अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार पौडेलले ९ करोड ६६ लाख रुपैयाँभन्दा बढी कमाई गरेका भए पनि ३ करोड ३९ लाख रुपैयाँको मात्र स्रोत देखाउन सकेका छैनन्। बाँकी ६ करोड २६ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको हो।
गैरकानुनी सम्पत्ति श्रीमती हुमाकुमारी उपाध्यायको नाममा राखेको पाइएकोले उनीविरुद्ध पनि मुद्दा चलाइएको आयोगले जनाएको छ।





