बिहीबार बिहान तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण कास्कीबाट पृथ्वीराजमार्ग हुँदै जाने गाडी पोखरामै रोकिएका छन् । मुग्लिङ कटेर पूर्व वा पश्चिमतर्फ जाने गाडी बिच बाटोमै अलपत्र पर्न सक्ने भएकाले बिहीबार बिहान साढे ११ बजेतिरबाट गाडी रोकिएका हुन् ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखरा हुँदै जाने र पोखराबाट छुट्ने गाडीहरु रोकिएको जानकारी दिए । æभर्खरै हामीले मुग्लिङ हुँदै जाने गाडीलाई पोखरामै रोकेका छौँ, उनले भने, बिच बाटोमै अलपत्र पर्नुपर्ने अवस्था नहोस् भनी रोक लगाएका हौँ ।
रसुवा हुँदै आएको बाढी धादिङ हुँदै अघि बढिरहेको छ । काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने गाडीलाई भने प्रहरीले नागढुङ्गामै रोकेको छ ।





