गण्डकी बहुप्राविधिक शिक्षालयका उजेन उदास सर्वाेत्कृष्ट

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषदको ३७ औ वार्षिकोत्सव परीषदको स्थापना दिवसको अवसरमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

कार्यक्रमको अवसरमा हरेक वर्षझै परीषदले देशभर सन्चालित ६५ आङ्गिक शिक्षालय, ६ सय ३९ टेक्स बिद्यालय,३ सय ५९ निजि शिक्षालय र ५८ साझेदारी शिक्षालयमा भर्ना बर्ष २०७८ का सर्वोत्कृष्ट विद्यार्थी घोषणा गरी सम्मान गरेको छ ।

सर्वोत्कृष्ट हुने विद्यार्थिमा डिप्लोमा इन इन्जिनियरीङ्गतर्फ पोखरा महानगरपालीकाद्वारा सन्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका छात्र उजेन उदास, स्वास्थ्य कार्यक्रम तर्फ फारवेस्ट टेक्निकल कलेजका छात्रा आकृती कुवर, कृषि ,वन, होटल म्यानेजमेन्टतर्फ मदन भण्डारी एकेडेमी,उर्लावारीकी छात्रा भुमिका खतिवडा छन् ।

सर्वोत्कृष्ट भएका बिद्यार्थिहरुलाइ स्थापना दिवसको अवसरमा पुरस्कृतसमेत गरिएको छ । परीषदका सदस्य सचिव महेश भटराइको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहालले प्राविधिक शिक्षा ब्यवहारीकताको शिक्षा बनाउन सरकार लागीरहेको बताउदै प्राविधिक शिक्षाको सुधारका लागि सवै पक्ष लागिपर्नुपर्ने जनाए ।

कार्यक्रममा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दिपक काफ्ले शिक्षा ऐन छिट्टै जारी हुने विस्वास ब्यक्त गर्दै शिक्षा सुधारका लागि मन्त्रालय लागिपरेको औल्याएका थिए ।