा रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको टोलीले उद्धार गरिसकेको छ ।” उद्धार… पुरा पढौ

प्रदेशमै मिडिया दर्ता, नवीकरणको व्यवस्था गर्छाैंः मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पत्रकारिताको मर्यादा, स्वतन्त्र प्रेसको सम्मान र मिडिया क्षेत्रको सुदृढीकरणलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमका सहभागी पत्रकार दिँदै मन्त्रीले समय सान्दर्भिक र अत्यन्तै आवश्यक यो तालिम आयोजना गरेकोमा महासंघप्रति धन्यवाद व्यक्त गरे । ‘गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयलाई थप सुदृढ गर्दै अब प्रेस दर्ता, नवीकरण तथा… पुरा पढौ

नेपालमा ८६ हजार यौन श्रमिक

नेपालमा ८६ हजार ८०९ यौन श्रमिक रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको यौन श्रममा संलग्न व्यक्तिको अधिकारका सम्बन्धमा छलफल कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । यौन श्रम र मानव बेचबिखन एउटै विषय नभएको छलफल कार्यक्रमका वक्ताले बताएका छन् । छलफलमा यौन श्रमलाई पनि मानव अधिकारसँग जोडेर हेर्नुपर्ने यस विषयमा अनुसन्धान गरिरहनुभएकी दिदीक्षा सिंहले बताउनुभयो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं