मुख्य समाचार

अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो बेलुन पड्किएको हो । सवा १ बजेतिर बेलुन पड्किदा नगर प्रमुख आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पोलेको छ । घटनापछि तत्कालै उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र उपप्रधानमन्त्री… पुरा पढौ

पोखरामा कोटीहोम रोक्न माग गर्दै रिट

नेपाल मानव सेवा फाउन्डेसनले पोखरामा गर्न लागेको कोटिहोम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दायर भएको छ । शुक्रबार उच्च अदालत पोखरामा अधिवक्ता भगवती पहारी, गीता आचार्य र मीनाकुमारी रानाभाटले रिट दायर गरेका हुन् । फेवातालको ६५ मिटर मापदण्डभित्रै गरिने कोटीहोमले तालको प्राकृतिक स्वरूप परिवर्तन गर्ने र जैविक विविधतामा नकारात्मक असर पार्ने भएकाले यसलाई रोक्न माग गरिएको छ । सर्वाेच्च अदालतको २०७५ वैशाख १६ गतेको फैसलाले फेवाताल किनाराबाट ६५… पुरा पढौ

पोखरामा फागुन ४ देखि प्रादेशिक ललितकला प्रदर्शनी

पोखरामा फागुन ४ गते आइतबारबाट दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी २०८१ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । सिर्जनशिल कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी पोखरामा आयोजना गर्न लागिएको हो । प्रदर्शनी फागुन ८ गतेसम्म पोखरा आर्ट ग्यालरी नयाँ बजार पोखरामा सञ्चालन हुनेछ । प्रदर्शनीमा कुल ८० वटा चित्र प्रदर्शनमा… पुरा पढौ

कोटीहोम नरोक्न उच्चको आदेश, अब के होला ?

पोखराको वाराहीघाटमा आयोजन गर्न लागिएको कोटीहोम नरोक्न उच्च अदालत पोखराले आदेश दिएको छ । मानव सेवा फाउन्डेसनले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म गर्न लागेको ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै बाधा, अवरोध नगर्न उच्चका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले बिहीबार आदेश दिएको हो । उच्चले पोखरा महानगरलाई १५ दिनभित्र रोक्नुको कारणसहित उपस्थित हुनसमेत भनेको छ । उच्चले कानुनी रूपमा बाधा पुग्ने कुनै कारणबाहेक… पुरा पढौ

जनयुद्ध दिवसमा बाँकी कार्यभार पूरा गर्ने संकल्प

तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते सुरु गरेको जनयुद्ध ३० वर्षमा प्रवेश गरेको छ । यो अवधिमा जनयुद्ध उत्कर्ष पुग्नेदेखि शान्ति प्रक्रियामार्फत् माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेको छ । त्यो बेला एकीकृत रहेको नेकपा (माओवादी) अहिले आधा दर्जन पार्टीमा विभक्त छ । जनयुद्ध सुरु भएको दिनलाई बिहीबार यसरी बनेका माओवाद मान्ने दलहरुले सम्झिए । कास्कीमा नेकपा(माओवादी केन्द्र) र नेकपाले छुट्टाछुट्टै कार्यक्रम गरी यसको स्मरण गरे । नेत्रविक्रम चन्द (विप्लव सी)… पुरा पढौ

एकीकृत समाजवादी गण्डकी अध्यक्षमा नेपाली निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को प्रथम गण्डकी प्रदेश अधिवेशनले कृष्ण नेपालीको अध्यक्षतामा सर्वसम्मत नयाँ प्रदेश कमिटी चुनेको छ । शनिबार सुरु भएको अधिवेशनबाट नेपालीको अध्यक्षतामा एक सय ३५ सदस्यीय कमिटी चुनिएको हो । गण्डकी प्रदेश कमिटी एक सय ४३ सदस्यीय हुनेमा आठ सदस्य पछि थप गरिने अध्यक्ष मण्डलका सदस्यसमेत रहनुभएका एकीकृत समाजवादी सचिव श्रीनाथ बरालले जानकारी दिनुभयो । गण्डकी उपाध्यक्षद्वयमा मुक्ति पौडेल (कास्की) र विष्णु गिरी (स्याङ्जा), सचिवमा ठाकुर शर्मा… पुरा पढौ

धर्मका लागि अधर्म गर्न पनि तयार छुः कृष्णमूर्ति

मानव सेवा फाउन्डेसनले पोखरामा विराट ज्ञान महायज्ञ तथा कोटीहोम गरेरै छाड्ने जनाएको छ । फाउन्डेसनले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा धर्मगुरु विजय कृष्णमुर्तिले तोकिएकै समय र स्थानमा कोटीहोम गर्ने उल्लेख गर्नुभयो । कोटीहोमका लागि पोखरा महानगरले अनुमति दिएको छैन । फाउन्डेसनले पोखराका चौतारीहरु जथाभावी काटेपछि महानगरले ती काठ जफत गरेको थियो । महानगरले चार दिनअघि ३० ट्रकभन्दा बढी दाउरा जफत गरेको थियो । महानगरले अनुमति नदिए पनि कोटीहोम गरेरै… पुरा पढौ

३ नाटककार सम्मानित, नाट्यविमर्श सार्वजनिक

नाट्य सम्राट बालकृष्ण समको १२२ औं जन्मजयन्तीको पोखरामा भव्य रुपमा मनाइएको छ । नेपाल नाट्य प्रतिष्ठान पोखराले तीन रंगकर्मीलाई सम्मान र ‘नेपाली नाट्यविमर्श’ सार्वजनिक गरी सम जयन्ती मनाएको हो । शनिबार भएको समारहेमा नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने रंगकर्मीत्रय सरुभक्त, खगराज आचार्य र कृष्ण उदासीलाई सम्मान गरियो । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको समारोहमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले हाम्रो संस्कृति र प्रकृतिमाथि प्रहार भइरहेको उल्लेख गर्दै त्यसलाई… पुरा पढौ

फेवा डुंगा व्यवसायीमा बलराम गिरी

पोखरामा फेवा डुंगा व्यवसायी संगठनको २९ औं साधारण सभा तथा १४ औं अधिवेशन अधिवेशनबाट बलराम गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।   अध्यक्ष पद र सहकोषाध्यक्ष पदमा निर्वाचन भए पनि अन्य पदमा निर्विरोध भएको हो । निर्वाचनमा २ सय ४७ मत खसेको थियो । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा बलराम गिरीले १ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विष्णुप्रसाद पहारीले ४५ मत प्राप्त… पुरा पढौ

इमेज सहकारीका बचतकर्ताको १ करोड फिर्ता

 बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । ढोरपाटनका ९२ बचतकर्ताले रु ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित सङ्घर्ष समिति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं