मुख्य समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी साविकको मूल्यमा पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेल/मट्टितेलमा १ र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । अब पेट्रोल प्रतिलिटर १५८ र डिजेल/मट्टितेल लिटरको १४५ रुपैयाँ उपभोक्ताले निर्नु पर्नेछ । खाना पकाउने ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ ७० पैसा… पुरा पढौ

रेशम पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत एकता घोषणा स्थगित

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ । ती दुई पार्टीबिच ११ बजेका लागि घोषणा कार्यक्रम राखिएको थियो तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए । उनले रेशम चौधरी पक्राउ परेकोमा भर्त्सना गर्दै पार्टी एकीकरण हुनै लाग्दा चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका… पुरा पढौ

किन पक्राउ परे रेशम चौधरी ?

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । राष्ट्रिय जनमत पार्टीसँग एकता गर्ने भनिएको दिन उनलाई पक्राउ गरिएको हो । पार्टी एकीकरणका लागि कार्यक्रमस्थल प्रज्ञा भवन पुगेका चौधरीलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको हो । टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । चौधरीलाई डिल्लीबजार कारागार पठाइएको छ । सीके राउतको जनमत र रञ्जिता चौधरी नेतृत्वको नाउपा नेतृत्वमा… पुरा पढौ

सानोपाइला सहकारीमा रविविरूद्ध ५ करोड बिगो

प्रहरीले पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ। अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार प्रतिवेदन बुझाएको हो । पर्साका एसपी गौतम मिश्रले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको बताए । उनले भने,‘हामीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएका छौं। ४१ जनाविरूद्ध मुद्दा चलाउन प्रतिवेदनमा भनिएको छ। ३० जना व्यक्ति र ११ वटा संस्थारकम्पनीविरूद्ध मुद्दा चलाउन प्रहरीले राय… पुरा पढौ

कुलमानलाई साथ दिएका ऊर्जा राज्यमन्त्री कान्छाराम बर्खास्त

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाएका छन् । कान्छारामले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन भनेर तर किन दिने भन्ने जवाफ दिएको सुनाउँदै केही समयअघि हटाएको खबर पाएको जनाउ । विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो । पुरा पढौ

पोखरा महानगरका अधिकृत कपिल गिरीविरुद्ध मुद्दा

पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत गिरीलाई गएको चैत ७ गते अख्तियारले नियन्त्रणमा लिएको थियो । ‘गिरीले अख्तियारमा उजुरी परी पत्र आएको छ, उक्त उजुरीसँग सम्बन्धित प्रमाण मेटाई दिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको’ भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग २५… पुरा पढौ

पोखरा महानगरका नगर प्रहरीलाई वाकिटकी

पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई  जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी उपलब्ध गराइएको छ । पोखरा महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले प्रक्रियापछि वाकिटकी उपलब्ध गराएको हो । वाकिटकीको उपलब्धतासँगै सञ्चारमा ठूलो सहयोग पुगेको पोखरा  महानगरका नगरप्रहरी पुरुषोत्तम थापा मगरले बताए । “हाम्रो अधिकांश काम फिल्डमै हुन्छ, त्यसका लागि पहिले मोबाइललगायतको भर पर्नुपर्ने अवस्था थियो, केही दिनअघि वाकिटकी… पुरा पढौ

शिक्षामन्त्री विद्याले किन दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ । त्रिभुवन विश्वविद्यालयको सुधारमा सरकार र प्रधानमन्त्रीकै अपेक्षित साथ नपाएकी उनले शिक्षक आन्दोलनलाई सम्बोधन गर्न सरकारले नसकेपछि राजीनामा दिएको बुझिन्छ । मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन ल्याउन नसके राजीनामा दिने… पुरा पढौ

भ्रष्ट्राचार र बेथितिविरुद्ध नेकपा कास्कीको खबरदारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले भ्रष्ट्राचार, अनियमितता, सहकारी ठगी जस्ता प्रकरणका दोषीलाई कारवाही गर्न माग गर्दै खबरदारी गरेको छ । नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपाले शुक्रबार पोखरामा ¥यालीसहित कोणसभा आयोजना गरेको हो । मानवअधिकार चोकदेखि सुरु भएको ¥याली महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक हुँदै नदीपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीका सहभागीहरुले पोखरा विमानस्थलको अनियमितता छानबिन गर, सामाजिक विभेदहरु अन्त्य गर, युवालाई रोजगारीको ग्यारेन्टी गर, शिक्षकका मागहरु पूरा गर, सहकारी… पुरा पढौ

आगामी ३ दिन मेघगर्जनसहित वर्षा हुन सक्ने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ ।  महाशाखाले बिहीबार साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हल्का हिमपातको तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार र शनिबार दिउँसो सात प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं