
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुप च्याम्पियन बनेका छन् । आइतबार पोखरा रङ्गशालामा भएका फाइनल खेलमा पुरुषतर्फ विभागीय टोली पुलिस र महिलातर्फ पहिलो सहभागितामै आयोजक टाइगरले उपाधि जितेका हुन् ।
पुरुषतर्फ गण्डकीलाई ३–१ सेटले हराउँदै गर्दै पुलिस पुरुषतर्फ च्याम्पियन बन्यो । पुलिसले पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ जितेपछि तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पियो । दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो ।
चौथो सेट २५–२२ ले जित निकाल्दै पुलिसले उपाधि पायो । विजेता पुलिसले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउँदा गण्डकीले दुई लाख ८५ हजार पाँ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।
आइतबारै भएको महिलातर्फको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक टाइगर ग्रुपले उपाधि पायो । पहिलो सेट १७–२५ ले गुमाएको आयोजकले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेटमा २५–१६ ले पुनरागमन गर्दा खेल पाँचौ सेटमा पुग्यो ।
पाँचौं सेटमा आयोजकले १५–१३ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधि जितेको टाइगर ग्रुपले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त ग¥यो । फाइनलमा पराजित भएको एपिएफले दुई लाख ८५ हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझायो ।