प्रनिश गिरी
पर्वत जिल्लाको जलजला गाउँपालिकामा पर्ने सुन्तला गाउँ भनेर चिनिने बाँसखर्क गाउँको बाटोको अप्ठ्यारोलाई सरकारले सम्वोधन गर्ने बताइएको छ । आवतजावत गर्नका लागि कठिनाई भएपछि बाटो देखाउनका लागि स्थानीयबासीले पालिकाको सहयोगमा यही शुक्रवार एक दिने सुन्तला महोत्सवको जलजला आयोजना गरेका थिए ।
सुन्तला महोत्सवमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाटो निर्माणका लागि आर्थिक सहयोग गर्ने बताउनुभएको हो । कृषि र पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो–ूकृषकहरुलाई अनुदान दिदा उत्पादन गर्छु भन्ने नाममा हैन कि उत्पादन गरेकाहरुलाई अनुदान दिने हाम्रो नीति हो । गाउँमा सामुहिक रुपमा जे व्यावसायिक उत्पादन हुन्छ । उत्पादनलाई सरकारले बजारीकरण गर्छ । बजारीकरणका लागि सडक प्राथमिकतामा पर्छ । सडक व्यवस्थित नहुँदा ढुवानीका लागि जे अप्ठयारो स्थानीयलाई भएको छ । यो अप्ठयारोलाई अव छिटै नै सरकारले सम्वोधन गर्नेछ ।ू
स्थानीयबासीलाई बाटो निर्माण गर्न सहयोग गर्ने आश्वासन दिदै मुख्यमन्त्रीले थप भन्नुभयो–ू हाम्रा चाहना र आवश्यकताहरु धेरै छन् । सवै कुरा एकैचोटी पुरा हुन्छ भन्ने पनि होइन । क्रमिक रुपमा गर्न त्यसलाई प्रयत्न गर्दैछौ । यो वर्ष मात्रै पनि जलजला गाउँपालिकामा मात्रै पनि पूर्वाधार निर्माण योजनामा करीव ११ करोड प्रदेश सरकारले विनियोजन गरेको छ । बासखर्कमा आउने बाटोमा पनि यस वर्ष ३० लाख विनियोजन भएको छ । अझै अर्को छोटो पर्ने बाटो निर्माणका लागि १ करोड विनियोजन भएको छ । कमसेकम एउटा बाटोलाई बहुवर्षीयमा लैजान सक्ने हो भने ढुवानीको समस्या समाधान गर्छ ।
बाँसखर्कलाई गण्डकी प्रदेश सरकारले सुन्तला जोनको रुपमा अगाडि बढाउने बताएको छ । बाँसखर्कमा आयोजना गरिएको सुन्तला महोत्सव कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँसखर्कलाई सुन्तला जोनको रुपमा अगाडि बढाएपछि अहिलेको सुन्तला विक्रीको आम्दानीलाई वृद्धि गरी वार्षिक ४० करोड पुराउने सम्भावना रहेको बताउनुभयो । प्रदेश सरकारले पूर्वाधार निर्माणमा पर्वत जिल्लामा मात्रै १ अर्व भन्दा बढी लगानी गरेको मुख्यमन्त्री पाण्डेको भनाई छ ।




