मुख्य समाचार

क्यानभासमा रकी माउन्टेनदेखि हिमालयसम्म

उत्तर अमेरिकाको सबैभन्दा लामो पर्वत शृङ्खला रकी माउन्टेन र एसियाको हिमालय पर्वत शङ्खलाका सौन्दर्य केही समरुप छन्, केही पृथकता । दुवै क्षेत्रका बासिन्दाको संस्कार, संस्कृति र वाङ्मय पनि बेग्ला बेग्लै छन् । यी बेग्ला बेग्लै संस्कति र सौन्दर्य सोमबार पोखरेली कलाकार र कलानुरागीले एकसाथ अवलोकन गरे । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रज्ञा प्रतिष्ठान, सिर्जनशील कलाकार समूह लगायतसँग सहकार्य गरी पोखरेली र विदेशी कलाकारको संयुक्त कला प्रदर्शनीमा यस्तो अवसर… पुरा पढौ

रविलाई ६० लाख धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । अहिले लाजिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी भएको छ । लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका थिए । उनी ८४… पुरा पढौ

पुछारसिटमा केशुका रोज्जा कविता

मंगलबार पोखरेली साहित्यका र साहित्यप्रेमीले पृथक तवरले माघ संक्रान्ति मनाए । कवि केशु शर्माले घिउ, चाकु, तरुल, सखरखण्ड, खुदो, तिलको लड्डु, चिउरासँग रोज्जा कविता सुनाइन् । पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा केशु शर्मा विशेष कार्यक्रम गरिएको बताए । अभियानले आयोजना गर्ने एकल कविता वाचनको दशौँ शृंखलामा कविता वाचकका रूपमा उभिएकी थिइन् कवि शर्मा । च्याउ उम्रेझैँउम्रिरहन्छन् राजनेताहरूअरबौँ खरबौँ बगिरहन्छन्हर्के, साहिँला र माहिलाका सपनाहरूदुखिरहन्छन् कमली,… पुरा पढौ

२ विदेशीसहित १२ टोली भिड्ने, पुरस्कार राशि बढ्यो

पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा हुन लागेको उक्त प्रतियोगितामा २ विदेशीसहित १२ टोली सहभागी हुने तय भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । माघ १२ गतेदेखि प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ समान ६ टोलीले सहभागिता जनाएको संयोजक ज्ञवालीले बताए । पुरुषतर्फ विदेशी टोली श्रीलंकन भलिबल… पुरा पढौ

लेखनाथ महोत्सवमा भिड, १ करोडको कारोबार

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थीति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो । महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ… पुरा पढौ

कक्षा ८ काे परीक्षामा होम सेन्टर हटाइयो

पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो ।  शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने… पुरा पढौ

कास्की कारागारका कैदीबन्दीको सित्तैमा जाँच र औषधी

कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो । गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा… पुरा पढौ

लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ देखि माघ १ गतेसम्म आयोजना गर्ने २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ हुने महोत्सवको ९५ प्रतिशत तयारी सकिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठल २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु भएको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ देखि वार्षिक… पुरा पढौ

पोखरा २८ मा पुस २७ गते बृहत आयुर्वेद स्वास्थ्य शिविर

पोखरा महानगरपालिका वडा नम्बर २८ मा पुस २७ गते बृहत आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । गण्डकी आयुर्वेद अस्पताल पोखरा २६ ले पोखरा महानगरपालिका वडा नम्बर २८ को समन्वयमा कालिकास्थानमा शिविर गर्न लागेको हो । अस्पतालका प्रमुख डा शंकर गौतमले अन्तरंग सेवा सुरुआतअघि पूर्वतयारीका रुपमा केही स्थानमा शिविरहरु गर्न लागिएको बताए । निशुल्क हुने शिविरमा पेटका समस्या र जोर्नीसम्बन्धी समस्याको आयुर्वेद चिकित्सकबाट जाँचसहित औषधीसमेत प्रदान गरिनेछ । ‘अहिलेसम्म बहिरंग… पुरा पढौ

मानवसेवा आश्रममा एसपी ओलियाको भोजनदान

मानवसेवा आश्रम पोखरा हेमजामा आश्रितहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले भोजनदान गरेका छन् । मानवसेवा आश्रम शाखा हेमजामा १ सय ५० जनालाई बिहीबारको दिउँसो पुगी ओलियाले खानाको व्यवस्था गरेका हुन् । मानव सेवाको भावले आश्रितहरुलाई सहयोग गर्न आश्रम पुगेको ओलियाले बताए । मानवसेवा आश्रमका कास्की जिल्ला संयोजक सदिस पुनले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न लागिपरेको जनाए । उनले विभिन्न तहका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं